WHY CHOOSE SKILLSEWA
Skill Sewa is particularly focused on Building Inspection, Maintenance, and Renovation in a systematic and scientific way. We provide one-stop solutions to your daily problems at an affordable price with Professional technicians. We provide home inspection under certain limitations plus attractive packages regarding different services and maintenance issues
Skill Sewa is particularly focused on Building
Inspection, Maintenance, and Renovation in a systematic and
scientific way. We provide one-stop solutions to your daily problems at
an affordable price with Professional technicians. We provide home
inspection under certain limitations plus attractive packages
regarding different services and maintenance issues

OUR EXPERTIES

घर कोसङ्ग बनाउने - लोकल ठेकेदारलाई कि कम्पनीलाई
घर बनाउनु अघि के गर्ने?
- सर्वप्रथम जग्गा इन्जिनियरलाई देखाउने र नक्सा बनाउने।
- इन्जिनियर वा अन्य माध्यमबाट नगरपालिका/गाउँपालिकामा नक्सा पास गराउने।
- नक्सा पास प्रक्रिया पुरा भएपछि मात्र निर्माण कार्य सुरु गर्ने।
निर्माण सुरु गर्दा देखिने समस्या
- विभिन्न व्यक्तिहरूबाट ठेकेदार छनोटका फरक सुझाव।
- कोही ज्यालादारी ठेकेदार, कोही मालसहित ठेक्का, कोही निर्माण कम्पनी सुझाउने।
- घरधनी रनभुल्लमा पर्नु।
ज्यालादारी ठेक्का फाइदा:
- इमानदार ठेकेदार भएमा खर्च बचत र समयमै काम।
- निर्माण कार्य छिटो छरितो।
बेफाइदा:
- इमानदार व्यक्तिको अभाव।
- समयमै काम सम्पन्न कठिन।
- ठेकेदारले धेरै साइटमा काम गर्न गाह्रो।
- काम लम्बिँदा खर्च बढ्दैन, त्यसैले गति कम।
- कामदारको ज्याला कटौती गर्न सकिँदैन।
मालसहित ठेक्का फाइदा:
- समान चिन्ने र किन्ने झन्झट हट्ने।
- ठेकेदार नै सप्लायर र प्राविधिक।
- सम्झौता अनुसार घरको साँचो बुझाउने।
निर्माण कम्पनी फाइदा:
- समय र दर/रेट निश्चित।
- बिल बनाउने विधि अगावै तय।
- साइटमा रेगुलर सुपरभाइजर र इन्जिनियर।
- गुणस्तरीय काम, नक्साअनुसार निर्माण।
- इन्जिनियरसँग प्रत्यक्ष परामर्श।
- वास्तु अनुसार डिजाइन।
- दीर्घकालीन फाइदा।
- निर्माण, मर्मत, जीर्णोद्धारमा उपयुक्त।
निष्कर्ष
- घर बनाउँदा निर्माण कम्पनीबाट सेवा लिनु नै बुद्धिमानी।
- स्किल सेवा जस्ता कम्पनीबाट विश्वसनीय, गुणस्तरीय र नक्सा अनुसारको निर्माण सेवा।

नक्सा पास गर्ने प्रकृयाहरु
नक्सा पास भनेको के हो?
- भवन बनाउनुअघि सरकारको मापदण्ड अनुसार नक्सा र डिजाइनसहित अनुमति लिनु।
- नागरिकको सुरक्षा र व्यवस्थित वस्ती विकासका लागि आवश्यक।
नक्सा पास किन गर्नुपर्छ?
- नागरिकको बसोबास अभिलेख राख्न।
- सुविधा र योजना बनाउन सहज।
- वस्ती व्यवस्थित बनाउन।
नक्सा पासका लागि आवश्यक कागजातहरू
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि
- चालु आर्थिक वर्षको मालपोत रसिद
- नागरिकताको प्रतिलिपि (यदि फोटो नभए)
- नापी नक्शा (कित्तासहित)
- पास गरिने नक्साको ब्लुप्रिन्ट/फोटोकपी
- डिजाइनरको इजाजतपत्र
- मञ्जुरीनामा (जरुरी भएमा)
- बाटो मञ्जुरीनामा (यदि बाटो अस्पष्ट छ)
- धितो स्वीकृतिपत्र (यदि धितो राखिएको छ भने)
- मोही भए स्वीकृतिपत्र
- वारिसको प्रमाणपत्र (यदि आवश्यक)
नक्सा पास प्रक्रिया
- दरखास्त दिने
- १५ दिने सूचना टाँस
- संधियारको स्वीकृति
- कर्मचारीबाट जाँचबुझ प्रतिवेदन
- प्रशासकीय अधिकृतको निर्णय
- प्लिन्थ लेभल अनुमति
नक्सा परिमार्जन गर्न परेमा:
- साधारण थपघट वा परिवर्तनमा संशोधित नक्सा पेश।
- दस्तुर तिरेर स्वीकृति।
- व्यावसायिक भवनमा छुट्टै व्यवस्था।

घर के ले बनाउने
घर बनाउनुअघि हामीले योजना बनाउनुपर्ने एउटा महत्वपूर्ण विषय भनेको घर कत्रो बनाउने भन्ने हो । घरमा हाम्रो आवश्यकता विभिन्न थरी हुन्छन् । यी आवश्यकताहरु हाम्रा बानी व्यवहार गतिविधिहरुमा भर पर्छ । घरमा कति जना सदस्य हुनुहुन्छ, सदस्यहरु बालक बृद्ध कतिजना हुनुहुन्छ, दिदीबहिनी दाजुभाइ कतिजना हुनुहुन्छ, आफ्नो व्यक्तिगत इच्छा के छ यी कुराहरुले घरमा कति कोठा चाहिन्छ भन्ने कुरा निर्धारण हुन्छ । बेडरुमको सङ्ख्या निर्धारण उदाहरणको लागि एउटा घरमा एक बालक छोरा र एक बालिका छोरी छन् भने उनीहरुलाई केही वर्षसम्म त एउटै कोठाले पर्याप्त हुन्छ । तर केही वर्षपछि ती दुवै जना वयस्क हुनेछन् र उनीहरु एउटै कोठामा बस्ने छैनन् ।
त्यस्तो समयका लागि अर्को एउटा कोठा पनि जरुरी हुन्छ । प्रायः श्रीमान श्रीमतीका लागि एउटा कोठा नै पर्याप्त हुन्छ । बहालमा लगाउने वा नलगाउने निर्णय घर बहालमा लगाउने वा नलगाउने निर्णयले घर कत्रो बनाउने कुराको निर्धारण गरेको हुन्छ । बहालबाट हुने आम्दानी एउटै सहरभित्र पनि ठाउँ अनुसार फरक पर्छ तर घर बनाउने खर्च एउटा सहरभित्रको सबै ठाउँमा उस्तै पर्छ । घर बनाउँदा लाग्ने खर्चको बैङ्कमा राख्दा आउने व्याज रकम भन्दा बढी बहाल आउँछ भने मात्र बहालमा लगाउने गरी घर बनाउनु राम्रो मानिन्छ । अन्यथा तपाईँको बहालमा लगाउने घरको लगानी नै उठ्दैन र तपाईँले यसको अनावश्यक आर्थिक हानी नोक्सानी बेहोर्नु पर्छ । तर यदि तपाईँको एरियामा तीव्र विकास भइरहेको छ र २ ३ वर्षमै तपाईँको वरिपरी ठूला परियोजना बन्नेवाला छन् भने तपाईँले हाल बहालमा नजाने क्षेत्रमा पनि बहालमा जाने गरी निर्माण गर्न सक्नुहुन्छ ।
बाथरुम कतिवटा चाहिन्छ बाथरुम कुन तल्लामा कतिवटा बनाउने भन्ने निर्णय तपाईँले आफ्नो घरका सदस्यहरुको आनीबानी हेरेर गर्नुपर्छ । उदाहरणका लागि कसैलाई वास्तुमा विश्वास लाग्छ र कसैलाई वास्तुमा विश्वास लाग्दैन । वास्तु शास्त्र अनुसार अट्याच बाथरुम र ट्वाइलेट बनाउनु राम्रो मानिँदैन ।
तर कसै कसैलाई एटेच ट्वाइलेट बाथरुम विना घर पूर्ण लाग्दैन र कोठै पिच्छे एटेच ट्वाइलेट बाथरुम बनाउन मन लाग्छ । यो कुरा डिजाइन मिटिङ भन्दा पहिला नै फाइनल हुनुपर्छ । बाथरुम मा अन्य कोठाको तुलनामा धेरै खर्च आउँछ । र यसरी आउने खर्चले पूरै घरको साइज र खर्च पनि बढाएको हुन्छ । किचन र डाइनिङ छुट्टै चाहिन्छ कि चाहिँदैन सानो र चिटिक्क परेको परिवार छ भने प्राय डाइनिङ र किचनका लागि छुट्टाछुट्टै आवश्यकता पर्दैन । तर परिवार ठूलो छ भने किचन र डाइनिङको लागि छुट्टै स्पेश चाहिन्छ । त्यस्तै कुनै परिवारमा धेरै जमघट भइरहेको हुन्छ भने कुनै परिवार शान्त प्रकृतिको धेरै जमघट मन नपराउने सानो ठाउँमा र थोरै खुशीमा पनि रमाउने हुन्छ । तपाईँको परिवार यस्तै छ भने तपाईँलाई पनि एउटा कोठाभित्र राम्रोसङ्ग स्पेश म्यानेजमेन्ट गरिएको किचन र डाइनिङ पर्याप्त हुन्छ । तर यदि तपाईँको बजेट निकै राम्रो छ भने तपाईँले छुट्टाछुट्टै किचन र डाइनिङ बनाउनु नै बुद्धिमानी हुन्छ ।
घर बनाउने मापदण्डले के भन्छ घर बनाउँदा सबै कुरा तपाईँले चाहेजस्तो पनि बन्दैन किनभने घर बनाउने सरकारी मापदण्डले के भन्छ भन्ने कुराले पनि तपाईँलाई धेरै असर पार्छ । तपाईँको जग्गा भएको नगरपालिकामा फलोर एरिया रेसियो कम भएमा तपाईँले चाहेर पनि ठूलो घर बनाउन सक्नुहुन्न । उदाहरणका लागि यदि तपाईँको नगरपालिकामा फ्लोर एरिया रेसियो १।७५ मात्र छ भने तपाईँले जग्गाको १।७५ गुणा भुइँको एरिया बराबर मात्र घर बनाउन पाउनुहुन्छ र प्राय नगरपालिकामा ८ आनासम्मको जग्गाको लागि ७० प्रतिशत ग्राउण्ड कभरेज गर्न पाइन्छ । यसको अर्थ तपाईँले आफ्नो जग्गाको ३० प्रतिशत ठाउँ अनिवार्य रुपमा खाली छोड्नुपर्छ । घर बनाउँदा ध्यान दिनुपर्ने अर्को मापदण्ड भनेको राइट अफ वे हो । यसको अर्थ के हो भने राइट अफ वे को जग्गा सरकारी जग्गा हो र हाल कायम बाटो भन्दा बढी तपाईँको जग्गा भित्र परेको सरकारको अधिकार रहेको जमिन तपाईँले मापदण्डका लागि छाड्नुपर्छ । यसमा तपाईँले कुनै पनि संरचना बनाउन पाउनुहुन्न । त्यस्तै झ्याल राख्नको लागि पनि तपाईँले हरेक साइडमा ५ फिट छाड्नुपर्छ र तपाईँले यसरी बनाएको घर १७ मिटर सम्म मात्र जान सकिन्छ ।
यसरी तपाईँको जग्गाको साइज अनिवार्य रुपमा घटेको हुन्छ र तपाईँले त्यस्तो जग्गामा सानो घर बनाउन मात्र पाउनुहुन्छ । एयर बि एन बि को कन्सेप्टमा बनाउने कि नबनाउने आजभोलि नेपालका गाउँघरमा होम स्टेको चलन चलेजस्तै अन्तरराष्ट्रिय रुपमा एयर बि एन बि को कन्सेप्टको सुरुवात भएको छ । यस अन्तर्गत तपाईँले आफ्नो घरलाई विदेशी पाहुनाहरुको लागि लजको रुपमा प्रयोग गर्ने व्यवस्था गराउन सक्नुहुन्छ । यसरी घर बनाउँदा तपाईँलाई राम्रो आयआर्जनको श्रोत बन्न सक्छ । यसरी बनिसकेको घरले तपाईँलाई घरको ऋणको किस्ता तिर्न सहयोग हुन्छ । तपाईँको बसोबास र कार्यक्षेत्र नेपालमै छ भने त तपाईँलाई एयर बि एन बि को कन्सेप्ट खासै मन नपर्न सक्छ तर तपाईँ विदेशमा बस्नुहुन्छ र नेपालमा तपाईँको घर रेखदेख गर्ने मान्छे मात्रै हुनुहुन्छ भने तपाईँलाई नेपाल नफर्किँदा सम्मको लागि घरको राम्रो संरक्षण र नेपाल फर्केपछि आफ्नो बसोबासको लागि पर्याप्त स्पेशको व्यवस्था हुन सक्छ । तपाईँलाई घर भित्र मनोरञ्जनका लागि एक्स्ट्रा स्पेश चाहिन्छ कि चाहिँदैन यदि तपाईँ घरलाई घरकै रुपमा मात्र हेर्नुहुन्छ भने ठीकै छ ।
तर यदि तपाईँ घरलाई कम्प्लिट संसारको रुपमा हेर्न चाहनुहुन्छ भने तपाईँले घरमा धेरै कुराहरु थप्न पनि सक्नुहुन्छ । उदाहरणको लागि साथीभाई सङ्ग सिनेमा हेर्नका लागि होम थिएटरको व्यवस्था तपाईँले गर्न सक्नुहुन्छ । त्यस्तै घरमा मिनीबार र इन्डोर स्पोर्टस् रुम पनि आजभोली धेरै आवश्यकता हुन थालेको छ । कसैकसैले स्पेश अभावको कारणले छतमा स्वीमिङ पुलको निर्माण पनि गराउन थाल्नुभएको छ । कुनै दृश्यावलोकन गर्दै छतको स्वीमिङ पुलमा रमाउनु पनि एउटा बहुत आनन्ददायक अनुभव हो । यस्ता लक्जरीहरुमा अलि अलि पैसा खर्च भए पनि यसले तपाईँको जिन्दगीलाई थप सुखमय बनाउन सक्छ । घर कत्रो बनाउने भन्ने कुरामा यी र यस्ता कुराले पनि फरक पार्दछन् । निष्कर्ष तपाईँको घर कत्रो बनाउने भन्ने कुरा तपाईँको बेडरुम आवश्यकताऽ बाथरुम आवश्यकता र किचन र डाइनिङ सङ्गै तपाईँको कुनै विशेष सौखले पनि फरक पार्छ । यसको लागि तपाईँले आफ्नो सम्पूर्ण आवश्यकता र परिस्थिति आफ्नो डिजाइन इन्जिनियरलाई खुलस्त रुपमा बताउनुपर्छ । यसबाट तपाईँलाई घर कत्रो बनाउँदा तपाईँलाई सबैभन्दा उत्तम हुन्छ भन्ने कुराको ज्ञान हुन्छ र तपाईँले एउटा घर मात्र नभइ एउटा संसारै पाउनुहुन्छ ।