Blogs/Current Article

नयाँ घर बनाउनमा कानुनले पनि रोक्न सक्छ तपाईलाई – के छ त अनुमति प्रक्रिया ?

5 min read
ghar nirman anumati prakriya

घर बन्न नपाउदै भत्काउन नपरोस – के छ त अनुमति प्रक्रिया ?

काठमाडौ महानगरपलिका लगायत देशका अन्य नगरपालिकाले अवैध घर एवं अन्य भौतिक संरचना भत्काएपछि तपाईलाई पनि लाग्यो होला वैध संरचना भनेको के हो र अवैध संरचना भनेको के हो ?

यो स्वभाविक पनि हो । घर निर्माण कार्यसँग जोडिएको अर्को महत्वपुर्ण पक्ष हो सुरक्षा । हो यही सुरक्षालाई ख्याल गरेर हामीले भवन निर्माणको अनुमति लिनु पर्ने हुन्छ । 


यहाँ हामी भवन निर्माण अनुमति पक्रिया, नक्सा डिजाइन, प्लिन्थ लेभलसम्मको निर्माण अनुमति, प्लिन्थ लेभल माथिको निमार्ण अनुमति, निर्माण सम्पन्न प्रमाणपत्रसम्मको प्रक्रिया चरणबद्ध रुपमा दिइएको छ । 

क.भवन निर्माण अनुमति प्रक्रिया 


प्राकृतिक विपद्बाट घरलाई सुरक्षित राख्न, सहरी क्षेत्रको प्रदूषणलाई नियन्त्रण गर्न, हरियाली बढाउन तथा खुला क्षेत्रलाई संरक्षण गर्न, नागरिकको स्वास्थ्य सुरक्षित राख्न नगरपालिका÷गाउँपालिकाहरुमा भवन मापदण्ड तथा भवन निर्माण संहिता लागू  गरिन्छ । 


यस प्रक्रियामा घरधनीले भवन निर्माणको लागि नगरपालिका/ गाउँपालिकाबाट औपचारिक रुपमा भवन मापदण्ड र संहिता पालना गरी अनुमति लिनुपर्छ । भवन निर्माण अनुमति प्रक्रिया नयाँ निर्माण, तला थप, जग्गामा पर्खाल निर्माण गर्न गरिन्छ । यो प्रक्रिया गाउपालिका/नगरपालिका अनुसार फरक हुनुका साथै दस्तुर पनि फरक हुने गर्दछ । 


भवन निर्माण अनुमति प्रक्रियाको चरणहरु यस प्रकार छन । 


  • निवेदन तथा दरखास्त फाराम बुझाउने,

  • नक्सा जाँच तथा निवेदन दर्ता र दस्तुर बुझाउने,

  • नगरपालिकाबाट १५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने,

  • सर्जमिन मुचुल्का उठाउने,

  • प्लिन्थ लेभल (टाईबिम) सम्मको निर्माणको लागि प्रथम चरणको अनुमति पत्र लिने, 

  • नगरपालिका/गाउँपालिकाबाट भवन निर्माणको निरीक्षण गराउने,

  • प्लिन्थ लेभल (टाईबिम) भन्दा माथि निर्माणको लागि दोस्रो चरणको निर्माण अनुमति पत्र लिने, 

  • निर्माण सम्पन्न प्रमाणपत्रको लागि निवेदन दिने, 

  • नगरपालिका/गाउँपालिकाबाट भवन निर्माणको निरीक्षण गराउने, 

 घर निर्माण सम्बन्धि निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नुहोला ।

ख.नक्सा डिजाइन 

घर बनाउनको लागि घरधनीको जग्गा र आवश्यकतालाई नगरपालिका/गाउँपालिकाको भवन निर्माण संहिता र मापदण्ड अनुसरण गरेर नक्सामा उतार्ने कार्य नक्सा डिजाइनमा पर्दछ । भवन डिजाइन तथा निर्माणमा संलग्न प्राविधिकको मद्दतले घर नक्सा डिजाईन गरिन्छ । सो नक्साको मद्दतले ठेकेदारले भवन निर्माण गर्न सक्दछ । नयाँ घर बनाउन, तला थप्न र भवनमा केही परिवर्तनहरु गर्नुपरेमा नक्सा डिजाइन गर्नुपर्दछ ।  


नक्सा डिजाइनमा ध्यान दिनुपर्ने पक्षहरुः 


  • अमिनबाट आफ्नो जग्गाको लम्बाइ, चौडाइ, चारकिल्ला, भिरालोपन, घडेरीसँगैको बाटोको नापजाँच गराउने । 

  • खानेपानी, ढलनिकास, बत्ती, टेलिफोन आदिको कस्तो व्यवस्था छ भन्ने बारे जानकारी लिने । 

  • नक्सा डिजाइन गर्नु अघि आवश्यकता र आर्थिक क्षमताबारे आफ्नो परिवारसँग छलफल गर्ने ।   

  • भवन निर्माण अनुमति प्रक्रिया र स्थानीय भवन मापदण्डको बारेमा जानकारी भएको प्राविधिकलाईमात्र नक्सा बनाउन दिने ।  

  • घर बनिसकेपछि परिवर्तन गर्न गाह्रो हुने भएकाले नक्सा बनाउँदा चाहिने जति समय दिएर आवश्यक परिवर्तन गर्ने । 

  • घर निर्माणको क्रममा केही परिवर्तन गर्नुपरेमा नगरपालिका/ गाउँपालिकाबाट पुनः स्वीकृति लिनुपर्दछ ।  


प्राविधिकसँग छलफल गर्दा के–के कुरामा ध्यान दिनेः  


  • घाम र हावाको प्रवाहको बारेमा ,

  • इनार, पानी, ट्याङ्की, सेप्टिक ट्याङ्की आदिको स्थानको बारेमा ,

  • भान्छा, पूजाकोठा, सुत्नेकोठाको बारेमा ,

  • अपाङ्गता वा दृष्टिविहीन सदस्य परिवारमा छन् भने उनीहरुको सुविधाको सम्बन्धको बारेमा ,

  • बालबालिका, बृद्धबृद्धा र अतिथिहरुको सुविधाको बारेमा, 

ग. प्रथम चरण (प्लिन्थ लेभलसम्म) निर्माणको अनुमति 

३५ दिनसम्म लाग्ने यो चरणमा हामी दरखास्त फारम र आवश्यक कागजातहरु पेश, नक्सा जाँच, सर्जमीन र टाईबिमसम्मको निर्माण अनुमति लिने काम गर्दछौ । 


घ. दरखास्त फाराम पेश गर्ने 

नगरपालिका÷गाँउपालिकाबाट उपलब्ध हुने दरखास्त फारम भरेर नक्सा दर्ता गराउनु पर्ने हुन्छ । तपाईले निम्न बमोजिमका कागजात समेत पेश गर्नुपर्ने हुन्छ :


  • जग्गा धनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपि,  

  • चालु आर्थिक वर्ष सम्मको मालपोत तिरेको रसिदको प्रतिलिपि,  

  • साविकको घर भएको जग्गामा नयाँ घर बनाउन वा तला थप गर्न नक्सा पेश गर्ने भए सम्पत्ति कर समेत तिरेको रसिदको प्रतिलिपी,  

  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, 

  • कित्ता नम्बर स्पष्ट भएको नापीको प्रमाणित नक्सा,  

  • प्रस्तावित घरको नक्सा (डिजाइनर र घरधनीको हस्ताक्षर सहित) ३ प्रति,

  • डिजाईनरको इजाजतपत्रको नवीकरण सहितको फोटोकपी (सरोकारवालावाट प्रमाणित),  

  • घर निर्माण स्थलमा पुग्ने बाटो प्रष्ट नभएमा बाटो प्रमाणित हुने गरी वडा कार्यालयको सिफारिस,

  • गुठीको जग्गा भए गुठीको स्वीकृती पत्र र नक्शावाला मोही भएमा जग्गाधनीको र जग्गाधनीले भवन निर्माण गर्ने भएमा मोहीको मन्जुरी   

  • घरधनी आफू उपस्थित हुन नसक्ने भएमा एकाघरको व्यक्ति वा कानून बमोजिमको अधिकारप्राप्त व्यक्तिको प्रमाणित नागरिकताको प्रतिलिपि १ प्रति, 


    घर निर्माण सम्बन्धि निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नुहोला ।


यसरी दर्ता भएको नक्सा र आवश्यक कागजातहरु नगरपालिकाका प्राविधिकबाट भवन मापदण्ड र भवन निर्माण संहिताको आधारमा जाँच गरिन्छ; यदि ठिक छ भने नगरपालिका/ गाउँपालिका अनुसार दस्तुर बुझाउने कार्य गर्नुपर्छ ।  

ङ.सर्जमिन गराउने 

यो प्रक्रिया अन्तर्गत निम्न लिखित कार्यहरु गर्नुपर्दछ


  • नक्सा र आवश्यक कागजात सहित नगरपालिका/गाँउपालिकामा आवेदन दर्ता गरिसकेपछि 

  • संधियारको नाममा नगरपालिका/गाँउपालिकाबाट १५ दिने सूचना जारी हुन्छ ।  

  • नगरपालिका/गाँउपालिकामा आवेदन दर्ता भएको मितिले १५ दिन पछि घरधनीले नगरपालिका /गाँउपालिकाको भवननक्सा पास उपशाखामा सम्पर्क राखी सर्जमिनको समय मिलाउनु पर्छ । 

  • उक्त समयमा नगरपालिका/गाँउपालिकाका कर्मचारी स्थलगत सर्जमिनमा आउँदा आफ्ना सवै संधियार र सोही वडाको नागरिकता भएका न्यूनतम ७ जना रोहवरमा बस्ने मानिसहरु बोलाई राख्नुपर्दछ ।  

  • सबै संधियारले सर्जमिनमा सही गरिदिए तथा नक्सामा पनि सबै ठीक भएमा २/३ दिन भित्र नगरपालिका/गाँउपालिकाबाट प्लिन्थ लेभलसम्मको निर्माण अनुमति पत्र प्रदान गरिन्छ ।  

  • यदि संधियार मध्ये कोही एक जनाले मात्र पनि सर्जमिनमा कुनै पनि कारणले असहमत भई सही नगरेको  खण्डमा नगरपालिका/गाँउपालिकालाई निवेदन लेखी सिफारिस लगे र नगरपालिका/गाँउपालिकाको नापी विभागको अमिन/सर्वेक्षकको स्थलगत नापी प्रतिवेदन पेश गरे पछि मात्र अनुमति प्रदान हुन्छ । 


च. प्लिन्थ लेभलसम्मको निर्माण अनुमति  

सर्जमिन गराउने काम भइसकेपछि प्लिन्थ लेभलसम्मको निर्माण अनुमति पाउन सकिन्छ । यसलाई प्रथम चरणको अनुमति पत्र पनि भनिन्छ ।  

यस चरणमा विशेष विचार पु¥याएर जग खन्ने ठाउँमा चिन्ह लगाउने, जग खन्ने, जग निर्माण, जग बिम निर्माण, पिलर निर्माण तथा प्लिन्थ बिम निर्माण गर्नुपर्दछ । 

छ.प्लिन्थ लेभलभन्दा माथि निर्माणको अनुमति 

अनुमति अनुसार प्लिन्थ लेभल सम्म निर्माण गरिसकेपछि नगरपालिका/गाँउपालिकामा गई घरको जगभन्दा माथिको भाग अर्थात सुपरस्ट्रक्चर निर्माणको लागि दोस्रो चरणको अनुमति लिनुपर्दछ । 

घर निर्माण सम्बन्धि निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नुहोला ।

यस चरणको लागि नगरपालिका/गाँउपालिकामा घरधनीले निवेदन दिनुपर्ने हुन्छ । नगरपालिका/गाँउपालिकाको इन्जिनियरले स्थलगत जाँच गरी अनुमति अनुसार निर्माण भएको छ भन्ने लेखिदिए पछि मात्र नगरपालिका÷गाँउपालिकाबाट सुपरस्ट्रक्चर निर्माण गर्ने स्वीकृति पाईन्छ ।  

ज.निर्माण सम्पन्न प्रमाण पत्र 

निर्माण पूर्ण सम्पन्न भएको विवरणका साथ नगरपालिका/गाँउपालिकामा निवेदन दिएपछि यो प्रक्रिया सुरु हुन्छ । नक्सा अनुसार भवन मापदण्ड र भवन निर्माण संहिता पालन गरी भवन निर्माण गरिएको भनी नगरपालिका/गाँउपालिकाको प्राविधिकले प्रमाणित गरेपछि निर्माण सम्पन्न प्रमाणपत्र दिइन्छ । 


यसरी निर्माण सम्पन्न प्रमाणपत्र लिइसकेपछि थप निर्माणकार्य गर्नुपर्दा पुनः भवन निर्माण अनुमति प्रक्रियामा  जानुपर्छ । कुनै कारणले भवन निर्माण अनुमति प्रक्रियाको म्याद गुज्रेमा पुनः अनुमति लिनुपर्दछ ।   



घर निर्माण सम्बन्धि निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नुहोला ।


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)