Blogs/Current Article

फल्स सिलिङ्ग के हो र यो किन आवश्यक छ ?

5 min read
false ceiling k ho
फल्स सिलिङ्ग घरलाई सुन्दर र आकर्षक बनाउने तरिका हो । बिशेष गरी व्यपारिक प्रयोजनको लागि निर्मित भवनहरुमा फल्स सिलिङ्गको बढी उपयोगिता रहेको देखिन्छ । 


सामान्यतया फ्ल्याट वा छत फल्स सिलिङ्गको कारण आकर्षक देखिने गर्दछ । अफिस होस् वा कमर्सियल कम्प्लेक्स, आवासीय कम्प्लेक्स होस् वा थिएटर जुनसुकै ठाउँको सौन्दर्यको लागि फल्स सिलिङ्गको प्रयोग गरिने गर्दछ । 


फल्स सिलिङ्ग मध्यम खालका छत हुन यसलाई कर्डको मद्दतले मुख्य छत मुनि झुण्ड्याइन्छ । यी छतहरू एइए (प्लास्टर अफ पेरिस), जिप्सम बोर्ड, एस्बेस्टोस पाना, पार्टिकल बोर्ड, एल्युमिनियम प्यानल, काठ आदि जस्ता विभिन्न सामग्रीहरूबाट बनाइएका हुन्छन । तिनीहरूलाई ड्रप सिलिङ् वा सस्पेन्डेड सिलिङ् पनि भनिन्छ ।


फल्स सिलिङ्गले घरको सौन्दर्य बढाउने मात्र नभई यसका अन्य विविध फाइदाहरु रहेका छन । कोठाको सौन्दर्यमा बाधा पु¥याउने संरचनात्मक तत्वहरूलाई लुकाउँन फल्स सिलिङ्गले मदत गर्दछ । गर्मीमा इन्सुलेटरको रूपमा काम गर्दछ ।


विशेष गरी थिएटर, सम्मेलन हल, सभाहल आदिमा इको सम्बन्धि समस्याहरू कम गरेर बाहय ध्वनि बाधकको रूपमा काम गर्दछ । विशेष गरी स्वास्थ्य सेवा केन्द्रहरू, अस्पतालहरू र क्लिनिकहरूमा एन्टी–माइक्रोबियल तत्वको रूपमा कार्य गर्दछ । 


छतको टाइलहरू बनाउन प्रयोग गरिने सामग्री खनिज फाइबर वा फायर रेटेड काठ प्यानलहरू हुन् भने फल्स सिलिङ्ले फायर सेपरेटरको रूपमा पनि काम गर्न सक्छ । ट्रस र छत टाइलहरू बीच छोडिएको ठाउँले सबै तारहरू सुरक्षित राख्न यसले मदत गर्दछ । 

 


फल्स सिलिङ्ग लगाउनुका फाइदाहरू


  • सही प्रकारका उपकरणहरू र दक्ष पेशेवरहरूको सहयोगमा फल्स सिलिङ्ग जडान गर्न धेरै सजिलो छ ।
  • फल्स सिलिङ्गले छतका सतहहरुलाई चिल्लो र सुन्दर बनाउने गर्दछ ।
  • यो किफायती र डिजाइनमा लचिलो हुने गर्दछ ।
  • फल्स सिलिङ्गले छतलाई सफा र फिनिश लुक दिने गर्दछ । पाइप र बिजुलीका तारहरू पनि लुकाउँछ ।
  • यसले इन्सुलेटरको काम गर्ने गर्दछ । 
  • मर्मतको अवस्थामा प्यानलहरू पुनः व्यवस्थित गर्न वा जिप्सम बोर्ड मर्मत गर्न सजिलो छ ।


फल्स सिलिङ्ग बेफाइदाहरू


  • फल्स सिलिङ्गले कोठाको उचाइ धेरै इन्च वा फिट घटाउन सक्छ । 
  • यसलाई समय–समयमा मर्मत आवश्यक छ । 
  • प्राकृतिक प्रकोपको अवस्थामा फल्स सिलिङ्ग जोखिमपुर्ण हुन सक्छ । 


तपाई पनि नयाँ घर बनाउदै हुनुहन्छ वा इन्टेरियर डिजाइन गर्न चाहनु हुन्छ भने  वा पेन्टिङ्ग सम्बन्घि काम गर्दै हुनुहुन्छ भने निशुल्क परामर्शको हामीलाई 9801886644सम्पर्क गर्नुहोला ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)