Blogs/Current Article

घरको भित्तालाई आकर्षक बनाउन पेन्टिङ्ग गर्ने तरिकाहरु

5 min read
how to paint home, ghar painting kasari garne

घरको प्रवेशद्धारमा कस्तो खालको पेन्टिङ्ग गर्ने ? 


घरको प्रवेशद्धार जहिले पनि आकर्षक खालको हुनु पर्दछ । डेकोरेसनमा पनि पेन्टिङ्गको रंगले असर गर्ने गर्दछ । तर एउटा कुरामा के निश्चित हुनु पर्दछ भने घरको प्रवेशद्धार र ढोकाको रङ्ग एकनाशको हुनुपर्दछ । 


एउटै रगंको थीम प्रयोग गरी घरलाई सुन्दर र खुशीयालीपूर्ण बनाउन सकिन्छ । भित्तामा हल्का रंगको प्रयोगले घरको प्रवेशद्धार क्षेत्रमा खुलापना देखिने गर्दछ । यदि तपाई गाढा रङ्गको प्रयोग गर्न चाहनु हुन्छ भने जोडिएको कोठाको रङ्गसँग मिल्ने खालको प्रयोग गर्नुपर्ने हुन्छ । 


आफनो गेस्टहरुलाई खुसी बनाउनको लागि सुनौलो रङ्ग पनि प्रयोग गर्न सक्नु हुनेछ । यसको लागि रातो, निलो, र इमराल्ड कलर प्रयोग गर्न सक्नु हुन्छ ।  

सुखदायक जीवनको लागि सेतो, डेलिकेट गे्र, खैरो, गुलाबी जस्ता रंगको प्रयोग गर्न सकिन्छ । 




सिलिङ्गमा कस्तो खालको रंग प्रयोग गर्ने ? 


भित्ताको रंगसँग सिलिङको रंग पनि मिल्नु पर्ने हुन्छ । सिलिङको लागि सेतो र क्रिम खालको पेन्टिङ्ग उपयुक्त हुने गर्दछ । झन सुन्दरताको लागि पंहेलो वा टेक्सचर पेन्टको पनि प्रयोग गर्न सकिन्छ । चम्किलोपनाको लागि मेटलिक वा गोल्डेन रंग प्रयोग गर्न सक्दछौ । 




घरको भित्तालाई पेन्टिङ्ग गर्ने तरिकाहरु 


यदि तपाई साधारण कलरको भित्ता देखेर दिक्काउनु भएको छ भनेपछि तपाई क्रिएटिभ तरिकाले पेन्टिङ्ग गरेर झन आकर्षक बनाउनु सक्नुहुन्छ । तपाईको घरको भित्तालाई आकर्षक, फरक देखाउनको लागि यहाँ हामीले केही तरिका दिएका छौ । 


हनिकम्ब प्याट्रन


यहाँ हामी हेक्सागन प्याट्रनमा भित्तामा ओजस्व डिजाइन बनाउगने गर्दछौ । तपाई पनि यस्तो डिजाइन प्रयोग गरेर कोठाको सजावट, बच्चाको बेडरुममा आकर्षक ढङ्गले सजाउन सक्नु हुन्छ । हामी हनिकम्ब प्याट्रन डाइनिङरुमा टोन डाउन शेडस्को प्रयोग गर्न सक्दछौ । 



तपाई पनि नयाँ घर बनाउदै हुनुहन्छ वा पेन्टिङ्ग सम्बन्घि काम गर्दै हुनुहुन्छ भने निशुल्क परामर्शको हामीलाई 9801886644सम्पर्क गर्नुहोला ।

गिङ्गम स्टाइल


गिङ्गम स्टाइल कोठालाई आकर्षक र शान्त भावको बनाउदछ । यसले हाम्रो नजरलाई पोजिटिभ भाइभ्स दिने गर्दछ । गिङ्गम वाल फिचर बनाउदाखेरि प्रयोग गरिने रङ्ग र कोठाको बिशेष ध्यान दिनुपर्ने हुन्छ । कोठाहरु सिधा र निश्चित आकारको हुनु पर्दछ । 




अरेन्ज पील वाल पेन्टिङ्ग


सुन्तला रङ्ग बाहेक तपाई अरुरंगसँग पनि सेतो रगं जोडेर पेन्टिङ्ग गर्न सकिन्छ । यो एकदमै आकर्षक देखिनुका साथै चमकदार पनि हुने गर्दछ । यो रङ्ग आरामदायक पनि हुने गर्दछ । 



चमकदार पट्टि


हामी वालमा ठाडो र तेर्सो गरी चमकदार पट्टिको प्रयोग गर्न सक्दछौ । जसले काठा आकर्षक देखिनुको साथै ठुलो साइजको पनि देखिने गर्दछ । तपाई आवश्यकता अनुसार भित्ताको नापजाँच गरेर दिवालहरुमा चमकदार पट्टिको प्रयोग गर्न सक्नु हुनेछ । 


तपाई पनि नयाँ घर बनाउदै हुनुहन्छ वा पेन्टिङ्ग सम्बन्घि काम गर्दै हुनुहुन्छ भने निशुल्क परामर्शको हामीलाई 9801886644सम्पर्क गर्नुहोला ।

वाल टेक्सचर पेन्टिङ्ग


तपाई पेन्टको सट्टा टेक्सचर पेन्ट थोरै मात्रामा भित्तजमा प्रयोग गर्न सक्नु हुनेछ । यसले वालहरुमा जीवन्त लुक दिने गर्दछ । जो वाल पेपर र अन्य अरु प्रकारको पेन्टिङ्ग भन्दा बेहत्तर देखिने गर्दछ । यस्तो खालको पेन्टिङ्गमा भित्ताको साइज र वनावटले पनि महत्वपुर्ण भुमिका खेल्ने गर्दछ । तपाई बेडरुमको पछाडि फोकल भित्तामा यस्तो खालको पेन्टिङ्ग गर्न सक्नु हुनेछ । 


वाल टेक्सचर पेन्टका प्रकार 

तपाई पनि नयाँ घर बनाउदै हुनुहन्छ वा पेन्टिङ्ग सम्बन्घि काम गर्दै हुनुहुन्छ भने निशुल्क परामर्शको हामीलाई 9801886644सम्पर्क गर्नुहोला ।

इन्डियन वाल टेक्सचर 


भारतका विभिन्न राज्यहरुमा हस्तकलाको माध्यमद्धारा पुरातन तरिकाद्धारा यस्तो खालको पेन्टिङ्ग गर्ने गरिन्छ । नेपालमा पनि विभिन्न ठाउमा आफनो धार्मिक एंव साँस्कृतिक उत्सवहरुमा यस्तो खालको पेन्टिङ्ग भित्तामा गरेको देख्न सकिन्छ । 



मोजेक टेक्सचर 


मोज्याक टेक्सचर भित्तामा टायल जस्तो लुक दिने गर्दछ । कम्बिङ्ग टेक्सचरको प्रयोगको आधारमा यस्तो खालको पेन्टिङ्ग गर्न सकिन्छ । यसमा तपाई आफुले चाहे अनुसार भित्तामा आफुले चाहे जस्तो इफेक्टमा पेन्टिङ्ग गर्न सक्नु हुनेछ ।

 



 

तपाई पनि नयाँ घर बनाउदै हुनुहन्छ वा पेन्टिङ्ग सम्बन्घि काम गर्दै हुनुहुन्छ भने निशुल्क परामर्शको हामीलाई 9801886644सम्पर्क गर्नुहोला ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)