जीआई पाइप के हो ? GI pipes in Nepali

जी आई को अर्थ ग्याल्भनाईज्ड आइरन (Galvanized Iron) हो । यो एक खोक्रो सिलिन्डर वा टयुब, जसको प्रयोग तरल, ग्यास वा ठोस पदार्थको प्रवाहको लागि लागि प्रयोग गरिन्छ । जीआई ( GI pipe) पाइप पूर्ण रुपमा ग्याल्भनाईज्ड हुन्छ । पाइप बनाउन प्रयोग गरिएको आइरनको शीटको मोटाईको आधारमा यसलाई ३ ग्रेडमा विभाजन गरिएको छ ।
पाइपको मोटाई जति बढी छ यसको कार्य क्षमता र दिगोपना उति नै बढी हुने गर्दछ । ३ ग्रेडका पाइप निम्नानुसार दिइएको छ । प्रत्येक प्रकारको पाइपको मोटाई अलग अलग हुने गर्दछ । A Grade को पाइप सबै भन्दा पातलो हुने गर्दछ ।
हलुका क्लास A: चिन्न सजिलोको लागि पाइपमा पँहेलो रङ (Yellow Mark) मार्क गरिएको हुन्छ, मध्यम क्लास B: चिन्न सजिलोको लागि पाइपमा नीलोे रङ(Blue Mark) मार्क गरिएको हुन्छ, भारी क्लास C: चिन्न सजिलोको लागि पाइपमा रातोे रङ (Red Mark) मार्क गरिएको हुन्छ, |
पाइपको व्यास नोमिनल बोरको माध्यमबाट निर्दिष्ट गर्ने गरिन्छ । बजारमा िमल्ने जीआई पाइप ६ मिटरसम्म लम्बाईको हुने गर्दछ । यसमा एक सकेट समावेश गरिएको हुन्छ । यसको दुईवटै मुखहरुमा थ्रेडु हुने गर्दछन । एकापट्टि सकेट हुन्छ भने अर्को पट्टि थ्रेडसको सुरक्षाको लागि पीभिसी बुशको प्रयोग गरिएको हुन्छ । पानी वितरणको लागि प्रयोग गरिने पाइप व्यास ५० देखि १५० mm. व्यासको हुने गर्दछ । घरहरुमा कनेक्शनको लागि १५ से ३२ mm. व्यासको प्रयोग गरिन्छ ।
जी आई पाइपका सामान्य उपयोगिता- Use of GI pipes
पानीको पाइप
बिजुलीको खम्बा,
Structural परियोजना,
सवारी साधनहरुमा,
तेल र ग्यास सम्बन्धि संरचना,
जीआई पाइपका फाइदाहरु-Advantages of GI pipes
Galvanized स्टिल एक स्टिल हो । यसमा बिशेष प्रकारको प्रोटेक्टिभ कोटिङ्ग गरिएको हुन्छ । जी आई पाइपका केही फाइदाहरु निम्न प्रकार हरेका छन ।
कम लागत लाग्ने – अरु स्टिल वा आइरनको तुलनामा यो सस्तो हुने गर्दछ ।
टिकाउ हुने – जीआई पाइपको जीवनकाल दिगो हुने गर्दछ ।
कठोरता र मजबुती – जीआई पाइप मजबुत र कठोर हुने गर्दछ ।
सुरक्षित – जीआई पाइप अरु पाइपको तुलनामा बलियो हुने भएकाले सुरक्षा प्रदान गर्ने गर्दछ ।
उच्च प्रेसर झेल्न सक्ने – जीआई पाइपले उच्च प्रेसर झेल्न सक्छ । तातो पानी आपुर्तिको लागि प्रयोग गर्न समिन्छ ।
फिटिङ्ग – यो फिटिङ्ग हुनुका साथै बेन्ड (Bend), एल्बो, युनियन आदि संरचनामा उपलब्ध हुने गर्दछ ।
जी आई पाइपका बेफाइदाहरु- Disadvantages of GI pipes
खिया लाग्ने (Rusting) – खराब वातावरणमा पाइपमा खिया लाग्ने गर्दछ ।
अनस्टेबल जोइन्टस (Unstable joints) – अनस्टेबल जोइन्टस हुने भएकाले लिकेजको सम्भावना हुने गर्दछ ।
जल प्रदुषण (Water pollution) – यदि जीआई पाइपमा खिया लागेका छ भने यससबाट जल प्रदुषण हुन्छ । जसबाट लिड उत्सर्जन हुने गर्दछ जो स्वास्थ्यको लागि हानीकारक हुने गर्दछ । नेपालमा जीआई पाइपलाई प्रतिबन्धित ( GI pipes is banned in Nepal ) गरिएको छ ।