Blogs/Current Article

फोहोरमैलाको प्रशोधन र विसर्जन

5 min read
Garbage

प्रशोधनको सामान्य अर्थ सफा पार्नु भन्ने हो । फोहोरको सुरुवात प्रशोधनका क्रममा हुन्छ । जस्तो चकलेट, विस्कुट, चाउचाउ, आदिलाई परिवर्तन गर्न सजिलोको लागि प्याकेट गरिएको हुन्छ । उपभोग गर्नुपर्दा त्यसका खोल निकालिन्छ । खोल निकाल्नु पनि खानेकुरा प्रशोधन गराइभित्रै पर्ने कुरा हो । 

तरकारी केलाउँदा हामी खानयोग्य भागलाई लिएर विग्रेको, सुकेको बोक्रा, जरा कडा भाग छुट्याउँछौ यो पनि प्रशोधन गराइ नै हो । फोहोर भनिएको चिज वा वस्तुमा अर्को उपयोगिता रहेको हुन सक्छ । यस्तो उपयोगिता पहिचान गरेर सो उपयोगिता लिने गरी फोहोरलाई थप केलाउने कामलाई फोहोर प्रशोधन भनिन्छ । यसै गरी कुनै पनि कुरा वा वस्तुलाई टुङ्याउने, फाल्ने, त्याग्ने, वा छाड्ने कार्यलाई विसर्जन भनिन्छ । 


स्रोतन्यूनीकरणः

स्रोतबाटनै रोकथाम गर्ने उपाय हो । प्लास्टिकका झोलाको साटो टिकाउ हुने जुट वा कपडाको झोला प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ । 



पुनरुपयोगः

यात्रा गर्दा तिर्खा मेटाउन पिउने पानीको बोतल किनियो र पानी खाइयो भने त्यो बोतलको उपयोगीता सकियो भनेर फाल्ने गरिन्छ । उपयोगीता लिने प्रयोजन सकिने वित्तिकै त्यसलाई त्याग्ने वा फाल्ने काम फोहोरमैला विसर्जनको सही विधि होइन । यसैले जुनसुकै समान अर्थातर वस्तुको उच्चतम रुपमा पुनरुपयोग गर्नुपर्ने हुन्छ । 




नवउपयोगीता सिर्जनाः 

एउटा उपयोगीता वा प्रयोजनका लागि प्रयोग, उपभोग वा उपभोग गरिएको चिजविजको विकृत रुप वा बाँकी रहेको रहलपहललाई अर्को उपयोगी वा उपभोग्य वस्तु बनाएर प्रयोग गर्न सक्निछ । यस्तो नवउपयोगिता सिर्जना गर्ने कुरामा गुन्दु्रक नेपालको बेजोड परम्परागत खाद्य पदार्थ हो । हामी यस्ता प्रकारका पदार्थलाइए नवउपयोगितामा उपयोग गरेर आर्थिक रुपले पनि लाभ दिन सक्छौ र वातावरणलाई स्वच्छ र सफा राख्न सक्छौ । 



रुपान्तरणः 

फोहोरमैलाको रुपलाई प्रक्रिया गरेर बदल्दै नयाँ उपयोगीता सिर्जना गर्ने तरिका फोहोरमैला विसर्जनको सबैभन्दा लाभदायक र प्रभावकारी तरिका हो । यस तरिका अनुसार जैविक वा वानस्पतिक फोहोरमैलाबाट मल बनाउने, अजैविक फोहोरमैलालाई पुनःचक्र गरी नयाँ उपयोगीता सिर्जना गर्ने कुरा पर्दछन ।  



गाड्नेपुर्नेः 

जैविक फोहोरमैलाका विभिन्न रुपलाई गाड्ने वा पुर्ने गरेर पनि विसर्जन गर्न सकिन्छ । यो विधि भनेको गहिरो खाल्डो बनाएर फोहोरलाई खाल्डोमा पुर्ने वा विसर्जन गर्ने विधि हो । यस्तै मल बनाउन नसकिने मरेका जीववस्तुको सिनो वा हाडखोर, रौँ, भत्किएच्यातिएका छालाका वस्तु, मक्किएकाा वा धुलिया धमिरा लागेका काठपाटलाई समेत गाडेर वा पुरेर विसर्जन गर्न सकिन्छ । 

अजैविक साथ साथै विषादि र रासायनिक पदार्थ धेरै मिसिएको छ भने जैविक फोहोरमैलालाई पनि गाडेर विसर्जन गर्ने विधि उपयुक्त हुँदैन । अजैविक फोहोर गाडियो भने त्यो माटोमा मिल्दैन भने विषादि र रासायनिक पदार्थले जमिनलाई प्रदूषित बनाई वातावरण तथा पर्यावरण चक्रमा क्षति गर्दछ । 



जलाउनेः 

जैविक फोहोर सबै मल बनाउने वा गाडेर वा पुरेर जमिनमा सडाउन सकिन्न । त्यस्ता धेरै वस्तुलाई जलाएर पनि विसर्जन गर्न सकिन्छ । गाड्नपुर्न हुने तर तिनीहरु जमिनमा माटोसँग हतपत नमिल्ने नगल्ने भएमा तिनलाई जलाउनु उपयुक्त हुन्छ । 

जलाउने विधि प्रयोग गरेर फोहोर विसर्जन गर्दा अजैविक र विषादि वा रासायनिक पदार्थ मिसाइयो भने त्यसले वायुमण्डलमा कार्वनडाइअक्साइड सँगै अन्य हानिकारक तत्व उत्सर्जन हुन जान्छ । फलस्वरुप वातावरण प्रदूषित मात्र हुँदैन मानिस जीव र वनस्पती सबैका लागि स्वासप्रश्वासका माध्यमबाट विषादि, प्रदूषण र रासायनिक खरावी ग्रहण गर्नुपर्ने बाध्याता सिर्जना हुन्छ ।  



ल्यान्डफिलिङः 

विविध खालका फोहोरलाई निर्जन र एकान्त ठाँउमा गाँउवस्तीबाट टाढा लगेर जम्मा पार्ने विधिलाई ल्यान्डफिल अर्थात भूभण्डारण भनिन्छ । फोहोर संकलन गर्ने काम स्थानीय सरकारको रहेको छ । जस्तै काठमाडौ महा नगरपालिकाको बन्चरे डाडामा ल्यान्डफिल गर्ने गरिन्छ । ल्यान्डफिलका लागि फोहोर संकलन र ढुवानीको कामचाहिँ, उपभोक्ता समिति, निजी कम्पनी र सामुदायिक संस्थाहरुले पनि गर्दै आएका छन । 



फोहोरमैला तह लगाउने केही उपयोगी तरिकाः

फोहोरमैला पार्नु, जथाभावी फाल्नु र त्यसलाई बेवास्ता गर्नुले गाँउठाँउ टोल सहर वस्ती, सेरोफेरो दुर्गन्धपूर्ण र घीनलाग्दो देखिने मात्र हैन त्यसले जल, जमिन, जंगल र वायुमण्डलाई प्रदूषित पार्दछ । प्रदूषणको असर मानिस र अन्य जीवजन्तुमा त पर्छ नै त्यो भन्दा पर भावी पिडिले समेत त्यसको पिडा बेहोर्नुपर्ने दिन आउँछ । 




स्रोतमै फोहोरलाई छुटयाउने ः

घर, कार्यालय, यात्रा, उद्योग पेसाव्यवसाय आदि विभिन्न क्षेत्रका दैनिक कामकाजमा उपभोग, उपयोग, प्रयोगले आउने ठोस र तरल फोहोरलाई भिन्दाभिन्दै राख्न सकियो भने मात्रै दुर्गन्ध पनि कम हुन्छ । 

सामान्यत  हाम्रो घरबाट कुहिने र नकुहिने दुई खालका फोहोर निस्कन्छन् । यसरी फोहोर निस्कँदा त्यसको स्रोतमै ठोस र तरल अनि जैविक र अजैविकलाई भिन्न भिन्न भाँडा छुट्याएर सङ्कलन गर्नुपर्छ ।

जैविक फोहोरमा पनि तत्काल सड्ने गल्ने खालका र सड्ने गल्न समय लाग्ने खालकालाई भिन्दाभिन्दै राख्नु उपयुक्त हुन्छ । अजैविक फोहोरलाई पनि तिनको प्रकृति र अवस्था अनुसार फरकफरक गरेर राख्नु उचित हो । यसो गरिएमा फोहोर तह लगाउन सजिलो हुन्छ । 



बैकल्पिक रुपले प्रयोग गर्नेः 

उत्पन्न भएको जैविक फोहोरलाई तिनको प्रकृति विचार गरी गोवरग्याँसको कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ । यसका लागि फराकिलो जमिन भएका ठाँउमा खाल्डे मल बनाउन सकिन्छ ।

खाल्डे मल बनाउनका लागि ओवानो रहने गरी जमिनमा खाल्डा बनाउने र घरको जैविक फोहोरमैला र पुरानो मललाई जोडनका रुपमा तहतह बनाइ राख्दै लानुपर्छ ।

पुरानो मलमा केही सुख्खा माटो पनि मिसाइदिनुपर्छ । यसरी तह तह फोहोरमैला र मलमाटो राख्दै लगेर खाल्डो भरिएपछि पुरिदिनुपर्छ । छ महिनापछि खाल्डोको माथिल्लो एक तहबाहेक सबै फोहोरमैला मल बन्दछ । तर साँघुरो ठाँउमा खाल्डे मल बनाउन सजिलो हुँदैन । 




सरसफाइ मार्फत सङ्कलन गर्नेः 

आफू बस्ने ठाँउमा घर आँगन, करेसावारी, बाटो सडकवरपर अरु मानिसले फोहोर छाडिदिन सक्छन् । खास गरी फूलफलका बोक्रा, पानीका बोतल,चकलेट, विस्कुटका खोल, प्लास्टिका थैला, दूध वा तेलका थैला, स्याम्पोका पकेट प्रयोगका सानासाना थैला मानिसहरुले प्रयोग गरिसकेपछि जत्रतत्र फाल्ने गर्दछन् । 

यसरी छरिएको फोहोरलाई पनि कम्तीमा जैविक र अजैविकलाई छुट्याएर अलगअलग भाँडोमा सङ्कलित गरी उचित तरिकाले फोहोर तह लगाउने गर्नुपर्छ ।



कवाडी बेचविखन गर्नेः 

विग्रेभत्केका घरायसी भाँडाकुँडा, निर्माण सामग्री लगायतका थुप्रै वस्तु कवाडी रुपमा विक्री हुन्छ । यस्तो सामानलाई बिक्री गरेर तह लगाउन सकिन्छ । यसको कारणले फोहोरको उचित विसर्जन हुनुका साथै आर्थिक लाभ पनि लि सक्ने हुन्छ छ । 



 


फोहोर प्रशोधनका लागि उपलब्ध गराउनेः 

अहिले विभिन्न कम्पनीहरु र संस्थाले फोहोरको प्रशोधन सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरेको छन् । पुनः चक्रीय फोहोरलाई बटुलेर त्यसलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने व्यावसायिक काम भइरहेको छ । भारत लगायतका अन्य देशहरुमा प्लास्टिकजन्य फोहोरको प्रयोग सडक निर्माण कार्य लगायतका अन्य विविध प्रयोजनमा हुने गर्दछ । यसले वातावरणलाई सफा राख्नुका साथै फोहोरजन्य पदार्थको व्यवस्थापनमा न्युनीकरण गर्नमा महत्वपुर्ण भुमिका खेल्न गर्दछ ।   

यस्तै सड्ने, गल्ने फोहोरमैलाबाट कम्पोष्ट वा घरेलु मल बनाउने पनि विभिन्न व्यापारिक तथा सामुदायिक पहल सुरु भएका छन । अलग–अलग रुपमा गरिएको यस्तो फोहोरमैलाको सङ्कलन यस्ता संस्थागत प्रयासलाई उपलब्ध गराएर पनि फोहोर तह लगाउने कुरामा विशेष काम गर्न सकिन्छ ।फोहोर निष्कासन गर्दा समय सिमाको पालना गर्नुपर्ने छ ।


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)