Blogs/Current Article

फोहोरमैलाको वर्गीकरण

5 min read
garbage


घरेलु फोहोरमैलाः 


सागसब्जीका बोक्रा, सागपातका सढेगलेका टुक्रा, च्यातिएका लत्ताकपडा, टुटेफुटेका भाँडावर्तन, किलाकाँटी, सावुनको खोल, दुध वा तेलका खाली भएका थैला, कुनै पनि वस्तुका खोलका रुपमा राखिएका प्लाष्टिकका खोल, सडेगलेको सागसब्जी वा खानेकुराको जुठो, फुटे टुटेका ऐना, सिसा, गिलास, रित्तिएका प्लास्टिकका बट्टाहरु,च्यातिएका कागजपत्र, बोतल र बोतलका विर्का, खालि भएका आदि सामान्यत घरेलु फोहोरमैलाका रुपमा चिनिन्छन ।

मिठाई, चकलेट, चुरोटका खोल, पेयपदार्थ पिउने प्लाष्टिकका पाइप, पूजाआजा गरेर सेलाउनु पर्ने ध्वजापतका, फूलपात, दुनाटपरा, वा यस्तै एक पटक प्रयोग गरेर फालिने चीज वस्तु पनि घरेलु फोहोरमैलाका स्रोत हुन ।




औद्योगिक फोहोरमैलाः


विभिन्न थरीका तयारी सामानको उत्पादन, प्रशोधन, भण्डारण, विक्री–वितरण तथा आपूर्तिका सिलसिलामा उत्पन्न हुने फोहोरमैला औद्योगिक फोहोरमैला हुन् । औद्योगिक फोहोरमैलामा घरेलु फोहोरमैलामा उल्लेख भएका अधिकांश खालका फोहोरमैला पर्दछन रासायनिक फोहोरमैलाहरु पनि आद्योगिक फोहोरमैला अन्तर्गत पर्ने गर्दछ । 



रासायनिक फोहोरमैलाः


मनव स्वास्थ्य, जीवजन्तु, वनस्पति र वातावरणलाई प्रतिकूल असर पार्ने फोहोरमैलाका रुपमा उत्सर्जन वा विसर्जन गरिएका सबै रासायनिक पदार्थ रासायनिक फोहोरमैलामा पर्दछन् । व्याट्री, व्याट्र्ीमा प्रयोग हुने अम्ल (एसिड) घर सडकपेटी रङ्गाउने रङ्ग र त्यसमा प्रयोग हुने रासायनिक पदार्थ, कृषिसँग सम्बन्धित विषादी लगायतका वस्तुबाट यस खालको फोहोरमैला निस्कन्छ । 




स्वास्थ्य सेवा सम्बन्धी फोहोरमैलाः


अस्पताल, औषधालय, औषधिको उत्पादन, विक्री वितरण, चिकित्सागत प्रयोगशाला, पशुस्वास्थ्य सेवा वा स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान गर्ने संस्थाहरुबाट उत्पन्न तथा निष्कासन हुने फोहोरमैला स्वास्थ्य सम्बन्धी फोहोरमैलामा पर्दछन् । यस्ता फोहोरमैलामा कतिपय घरेलु फोहोरमैलासँग मिल्दाजुल्दा फोहोर हुन्छन्भने कतिपय औद्योगिक फोहोरमैला हुन्छन्। कतिपय फोहोरमैला मिश्रित पनि हुन्छन्। रसायन र रेडियो विकिरण पनि मिसिएको फोहोरमैला हुने भएकाले यस्ता फोहोरमैला मानिस तथा पशुपंक्षीका लागि हानि गर्ने खालका नै बढी हुन्छन्।




हानिकारक फोहोरमैलाः 


विषादि, रसायन, रेडियोविकिरण, बहुअम्लीय गुण भएका फोहोरमैला हानिकारक फोहोरमैलामा पर्दछन । हानीकारक फोहोरमैलाहरु प्राणी स्वास्थ्यको लागि मात्र नभई वातावरणको लागि पनि हानीकारक हुने गर्दछन । यस्ता कतिपय फोहोरमैला हुन्छन जसका उपस्थिति, अरु वस्तुसँग तिनको मिसावटले नै मानिस जीवनजन्तु, चराजुरुङ्गी, जल, जमिन, जंगल वायु आदिलाई हानी गर्छ । यस्ता फोहोरमैला हानिकारक फोहोर हुन् ।




सडने फोहोरमैलाः 


कुहिने खालका सागसब्जी, फूलफल खाद्य वस्तु केलाउदा वा काट्दा निस्कने बोक्रा वा टुक्रा, झुत्रा आदि फोहोर, सामान्य कसिङ्गर, झारपात, पातपतिङ्गर, सडेगलेको तरकारी, सागसब्जीका रुपमा निस्कने फोहोर मलखाद योग्य फोहोरमैला हुन । यस्ता फोहोरमैलालाई सामान्यतः जैविक फोहोरमैला भनेर चिनिन्छ । 

गाई वस्तु, बाख्राखसी, कुखुरा, परेवा, कुकुर विराला, जस्ता घर पालुवा जन्तुले खानेकुरा र तीनको दिसापिसाब पनि मलखाद योग्य फोहोरमैला हुन । यस्ता फोहोर मैलाको प्रयोग हामी जैविक मलको रुपमा पनि गर्न सकिन्छ । 



मलखाद अयोग्य फोहोरमैलाः 


फर्निचर वा अन्य घरेलु उपयोगमा ल्याइएका काठ, बाँस, चोया, बेतबाट उत्पादन गरिएका थोत्रिएर, भत्केर, मक्किएका उपयोग गर्न नसकिने अवस्था भएका वस्तुबाट उत्पन्न भएका फोहोरमैला मलखाद अयोग्य सडेका फोहोरमैला हुन ्। 




कवाडी फोहोरमैलाः


भाँडावर्तन फुटेटुटेर वा खिइएर काम नलाग्ने भएका फोहोरमैलालाई कवाडी फोहोरमैल भन्ने गरिन्छ । फलामका टुक्रा, च्यातिएका जाली पनि यसै कोटीका फोहोरमैलामा पर्दछन् र जसको हामी पुन प्रयोग गर्न सक्छौ । 



प्लास्टिकजन्य फोहोरमैलाः


प्लास्टिक बहुउपयोगी वस्तु हो । आजभोलि प्लास्टिक विभिन्न प्रकारका सामानमा प्रयोग हुन्छ । खानेपानीको पाइप, ट्याङ्कीदेखि लिएर अनेक भाडाँवर्तनका पनि प्लास्टिकको उपयोग हुन्छ ।

यसका अतिरिक्त, निर्माण सामग्री, झोला र बचावटका लागि खोलका रुपमा प्लास्टिकको प्रयोग अत्यधिक हुने गर्दछ ।निर्माण सामग्रीको रुपमा प्रयोग गरिँदा बनिने टुक्राटाक्री वा प्रयोग भएपछि थोत्रिएर, बिग्रेर, च्यातिएर, भत्किएर पनि प्लास्टिक फोहोरमैला हुने गर्दछ । 


सिसा जन्य फोहोरमैलाः 

काँचको प्रकृति आफूभन्दा कडा वस्तुसँगको ठक्करबाट फुट्नेटुट्ने मात्र होइन वातावरणको तापमानमा हुनेचर्को उतारचढावले पनि यो टुट्ने फुट्ने हुन्छ । काँच पनि बहुउपयोगी वस्तु भएकाले यसका अनेक थरी सामान हुन्छन् ।  काँचका सामान फुटेपछि अर्को रुपले प्रयोग हुने सम्भावना ज्यादै कम रहन्छ । सिसाजस्तै सेरामिक, टायल आदिका सामानको टुटफुटले पनि उस्तै खालको फोहोर उत्पन्न हुन्छ । यसैले तिनलाई सिसाजन्य फोहोरको रुपमा हेर्न सकिन्छ । 



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)