Blogs/Current Article

कस्तो ठाउमा घर बनाउनु उपयुक्त हुने गर्दछ ?

5 min read
ghar

घर भनेको हामी बस्ने ठाउँ हो । घर मान्छेले मात्र नभई ,हरेक प्राणीले बनाउने गर्दछ , चाहे त्यो पशु–पंक्षी किन नहोस । एउटा सुरक्षित  घरले मात्र परिवारलाई सुरक्षा प्रदान गर्दछ । बढ्दो परिवारको संख्या, आरामको खोजी, सुविधा आदि घर निर्माण गनु पर्ने कारण हुन् सक्छन । 

एकचोटि तपाईंले घर बनाउने निर्णय गरेपछि, कहा बसाई सर्ने, कत्रो घर बनाउने भन्ने आदि कुरा ध्यान दिनुपर्ने हुन्छ ।   सबैको आवश्यकता र प्राथमिकता अलिकति फरक हुने भएकाले जग्गा किन्न र घर बनाउनको लागि आफनो आवश्यकता अनुसार उत्तम ठाउँ छनोट गर्नु महत्तवपूर्ण छ ।

तपाईंले नयाँ घर निर्माण गर्दा विचार गर्नुपर्ने धेरै कुराहरू छन । सामान्यतया, मुख्य कुरा स्थान हो । तपाईंसँग संसारको सबैभन्दा ठूलो, सबैभन्दा सुन्दर घर हुन सक्छ, तर यदि यो गलत  स्थानमा छ भने, तपाईंले यसको आनन्द लिन सक्नु हुन्न । तल दिएका विषयवस्तुको आधारमा हामी एउटा सुन्दर घर निर्माण गर्न सक्छौ । 


१ .सुरक्षा



घरमा हामीले सुरक्षित र सहज महसुस गर्ने गर्दछौ । कुनै पनि आवासीय क्षेत्रमा मानिस र सम्पत्तिको सुरक्षा महत्वपूर्ण हुन्छ । तसर्थ, घरको सुरक्षालाई हलुका रूपमा लिनु हुँदैन । तपाईंले घर निर्माण कार्य गर्नु अघि, साइट र यसको वरपर उपलब्ध सुरक्षा प्रणालीको जाँच गर्नु महत्वपूर्ण हुने गर्दछ । 


२.सुविधा



सामान्यतया, विद्यालय, कार्यालय, अस्पताल, मनोरञ्जन केन्द्रहरू, किनमेल केन्द्रहरू, पूजा गर्ने ठाउँहरू, साथीहरू र परिवार सबै नजिक हुने ठाउमा घर बनाएर बस्न मन हुन्छ । यसरी सुविधाजनक ठाउमा बस्दा हाम्रो यात्रा समय, इन्धन खर्च,समयको बचत आदि हुने गर्दछ । 

यसबाहेक, हामी यस्तो स्थानहरूमा बस्न चाहन्छौं, जहाँ न्यूनतम ट्राफिकमा सहरका मुख्य सडकहरूबाट सजिलै पुग्न सकोस । तसर्थ, घरको उत्तम स्थान छनौट गर्दा सुविधाहरु हेरेर गर्नुपर्ने हुन्छ । विभिन्न प्रकारका प्रदुषणहरु जस्तै हावा, पानी,माटो,वातावरण आदि  मुक्त भएको तनावमुक्त बस्ने चाहना हुन्छ । घर निर्माण गर्दा सुविधा र सुरक्षा तत्व हुन ्र


३. बजेट–अनुकूल



घर बनमउने कार्य गर्नु अघि समग्र निर्माण कार्यको  लागत बुझ्न आवश्यक छ । उपयुक्त स्थान, प्लटको आकार, डिजाइन, खरिद मार्ग, निर्माण कार्य व्यवस्थापन, साथै निर्माणको प्रकार र गुणस्तर लागतमा लागतले प्रभाव पार्ने गर्दछ ।

४.किफायतीपना 


तपाईले कर र उपयोगिता सेवाहरू जस्तै बिजुली, फोहोर  र पानीको लागि तिर्नुहुने रकम एक शहरबाट अर्को शहरमा यसको दर फरक हुन्छ । त्यसैले आफुले तिर्न सक्ने वा खर्च व्यस्थापन गर्न सक्ने ठाउमा मात्र घर बनाउन पर्ने हुन्छ । 

५. छिमेक र वरपरको क्षेत्र


असल छिमेकीहरूले जीवनको गुणस्तरमा ठूलो फरक पार्छन । तपाईंले रोज्नु भएको क्षेत्रले तपाई त्यो घरमा कति खुसी हुनुहुन्छ भन्ने कुरामा महत्तवपूर्ण प्रभाव पार्न सक्छ । यदि तपाई नकारात्मक विचार भएका,ईष्र्यालु, स्वार्थ भाव हावी भएको क्षेत्रमा बस्नु भयो भने, तपाइँ त्यहाँ आफूलाई दुखी पाउनु हुनेछ । यदि तपाइँका छिमेकीहरू तपाईसँग विचार नमिल्ने खालका छन यस्तो ठाउमा बस्न तपाईलाई  असहज लाग्न सक्छ । 


६. सम्पत्तिको मूल्यदर

यदि तपाइँ नयाँ घर निर्माण गर्न जाँदै हुनुहुन्छ भने, सम्पत्ति मूल्य एक महत्तवपूर्ण तत्व हो । जसको बारेमा तपाईको विचार स्पष्ट हुन आवश्यक छ । आफुसँग भएको बजेट अनुसार घर जग्गा किन्नु पर्ने हुन्छ ।


७. शिक्षा


शिक्षा भविष्यको आधार हो । बालबालिकालाई सफल भविष्यको लागि गुणस्तरीय शिक्षा आवश्यक छ । त्यसकारण उत्कृष्ट विद्यालय, कलेज र विश्वविद्यालयको नजिक रहेको स्थान छान्न सक्दछौ ।घर बनाउने स्थान निर्धारण गर्दा विचार गर्नुपर्ने विषयवस्तु  धेरै छन् । बिशेष गरी शिक्षा, स्वास्थ्य, सुरक्षा, सुविधा, बजेट, असल छर छिमेक आदि जस्ता कुरामा  विचार गर्नुपर्ने हुन्छ ।  


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)