घर कोसङ्ग बनाउने - लोकल ठेकेदारलाई कि कम्पनीलाई

घर बनाउनु अघि तपाईँले
आफ्नो जग्गा सर्वप्रथम इन्जिनियरलाई देखाउनुहुन्छ र नक्सा बनाउनुहुन्छ । इन्जिनियर
मार्फत वा अन्य माध्यमबाट तपाईँले नगरपालिका वा गाउँपालिकामा गएर नक्सा पास गराउनु
पनि हुन्छ । नक्सा पासको लागि सबै प्रकृया पुरा गरिसकेपछि तपाईँले निर्माण कार्य
सुरु गर्ने बेला हुन्छ ।
निर्माण कार्य गर्ने
बेलामा चाहिँ तपाईँलाई विभिन्न व्यक्तिले विभिन्न सुझाव दिएका हुन्छन् । जस्तै कसैले
तपाईँलाई विश्वासिलो ठेकेदार भनेर कुनै ठेकेदारलाई चिनाइ दिन्छ र उसलाई ज्याला
दिने गरी ठेक्का सम्झौता गर्नको लागि सुझाव दिन्छ । कसैले तपाईँलाई माल सहित
सम्पूर्ण निर्माण कार्यको ठेक्का लिने ठेकेदारलाई निर्माण गर्न दिनुहोस् भनेर भन्छ
भने कसैले तपाईँलाई कुनै निर्माण कम्पनीलाई दिए सबैभन्दा वेश भनेर बताइदिन्छ ।
तपाईँ यो समयमा के गर्ने भनेर झनै रनभुल्लमा पर्नुहुन्छ ।
हामी तपाईँलाई ज्यालादारी ठेक्का माल सहितको ठेक्का र निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिनेगरी गर्ने ठेक्काको विषयमा विस्तृतमा बताउँदैछौँ र तपाईँलाई रोज्नका लागि सजिलो बनाउँदैछौँ ।
ज्यालादारी ठेक्का
ज्यालादारी ठेक्काका
आफ्नै फाइदा वा बेफाइदाहरु छन् । ज्यालादारी ठेक्कालाई सोझो तरिकाले बुझ्दा चाहिँ
ठेकेदार आफैँ नै मिस्त्री बन्ने र केही डकर्मीहरुलाई काममा लगाउने र घर निर्माण
कार्य पूरा गर्ने भन्ने बुझिन्छ । ज्यालादारी ठेक्का जहिले पनि व्यक्तिको स्वभावमा
मात्र भर पर्छ । यदि व्यक्ति ज्यादै नै इमानदार छ भने ज्यालादारी ठेक्काबाट
घरधनीलाई सजिलो हुन्छ । निर्माण कार्य पनि छिटो छरितो हुन गइ सबैभन्दा फाइदा हुन्छ
। तर यो प्रकारको ठेक्का व्यावहारिक रुपमा ज्यादै कठिन छ । कारण के हो भने
ज्यालादारी ठेक्का लिँदा ठेकेदारलाई धेरै फाइदा नहुने हुँदा आजभोली कोही पनि गतिलो
ठेकेदार ज्यालादारीमा काम गर्न चाहँदैन । एउटा ठेकेदारले ज्यालादारी ठेक्का लिएर
घर बनाउँदा उसले एक भन्दा बढी साइटमा काम गर्न पनि गाह्रो हुन्छ । गरिहाल्यो भने
पनि उसको साइट विभिन्न ठाउँमा भएको हुनाले उसलाई धेरै खर्च हुन्छ र कामदारको
ज्याला कटाएर धेरै पैसा बचाउन सक्दैन । यस्तोमा कहिलेकाही उसलाई परिवार नै पाल्न
पनि गाह्रो हुन्छ र उ कालान्तरमा विदेशिन बाध्य हुन्छ । ज्यालादारी ठेक्काको अर्को
बेफाइदा भनेको चाहिँ ठेकेदारले समयमा काम सिध्याउनको लागि ध्यान दिँदैन किनभने
उसको खर्च कामदारले काम गरेको दिनको आधारमा हुन्छ र काम लम्बिए पनि उसलाई कुनै
घाटा हुँदैन ।
इमानदार व्यक्तिको
अभाव हुने ज्यालादारी ठेक्का लिनै नचाहने र समयमै सम्पन्न हुन गाह्रो हुने
ज्यालादारी ठेक्काका बेफाइदा हुन् भने इमानदार ठेकेदार पाएमा तपाईँको खर्च पनि बचत
हुने र समयमै काम सिद्धिने यो प्रकारको ठेक्काको फाइदाहरु हुन् ।
माल सहित ठेकेदारले लिने ठेक्का
आजभोलि काठमाडौँ
चितवन पोखरा लगायत सहरी क्षेत्रमा यो प्रकारको ठेक्का धेरै प्रचलनमा रहेको छ । साथीभाईले
भनेको आधारमा साथीभाईसँग झगडा नगरिकन राम्रो सामान प्रयोग गरेर घर बनाइदिएको
ठेकेदार खोज्ने अनि त्यही ठेकेदारसँग समझदारी गरेर घर निर्माण गराउने यस ठेक्काको
विशेषता हो ।
यो प्रकारको
ठेक्कामा पनि केही फाइदा र केही बेफाइदाहरु छन् । यो प्रकारको ठेक्कामा ठेकेदार नै
तपाईँको सामान सप्लायरऽ ठेकेदार नै तपाईँको प्राविधिक बन्न पुग्छ । यो ठेक्काको
फाइदाको विषयमा कुरा गर्दा तपाईँले घर बनाउन आइपर्ने सामान चिन्ने र किन्ने
झण्झटबाट मुक्ति पाउनुहुन्छ । तपाईँले अग्रिमेन्ट गरेको पैसा बुझाएपछि तपाईँले
घरको साँचो प्राप्त गर्नुहुन्छ । तर यी फाइदाहरु ठेकेदार नै कत्तिको इमानदार छ
भन्ने विषयले फरक पर्छ । ठेकेदार इमानदार भए मात्र तपाईँको घर निर्माण किफायती
हुन्छ
तर ठेकेदार इमानदारी
नभएको स्थितिमा सम्झौता कागजको अभावमा तपाईँसँग बिग्रे भत्केको दाबी गर्ने कुनै आधार
बाँकी रहँदैन । त्यसैगरी माल सहित ठेक्का दिँदा माल सामानमा कमिसन खाएर तपाईँलाई
घरको लागत बृद्धि हुन जान्छ । अर्को समस्या भनेको ठेकेदारले तपाईँको जस्तो अन्य
विभिन्न घर लिएको हुन्छ । उ सँग यति नै सङ्ख्यामा घर निर्माणको ठेक्का लिन्छु
भन्ने कुनै योजना हुँदैन र उसले धेरै घरको ठेक्का लिएको खण्डमा उसलाई कामदारको
अभाव हुन जान्छ । ठेकेदार एउटा व्यक्ति भएको कारणले उसँग काम गर्ने सिष्टम हुँदैन
जसको कारण उसलाई कामदार व्यवस्थापन गर्न गाह्रो पनि परिरहेको हुन्छ । यो कारणले
गर्दा तपाईँको साइटमा ठेकेदारले एक दुई जना कामदार खटाएर काम गराउँछ र काम ढिलो
सम्पन्न गरिदिन्छ । ढिलो काम सम्पर्क गर्दा तपाईँको निर्माण लागतमा बढोत्तरी हुन
जान्छ ।
ठेकेदारसँग काम गरेको अर्को बेफाइदा भनेको उसले बनाउने बिल हो । बिल बनाउन विभिन्न तरिकाहरु हुन्छन् र यी तरिकाबाट बिल बनाउँदा थोरै वा धेरै बिलमा फरक पर्छ । ठेकेदारले बिल बनाउँदा उसलाई कुन तरिकाबाट फाइदा हुन्छ त्यही तरिकामा बिल बनाउँछ र आफूले बनाएको बिल अनुसार पेमेन्ट गराउन बाध्य पार्न पनि सक्छ ।
निर्माण कम्पनी
तपाईँको निर्माण
कार्य व्यवस्थित ढङ्गबाट समयमै सम्पन्न गर्ने एउटा मात्र विकल्प भनेको निर्माण
कम्पनी हुन सक्छ । निर्माण कम्पनीसँग काम गराउँदा एउटा निश्चित समय र दर रेट सम्झौतामा
तोकिएको हुन्छ । बिल बनाउने तरिका पहिला नै फिक्स गरिएको हुन्छ जसको कारणबाट पछि
कुनै पनि विवाद आउँदैन । अझ स्कीलसेवा जस्तो निर्माण कम्पनीले त साइटमा रेगुलर
रुपमा सुपरभाइजर र इन्जिनियर खटाउँछ जसको कारणले निर्माण चुस्त र नक्साअनुसार नै
हुन्छ र निर्माण सम्पन्न प्राप्त गर्न कुनै कठिनाइ हुँदैन । त्यसैगरी निर्माण
कम्पनीको प्रयोग गर्दा माल सामानको गुणस्तर पहिला नै फिक्स हुने हुँदा गुणस्तर
परीक्षण तथा गुणस्तरिय सेवामा कुनै कमी हुँदैन । साइटमा नै इन्जिनियर रहने हुँदा
नक्सा अनुसार नै निर्माण कार्य सम्पन्न हुन्छ । साइटमा रहेका इन्जिनियरसँग घरधनीले
निर्माण प्रकृया र स्पेसिफिकेशन सम्बन्धि कार्यको विषयमा जानकारी प्राप्त गर्न
पाउने भएकाले घर निर्माण ढुक्कले अघि बढ्छ । साथै आजभोलि निर्माण कम्पनीहरुले
वास्तुको सही ज्ञान राख्ने हुनाले वास्तु अनुसारै डिजाइन हुन्छ र घरधनीलाई
दीर्घकालीन फाइदा पुग्छ ।
निर्माण कम्पनी पनि
नक्सा निर्माण मर्मत घर निर्माण र जीर्णौद्धार गर्ने खालको भएमा सबैभन्दा उत्तम
हुन्छ । हाम्रो कम्पनी स्किल सेवा पनि घर निर्माणको सबै चरणमा सहभागी हुने कम्पनी
रहेको हुनाले हामी लगायत कम्पनीबाट सेवा लिनु नै बुद्धिमानी हुन्छ ।