Blogs/Current Article

भवन निर्माण अनुमति प्रक्रियामा – के–के राख्ने ? Ghar Nirman Anumati Prakriya

5 min read
ghar nirman prakriya check list
निर्माण कार्यलाई चुस्त र दुरुस्त बनाउनको लागि चेकलिष्टको आवश्यकता पर्ने गर्दछ । यहाँ हामीले घर निर्माण प्रक्रियाको क्रममा हुनुपर्ने चेकलिष्टको नमुना राखेका छौ । यसरी तपाई पनि आफनो घर निर्माणलाई शीघ्र र सुरक्षित बनाउन सक्नु हुनेछ । 


क्र.सं.

विवरण

जाँचसुची 

नक्सा बनाउने प्रक्रियामा 

छैन 

१.

कित्ता नापी नक्सा अनुसार घडेरीको अमिन वा प्राविधिकबाट लम्बाई, चौडाई, चारकिल्ला, भिरालोपन, घडेरीसँगैकाे बाटोको नापको जाँच गराउनु भयो ? 



२.

खानेपानी, ढलनिकास, बत्ती, टेलिफोन आदिको कस्तो व्यवस्था छ भन्ने बारे जानकारी लिनु भयो ? 



३.

नक्सा बनाउने कार्यमा प्राविधिकको जिम्मेवारीमा प्राविधिक संग सम्झौता गर्नुभएको छ ? 



४.

तपाईको प्राविधिकसँग सो नगरपालिका, गाउँपालिकाको भवन मापदण्ड बारे छलफल गर्नुभयो ? 



५.

प्राविधिकसँग घर निर्माण सम्बन्धित आफना सबै आवश्यकता बारे छलफल गर्नुभयो ? 




तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।


क्र.सं.

विवरण

जाँचसुची 

प्रथम चरणको निर्माण अनुमति लिने प्रकृयामा

छैन 

१.

तपाईको प्राविधिकसँग सो गरपालिका  वा गाउँपालिकाको भवन निर्माण अनुमति प्रक्रियाका बारे छलफल गर्नुभयो ? 



२.

नगरपालिका वा गाउँपालिकामा गई नक्सापास फारम किन्नुभयो ?



३.

नक्सापास फारमको नक्सापास फ्लोचार्ट र वडापत्र पढ्नुभयो ? 



४.

प्रथम चरण निर्माण (प्लिन्थ लेभल निर्माणका) लागि नगरपालिका वा गाउँपालिकामा निवेदन दिनुभयो ?



५.

निवेदन संग आवश्यक कागजात, भरिएको फारम, नक्सा आदि पेश गर्नुभयो ?



६.

संधियारको नाममा १५ दिने सूचना प्रकाशित भयो ?




तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।


क्र.सं.

विवरण

जाँचसुची 

प्लिन्थ लेभल सम्मको निर्माण प्रकृयामा 

छैन 

१.

प्रथम चरणको अनुमति पश्चात मात्रै निर्माण कार्यको थालनी गर्नुभएको छ ? 



२.

निर्माण कार्यमा सुपरीवेक्षक प्राविधिकको जिम्मेवारीमा सुपरीवेक्षक प्राविधिकसंग सम्झौता गर्नुभएको छ 



३.

निर्माण कार्यमा ठेकेदारको जिम्मेवारीमा ठेकेदार संग सम्झौता गर्नुभएको छ ? 



४.

निर्माण सामग्री आपूर्तीकर्ताहरुसँग निर्माण सामग्रीको उपलब्धता, सामग्रीको मूल्य, ढुवानी तथा भुक्तानी प्रक्रियाका पक्षहरुमा छलफल गर्नुभयो ? 



५.

यस पुस्तिकाको निर्माण सामग्री गुणस्तर सम्बन्धी विषय पढनु भयो ? 



६.

निर्माण सामग्रीहरुको भण्डारण गर्ने योजना प्राविधिक वा ठेकेदारसँग सल्लाह गर्नुभएको छ ? 



७.

नक्सा बनाउने प्राविधिकबाट आफ्नो निर्माणकर्मीको प्रत्यक्ष उपस्थितिममा घरको नक्सा जमिनमा उतार्ने काम (ले–आउट) गराउनु भयो ?



८.

प्लिन्थ लेभल सम्मको निर्माणका महत्वपूर्ण चरणहरु 

१ जग र पिलरको ले–आउट, 

२ जग पिलर बिमको डण्डी बनाउने र बाँध्ने,  

३ जग पिलर बिमको ढलान हुन  



९.

निर्माणको क्रममा घरको स्वीकृत नक्सा निर्माणस्थलमा राख्नुभएको छ ? 



१०.

प्लिन्थ लेभलसम्मको निर्माण सकिएपछि सुपरीवेक्षक प्राविधिकद्वारा प्राविधिक प्रतिवेदन बनाउनु भयो ? 




तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।


क्र.सं.

विवरण

जाँचसुची 

सुपरस्ट्रक्चर निर्माण अनुमति लिने प्रकृयामा 

छैन 

१.

नगरपालिका वा गाउँपालिकामा प्राविधिक प्रतिवेदन सँगै घरको प्रथम चरणको स्थलगत निरीक्षणको निवेदन र दोस्रो चरण (सुपर स्ट्रक्चर) को निर्माण ईजाजतको लागि आवेदन पेश गर्नु भयो ? 



२.

नगरपालिका वा गाउँपालिकाको सम्बन्धित शाखाबाट प्राविधिकद्वारा प्रथम चरणको स्थलगत निरीक्षण भयो ?



३.

प्लिन्थ लेभलसम्मको निर्माणको नगरपालिका वा गाउँपालिकाको प्राविधिकद्वारा प्राविधिक प्रतिवेदन बनाउनु भयो ? 

दोस्रो चरण निर्माणको अनुमति पाउनुभयो ?





तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।



क्र.सं.

विवरण

जाँचसुची 

ठेकेदार/ निर्माण व्यवसायी भूमिका र जिम्मेवारीमा 

छैन 

१.

तपाईँले छान्नुभएको ठेकेदार /  निर्माणव्यवसायीको निर्माण सम्पन्न भइसकेको साइट गएर बुझ्ने, उहाँको कामको अवलोकन गरी पहिलेको घरधनीसँग उहाँको कामको बारेमा बुझ्नुभयो ? 



२.

निर्माणव्यवसायीको निर्माणाधीन घरहरु र कामदारको संख्याको बारेमा बुझी उहाँको समय उपलब्धता बारे जानकारी लिनुभयो ?



३.

निर्माणव्यवसायी र उहाँको कामदारहरु भूकम्प प्रतिरोधी घर निर्माण तालिम प्राप्त छन् कि छैनन् ? 



४.

तपाईले छान्नुभएको निर्माणव्यवसायी नगरपालिका / गाउँपालिकामा दर्ता भएको हुनुहुन्छ ? 



५.

घर निर्माणमा निर्माणव्यवसायीको जिम्मेवारी बारे छलफल गर्नुभयो ?



६.

निर्माणसँग सम्बन्धित अन्य व्यक्तिहरु (प्लम्बर, इलेक्ट्रिसियन आदि ) सँगको कार्य÷समय ठेकेदारसँग सल्लाह गरेर योजना बनाउनुभयो ? 




तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)