फल्स सिलिङ्गका प्रकारहरु

फल्स सिलिङ्ग विभिन्न प्रकारले गर्न सकिन्छ । यहाँ हामी फल्स सिलिङ्ग कति तरिकाले गर्न सकिन्छ भनेर चर्चा गर्नेछौ ।
जिप्सम फल्स सिलिङ्ग
आजकल जिप्सम फल्स सिलिङ्गको प्रयोग बजारमा बढदो रहेको छ । यो हलुका हुनुका साथै ६*४ को साइजमा उपलब्ध हुने गर्दछ । यसलाई जडान गर्न सजिलो हुने र कम समय लाग्ने भएकाले यो बढी प्रचलनमा आएको हो । यसको फिनिशिङ्गको कुरा गर्दा राम्रो हुनुका साथै आकर्षक पनि हुने गर्दछ ।
POP सिलिङ
जिप्सम सिलिङको प्रयोग हुनुपूर्व पिओपि फल्स सिलिङ्ग एकदमे प्रचलनमा रहेको थियो । पहिलेको समयमा पिओपि लाई साइटमै पिओपिको प्रोपर मिक्सिङ्ग गरेर गरेर सुख्खा बनाउने गरिनथ्यो । त्यसपछि च्यानलको माध्यमबाट जडान गर्ने गरिन्थ्यो । अचेल पिओपि पाउडर मात्र नभई शीटको फर्मका पनि पाइन्छ ।
यसको प्रमुख बिशेषता भनेको यो जिप्समको तुलनामा बढी बलियो हुने गर्दछ साथै पानीलाई कम सोस्ने गर्दछ । जिप्सम बोर्डमा पानी पर्दा बिग्रने सम्भावना एकदम धेरै हुन्छ । घरको जुन ठाउमा पानी पर्ने सम्भावना उच्च हुन्छ त्यस्तो ठाउमा पिओपि र जिप्सम दुइटैको प्रयोग कम गर्नुपर्ने हुन्छ ।
PVC सिलिङ्ग
पछिल्लो समय पिभिसि सिलिङ्ग पपुलर भइरहेको छ । पिभिसि सिलिङ्ग बिशेष गरी ग्यारेज, बेसमेन्ट, किचन, बाथरुम बढी प्रयोग गर्ने गरिन्छ । अचेल यसको प्रयोग लिभिङ्ग रुममा पनि गर्ने गरेको देखिन्छ ।
यसलाई व्यवस्थापन गर्न सजिलो हुने गर्दछ । यो धेरै हलुका हुनुका साथै प्रयोग गर्नको टिकाउ पनि हुने गर्दछ । यसलाई जडान गर्न सजिलो हुने गर्दछ । यो Moisture Resistant हुनुका साथै Termites Resistant हुने गर्दछ ।
WOODEN सीलिंङ्ग
काठको फल्स सिलिङ्ग घरलाई सुन्दर लुक लिने गर्दछ । हामी काठको फल्स सिलिङ्ग विभिन्न तरिकाले प्रयोग गर्न सक्छौ । हामी काठको फल्स सिलिङ्गलाई जिप्सम, पिओपि, पिभिसिसँग प्रयोग गर्न सक्छौ । यसले भित्तामा contrast लुक दिने गर्दछ । यसको लागि हामी विभिन्न प्रकार र ग्रेडको काठ अनुसार फल्स सिलिङ्गमा प्रयोग गर्न सक्छौ ।
फाइबर सिलिङ्ग
फाइबर सिलिङ्ग प्राय कमर्शियल कम्पेक्सहरुलाई उत्तम विकल्प मान्ने गरिन्छ । जडान गर्न सजिलो हुने, फायर रेसिस्टेन्ट भएकाले यसलाई उत्तम मानिएको हो । यो साउन्ड प्रुफ पनि हुने गर्दछ ।
ग्लास सीलिंङ्ग
होटल, रेष्टुरेन्ट, लाइबे्ररी वा कमर्शियल भवनहरुमा यसको प्रयोग गर्ने गरिन्छ । ग्लास सिलिङ्गको प्रयोग सिमित मात्रामा हुने गर्दछ ।
यस बाहेक अन्य विभिन्न प्रकारका सिलिङ्गहरु प्रयोग गर्ने गरिन्छ तर पनि माथि दिइएका फल्स सिलिङ्गका प्रकार र विधीहरु फल्ससिलिङ्गका प्रमुख प्रकार हुन ।
यदि तपाई कस्तो खालको सिलिङ्ग प्रयोग गर्ने भनेर कन्फुजनमा हुनुहुन्छ भने हामीलाइ 9801886644 मा सम्पर्क गर्न सक्नु हुनेछ ।