घर निर्माणको ठेक्का कसलाई दिने ? ठेकेदार रोज्ने कि कन्सट्रक्सन कम्पनी

घर निर्माणकार्यमा प्रत्यक्ष रुपले ठेकेदार, निर्माण व्यवसायी वा कन्सट्रक्सन कम्पनी सरिक हुने गर्दछ । हामीले प्रयोग गर्ने प्राविधिक, ठेकेदार / निर्माण व्यवसायी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी आदिको योग्यता र दक्षताले पनि घरको सुरक्षामा प्रभाव पर्ने गर्दछ ।
घर बनाउने सोच बनाउदा हाम्रो मनमा अनेकन प्रश्नहरु खेल्ने गर्दछन । दक्ष प्राविधिकको छनौट, ठेकेदार र निर्माण कार्य गर्न निर्माण व्यवसायी छनौट लगायतका बिषयमा हामी अलमलमा पर्ने गर्दछौ ।
घर निर्माण गर्दा घरधनीले प्राविधिक, ठेकदार, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, निर्माण सामग्री आपूर्तीकर्ता आदिसँग काम गर्नुपर्ने हुन्छ । यी व्यक्तिहरुले कौशलतापूर्वक र समयको सदुपयोग गर्न सके; घर समयमा, कम लागतमा र बलियोसँग निर्माण गर्न सकिन्छ । जसले गर्दा तपाईको मनमा भएका संदेह समाधान हुनुका साथै सही व्यक्तिबाट काम गराउन सक्नु हुनेछ ।
घर धनी र यी व्यक्तिहरुबिच राम्रो सम्बन्ध हुन सकेको खण्डमा मात्र हामी कम लागत र निर्धारित समयमा कार्य सम्पन्न गर्न सक्दछौ । घर निर्माणकार्यमा सहभागी हुने व्यक्ति र छनौट गर्ने तरिका निम्नानुसार रहेको छन ।
तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि निशुल्क परामर्श यहाँ थिच्नुहोस चाहिएमा ।
प्राविधिकसँग परामर्श र छनौट
घर बनाउनु भन्दा पहिले हामीलाई घर निर्माण अनुमति प्रक्रियामा जानुपर्ने हुन्छ । यो भन्दा पहिले नै हामीले प्राविधिकसँग आफनो घर, घडेरी, योजना ,ढाँचाबारे प्राविधिकसँग परामशृ लिनुपर्ने हुन्छ ।
नेपाल ईन्जिनियरिङ्ग परिषदमा दर्ता भई ईन्जिनियरिङ्ग व्यवसाय गर्ने अनुमति प्राप्त आर्किटेक्ट/इन्जिनियरलाई मात्र काम लगाउनु पर्दछ ।
दक्ष प्राविधिक छनौट गर्दा प्राविधिकले पहिले नै काम गरिसकेको ठाउँमा गएर बुझने, उहाँको कामको अवलोकन गर्ने र पहिलेका घरधनीसँग उहाँको काम गर्ने तरिका बारेमा बुझनु पर्दछ,
प्राविधिकसँग आफ्नो घरलाई बलियो, राम्रो र कम लागतमा बनाउन बढि भन्दा बढि परामर्श लिने,
भवन अनुमति र निर्माणका प्रक्रियामा प्राविधिकको जिम्मेवारीबारे छलफल गर्ने । निर्माण प्रक्रियामा प्राविधिकद्धारा निरीक्षण गराउनपर्ने चरणहरु; लेआउट, जग खनेपछि हरेक पटक डण्डी बाँध्नु अघि र पछि, ढलानमा, ब्याण्डहरु आदिको बारेमा स्पष्ट हुनुपर्दछ ।
प्राविधिकको संलग्नता अनुसार पाउने पारिश्रमिक वा शुल्कबारे पहिले नै स्पष्ट हुनु पर्दछ ।
मापदण्ड विपरीत नक्सा तथा डिजाइन प्रमाणित गर्ने प्राविधिकलाई नेपाल इन्जिनियरिङ्ग परिषदले छानबिन गरी कानुनी कारवाही गर्ने व्यवस्था पनि छ ।
ठेकेदार कि निर्माण व्यवसायी कम्पनी ?
हाम्रोमा सबैभन्दा बढी खेल्ने र हामीलाई झन्जटिलो लाग्ने प्रक्रिया हो । कतिपय घर निर्माणको क्रममा ठेकेदारले घर निर्माणमा लापरवाही गर्ने, कमसल खालको समान प्रयोग गर्ने, मापदण्ड विपरित निर्माण गर्ने गरेको हामीले देखेका छौ । त्यही भएर हामी ठेकेदारलाई निर्माण कार्य गर्नु भन्दा पहिले डराउने गर्दछौ । यसलाई अस्वभाविक मान्न सकिदैन ।
ठेकेदार वा निर्माण व्यवसाय कम्पनीले घर निर्माणको लागि चाहिने कामदारहरु तथा निर्माण सामग्रीहरु निश्चित दर र निर्धारित समयभित्र पूरा गर्नको लागि जिम्मा लिन्छन् ।
कामदारहरु र निर्माण सामग्रीको मद्दतले नक्सामा भएको घरको ढाँचालाई वास्तविकतामा उतार्ने कार्य गर्दछ । ठेकेदारको घर निर्माणमा महत्वपूर्ण भूमिका भएकोले ठेकेदार चयन गर्ने निर्णय महत्वपूर्ण हुन्छ ।
तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि निशुल्क परामर्श चाहिएमा 9801886644 मा सम्पर्क गर्नु होला ।
निर्माण व्यवसाय कम्पनी वा ठेकेदार चयन गर्दा वा ठेकेदारलाई काम गराउँदा ध्यान दिनुपर्ने पक्षहरु ~
निर्माण कार्यमा अनुभवी तथा दक्ष व्यक्तिलाईलाई संलग्न गराउने ।
ठेकदारेले पहिले नै काम गरिसकेको ठाउँमा गएर बुझ्ने, उहाँको कामको अवलोकन गर्ने ।
ठेकेदारका डकर्मी र मिस्त्रीहरु भूकम्प प्रतिरोधात्मक घर बनाउन तालिम प्राप्त भए नभएको जानकारी लिने ।
ल्याव नापेर, स्ल्याव तथा बिम नापेर वा आइटम अनुसार नापजाँच गरेपछि मात्र बिल तिर्ने ।
ठेकेदारको पारिश्रमिक तिर्ने समयबारे पहिलेनै छलफल गर्ने ।
कुन काम कति समय भित्र पूरा गर्ने भन्ने पनि पहिलेनै छलफल गर्ने ।
प्लम्बर, ईलेक्ट्रिसियन,टाइल लगाउनेहरुसँग निर्माण व्यवसायीको बारेमा जानकारी लिने ।
घर निर्माणको क्रममा गर्नुपर्ने सरसफाई गराउने जिम्मा ठेकेदारलाई सुम्पिने ।
घर निर्माणको क्रममा कुनै कामदार भवितव्य भएमा उपचार वा राहत रकम के गर्ने भन्ने बारे छलफल गर्ने ।
क्युरिङ्ग कसले गर्ने भन्ने बारे पहिले नै निश्चित गर्ने ।
ठाउँ अनुसार पारिश्रमिक तिर्ने विधि फरक फरक हुन्छ । तर यदि घरको वर्गफिट नापेर पारिश्रमिक दिने हिसाब गरिएको छ भने उक्त पारिश्रमिकमा कम्पाउण्ड वाल, पानीट्याङ्की, बाथरुमको टायल, कौशीको टायल आदि पर्छ कि पर्दैन, कहिँ केही डिजाइनमा परिवर्तन गर्न परेमा कति शुल्क थप्नु पर्ने हो जस्ता पक्षहरु पनि पहिलेनै स्पष्ट पार्नुपर्छ ।
स्ल्याव मात्रै नापेर वा हरेक कार्य जस्तैः छत, पिलर, बिम, गारो आदिको फरकफरक हिसाब अनुसार कसरी शुल्क तिर्नुपर्ने हो पहिलेनै छलफल गनुपर्दछ ।
यस्तो गर्दा हामी बिना झन्झट सजिलैसँग निर्माण कार्य सम्पन्न गर्न सक्दछौ । कम्पनी वा ठेकेदार छनौट गर्दा माथिका कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । दिइएका बुदामा काम गर्न सकेको खण्डमा हामी कम्पनी वा ठेकेदार जो सुकैबाट काम गरे तापनि सजिलैसँग निर्माण सु–सम्पन्न गर्न सक्दछौ ।
तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि निशुल्क परामर्श चाहिएमा 9801886644 मा सम्पर्क गर्नु होला ।
घर निर्माण गर्ने डकर्मी यस्तो हुनपर्छ,
उनीहरु नगरपालिका/गाँउपालिकामा सूचीकृत भएको,
घर बनाउने वा भूकम्प प्रतिरोधात्मक घर बनाउने तालिम लिएको,
निर्माण कार्य कहिले, कसले के काम गर्छ थाहा पाएको,
कुन काम कहिले सुरु हुन्छ भन्ने जानकारी भएको,
सुपरीवेक्षण गर्ने योजना बनाउने र बेला बेलामा कामको प्रगति विवरण लिन सक्ने,
निर्माण कार्य जिम्मेवारी अनुरुप भए नभएको यकिन गर्न सक्ने,
कामदारको व्यक्तिगत सुरक्षा र निर्माण गर्दा अपनाउने सुरक्षा विधि अनिवार्यरुपमा अपनाउन सक्ने,
सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन
प्लम्बर भन्नाले घरमा खानेपानी तथा ढल निकास सम्बन्धित कामहरु गर्ने व्यवसायिक व्यक्ति,
इलेक्ट्रिसियन भन्नाले घरमा बिजुली बत्तीसँग सम्बन्धित कामहरु गर्ने व्यवसायिक व्यक्ति
सिकर्मी भन्नाले घरमा काठसँग सम्बन्धित कामहरु गर्ने व्यवसायिक व्यक्तिलाई चिनिन्छ ।
यी व्यक्तिहरुसँग कार्य गर्दा ध्यान दिनुपर्ने पक्षहरु ;
सम्बन्धी विधामा लिएको तालिमको प्रमाणपत्रको प्रतिलिपि हेर्ने,
विजुली, खाने पानी तथा ढल निकास प्रयोजनको लागि राखिने पाइपहरु कहाँ र कसरी राख्ने भनेर छलफल गर्ने,
प्लम्बर र इलेक्ट्रिसियनले घरमा पाइप राख्दा ठेकेदारसँग सल्लाह गरी मुख्य बिम तथा पिलरमा नपर्ने गरी राख्न लगाउने,
लाग्ने शुल्क र त्यो शुल्कभित्र के–के काम पर्छ बुझने,
काम कति समय भित्र पूरा हुने समय निर्धारण गर्ने,
पैसाको लेनदेनबारे सधै हस्ताक्षर सहितको लिखित कागजात राख्ने,
निर्माण सामग्री आपूर्तीकर्तासँग
सामग्री आपूर्तीकर्ता तथा बिक्रेता भन्नाले घर बनाउनका लागि चाहिने निर्माण सामग्रीहरुसँग सम्बन्धित व्यक्ति भन्ने बुझिन्छ । सामग्री आपूर्तीकर्ता तथा बिक्रेतासँग काम गर्दा ध्यान दिनुपर्ने पक्षहरु,
निर्माण सामग्रीको गुणस्तर जाँच गरेर मात्र सामग्री खरिद गर्ने ।
सामग्रीको निर्माण मिति र म्याद सकिने मिति हेर्ने ।
सामग्री खरिद गर्दा भण्डारण गर्ने ठाँउको बिचार गर्ने ।
सामग्रीको मूल्य बुझ्ने, एक ठाउँको मात्र भर नपरि अरु ठाउँमा पनि बुझ्ने ।
सामग्रीको गुणस्तर वा प्रकार परिवर्तन गर्नु परेमा प्राविधिकसँग सल्लाह गर्ने ।
निर्माण सामग्री आपूर्तीकर्ताहरुसँग निर्माण सामग्रीको उपलब्धता, सामग्रीको मूल्य, ढुवानी तथा भुक्तानी प्रक्रियाका पक्षहरुमा छलफल गर्ने ।
तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि निशुल्क परामर्श यहाँ थिच्नुहोस चाहिएमा ।