भुकम्पीय सुरक्षा, आजको आवश्यकता

भूकम्पीय दृष्टिकोणले हाम्रो देश नेपाल सम्वेदनशील क्षेत्रमा पर्दछ । भारतीय उप महाद्वीप यूरोशियन महाद्वीप भित्र घुस्ने क्रम जारी रहको र नेपाल उक्त दुई महाद्वीपको सन्धि स्थलमा पर्ने भएकोले साना ठूला भूकम्पहरु गईनै रहेको छ ।
यसरी दुई महाद्वीपको घर्षणले गर्दा विभिन्न चिराहरु Faults हाम्रो देशमा भेटिएका छन् । भूकम्पको ईतिहासलाई हेर्दा हाम्रो देशमा हरेक ८० देखी १०० वर्ष पछि एक महाभूकम्प आउने गरेको पाईएको छ । वि.सं. १९९0 सालमा ८.४ रेक्टर स्केलको भूकम्पले काठमाण्डौ उपत्यका र पूर्वी तराईमा ठूलो जनधनको क्षति पु¥यायो । यस भूकम्पले नेपालमा मात्र ८० हजार घरहरु भत्किई नष्ट भए भने समष्टिगत रुपमा १ लाख ४ हजार घरहरुलाई हानी नोक्सानी पु¥यायो ।
वि.सं. २०४५ साल भाद्र ५ गते ६.७ रेक्टर स्केलको भूकम्पले पूर्वी तराईका ६,५०० भन्दा बढी घरहरु भत्काउनुको साथै ७०० भन्दा बढी मानिसहरुको मृत्यु भयो ।
त्यस्तै मिति २०७२ बैशाख १२ गते आएको ७.९ रेक्टर स्केलको महाभुम्प र त्यसको पराकम्पन वाट क्षति भएको १४ जिल्लाको १०,८०३ सरकारी भवनहरु पुर्ण रुपमा क्षती भएको र सर्वसाधारणका घरहरु २,९७,२६६ घरहरु पुर्णरुपमा क्षती भएको छ भने २, ७७,०५० घरहरु आंशिक रुपमा क्षती भएको छ । साथै ८८०० भन्दा बढी मानिसहरुको मृत्यु भयो । यस्ता विनाशकारी प्राकृतिक प्रकोपलाई रोक्न सकिन्न तर समय मै वुद्धि पु¥याईएमा यसबाट हुने जनधनको क्षतिलाई कम गर्न सकिन्छ ।
विनास पछिको सतर्कता पश्चाताप बाहेक केही नहुने भएकोले क्रमबद्ध रुपमा पूर्व तयारी गर्नु आजको अपरिहार्य आवश्यकता हो । पुर्व तयारीको विभिन्न प्रकारहरु मध्ये भूकम्प प्रतिरोधी भवन निर्माण गर्नु सबै भन्दा उत्तम पुर्व तयारी हो । यो कुनै नौलो कुरो होइन । घर निमाणर््ा सम्बन्धी हाम्रो चलन चल्तीमा रहको केही सामान्य अभ्यासहरुलाई मात्र परिवर्तन गर्न सकिएमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सकिन्छ ।
निर्माणको नक्सा पास गर्दा “भवन तथा योजना मापदण्ड २०६९” का अतिरिक्त “नेपाल राष्ट्रिय भवन निर्माण संहिता, २०६०” लाई समेत ध्यानमा राखि नक्सा स्वीकृत गर्नु पर्दछ । योजना तथा शहरी विकास शाखाबाट सुरक्षित आवास निर्माणको लागि प्रविधिकहरुको बारेमा आवश्यक सर सल्लाह लिनु पर्दछ । हाल विद्यमान निमाणर््ा प्रणालीमा भएका कमि–कमजोरीहरुलाई हटाई Economic expenditure नबढाइ कुनै पनि सुरक्षित भवनहरुको निमाणर््ा गर्न सकिन्छ । यसको लागि प्राविधिकहरुसग परामर्श लिई सुरक्षित र गुणस्तरीय भवनहरुको निर्माण गरी भावी पुस्ताको सुन्दर भविष्यको सुनिश्चित गर्न सकिन्छ ।