Blogs/Current Article

काठमाडौं महानगरपालिका भित्र घर बनाउदै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनु होला

5 min read
Ghar banauda dhyan din parne kuraharu

काठमाडौं महानगरपालिका भित्र घर बनाउदै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनु होला 


काठमाडौं महानगरपालिका क्षेत्र भित्रको वढ्दो सहरीकरण तथा जन–घनत्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले भवन निर्माण मापदण्ड २०७५, २०७५/०३/२७ जारी गरेको थियो ।


आफ्नो क्षेत्रमा रहेका भवनहरुको वर्गीकरण गरी भूकम्प वा विपद्को दृष्टिले जोखिमयूक्त भवनहरुलाई प्रवलीकरण गर्ने, प्रवलीकरण गर्न नसकिने भवनहरुको पहिचान गरी भत्काउन आदेश दिने व्यवस्था मापदण्डमा रहेको छ ।


प्रचलित कानूनले तोकेवमोजिम ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय वा पुरातात्विक दृष्टिले महत्वपूर्ण देखिएका क्षेत्रहरुमा बन्ने भवनको उचाई, सेटब्याक, छानो, अग्र भाग, निर्माण सामाग्रीको किसिम आदि बिषय भवन निर्माण मापदण्डमा निम्नानुसार  रहेका छन । 


१.बेसमेन्ट सहितको नक्सापास गर्दा पुरानो सहरी क्षेत्रमा जमिन मुनि एकतलाको बेसमेन्ट र अन्यको हकमा दुईतलासम्म बेसमेन्ट निर्माण गर्न सक्नु हुनेछ । दुईतलाको बेसमेन्ट निर्माण गर्दा सेट ब्याकमा ३ मिटर छोडनुपर्ने छ । 


२. आवासीय भवन निर्माणमा गर्दा,


(क)  झ्याल, ढोका, वार्दली आदि राख्नु परेमा कम्तीमा १.५ मी सेटब्याक छाड्नुपर्ने छ । छड्के जग्गाको हकमा यस्तो सेटब्याक औसत रुपमा लिन सकिनेछ । तर औसत रुपमा यस्तो सेटब्याक छोड्दा कम्तीमा १ मी भन्दा कम हुने गरी निर्माण गर्न पाइने छैन । 


(ख) कुनै ठाउँमा १ मिटर भन्दा कम सेटब्याक भएमा १.५ मिटर वा सो भन्दा बढी भएको ठाउँमा मात्र झ्याल राख्न पाइनेछ । 

 

(ग) पुरानो सहरी क्षेत्रमा सबै भन्दा माथिल्लो तल्लाको छानामा मात्र बढीमा ०.६० मिटर सम्मको सनसेड (टप) वाटो वा चोकतिर राख्न सकिने छ तर चोकको कर्नरमा (दुईवटा घरको साँधमा) ४५०  हुने गरी टप राख्नु पर्नेछ । तर १.२ मिटर सम्म चौडाई भएको बाटो तर्पm बढीमा ०.३० मिटर सम्मको सनसेड (टप) राख्न सकिनेछ । 


(घ) पुरानो सहरी क्षेत्रबाहेकका क्षेत्रमा ६ मि वा सो भन्दा वढी चौडाई भएका सडकसँग जोडिएका कित्तामा भवन निर्माण कार्य गर्दा भँुईतल्लामा व्यापारिक प्रयोजनका लागि सटर राख्न  पाइनेछ । भुँईतल्ला भन्दा माथि आवासीय पय्र ोजन भएमा मिश्रित उपयोग रहेको भवन मानिने । उक्त भवनको लागि आवसीय भवनको मापदण्ड लागू हुनेछ । तर सटर तर्फको सेटब्याक कम्तीमा २ मिटर हुनुपर्नेछ । यस्ता प्रकृतिका भवनहरुलाई नक्सा पास दस्तुर लिदा व्यापारिक भवन सरहको दस्तुर तथा शुल्क लिइनेछ । 


(ङ) संस्थाको नाममा निर्माण हुने भवनको क्षेत्रफल ५०० (पाँच सय) वर्ग मिटर भन्दा कम भएमा संस्थाको निर्णय बमोजिम आवासीय प्रयोजनको भवन निर्माण मापदण्ड लागू हुने । उक्त भवन संस्थागत वा आवासीय प्रयोजनमा उपयोग गर्न पाईनेछ । 


तर यो व्यवस्था विद्यालय र अस्पतालको हकमा आवासीय प्रयोजनको लागि मात्र लागू हुने छ । ५०० (पाँच सय) वर्गमिटर भन्दा वढी क्षेत्रफलको भवन बनाउँदा संस्थागत भवनको मापदण्ड लागू हुनेछ । 


(च) पार्किङ्ग प्रयोजनको लागि मात्र उपयोग हुने गरी निर्माण हुने खुल्ला प्रकारको बहुतल्ले पार्किङ भवन निर्माण स्विकृति लिदा नियमानुसार सेटब्याक छोडी बाँकी जग्गाको क्षेत्र ओगटी निर्माण अनुमति दिन सकिने छ । 

  

३. सरकारी तथा अर्ध–सरकारी निकायहरु, स्वास्थ्य संस्था, विद्यालय आदिले आवासीय प्रयोजनका भवनहरु आवासीय प्रयोजनको लागि मात्र भाडामा लिन पाउने छन् ।  

 

.पुरानो सहरी क्षेत्र बाहेकका क्षेत्रमा बन्ने १७ मिटर भन्दा अग्ला सवै किसिमका भवनहरुको हकमा भुईंतल्ला देखिनै न्यनूतम सेटब्याक ५ मिटर हुनपर्दछ । 


.भुँईतल्लामा पार्किङ्ग प्रयोजनको लागि निर्माण इजाजत लिने जग्गाले कम्तीमा ३ मिटरको बाटो छोएको हुनुपर्नेछ । 

    

६.पुरानो सहरी क्षेत्र 


क) संरक्षित स्मारक उपक्षेत्र 

 यस उपक्षेत्रमा व्यक्तिगत पार्किङ्ग, निर्माण सामाग्री एवं मेसिनरी समाग्री जस्ता विभिन्न खाले सामाग्री भण्डारणको लागि एवं भूकम्पीय दृष्टिकोणले समेत भवनको मजवुद जग निर्माणको लागि वरिपरिका घर, स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा एक तह माथिको निर्णय बमोजिम एक तल्ला मात्र वेसमेन्ट वा सेमिवेसमेन्ट वनाउन स्वीकृति दिन सकिनेछ ।

यस उप(क्षेत्रमा अन्य व्यवस्था भवन निर्माण मापदण्ड २०६४ अनुसार हुनेछ । 

ख) संरक्षित उप-क्षेत्र  


यस उपक्षेत्रमा व्यक्तिगत पार्किङ्ग, निर्माण सामाग्री एवं मेसिनरी सामाग्री जस्ता विभिन्न खाले सामाग्री भण्डारणको लागि एवं भूकम्पीय दृष्टिकोणले समेत भवनको मजवुद जग निर्माणको लागि वरिपरिका घर, स्मारक, धाराको मूहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा एकतह माथिको निर्णय बमोजिम एक तल्ला मात्र वेसमेन्ट वा सेमिवेसमेन्ट वनाउन स्वीकृति दिन सकिनेछ । 


यस उप क्षेत्रमा FAR को व्यवस्था नराखी निम्न बमोजिम भवनको अधिकतम तल्ला र उचाई कायम गरिएको छ । 

  • अधिकतम तल्ला संख्या ७ (सात) । 

  • भवनको अधिकतम उचाई ६५ फिट । 

 

ग) मिश्रित पुरानो वसोवास क्षेत्र 

 

यस उपक्षेत्रमा व्यक्तिगत पार्किङ्ग, निर्माण सामाग्री एवं मेसिनरी सामाग्री जस्ता विभिन्न खाले सामाग्री भण्डारणको लागि एवं भूकम्पीय दृष्टिकोणले समेत भवनको मजवुद जग निर्माणको लागि वरिपरिका घर, स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा एकतह माथिको निर्णय बमोजिम एक तल्ला मात्र वेसमेन्ट वा सेमिवेसमेन्ट वनाउन स्वीकृति दिन सकिनेछ । 


यस उप क्षेत्रमा FAR को व्यवस्था नराखी निम्न बमोजिम भवनको अधिकतम तल्ला र उचाई कायम गरिएको छ । 

  • अधिकतम तल्ला संख्या ८ (आठ) । 

  • भवनको अधिकतम उचाई ७५ फिट । 


पुरानो सहरी क्षेत्रभित्र निर्माण कार्य गर्दा सडक÷चोकतर्फ सटे ब्याक नछाडि निर्माण कार्य गरेमा प्लिन्थ लेबलसम्मको उचाई बढीमा एक (१) फिट सम्म गर्न सकिनेछ तर सडक÷चाके तर्फ कुनै किसिमको खुडकिला निर्माण गर्न पाइने छैन ।  


आवासीय क्षेत्र 

 यस क्षत्रे अन्तर्गत देहाय बमोजिम FAR कायम गरिनेछ : 


क्षेत्र

प्रस्तावित 

व्यापारिक उप–क्षेत्र

FAR

– आवासीय÷व्यापारिक (मिश्रित )

4.5

– तारेहोटल 

3.5

– व्यापारिक कम्प्लेक्स 

3.5

– विद्यालय, कलेज, विश्वविद्यालय 

2.5

– सरकारी वा अर्धसरकारी कार्यालय 

2.5

– सिनेमा हल, थिएटर, सभागृह 

2.5

– सरकारी निजी र अस्पताल 

नर्सिङ्गहोम 

3.0

वाक्लो मिश्रित वसोवास उपक्षेत्र  


– आवासीय भवन

4.0

– विद्यालय, कलेज, विश्वविद्यालय 

2.5

– सरकारी, अर्धसरकारी, निजी कार्यालय भवन

2.5

– तारेहोटल 

3.5

– व्यापारिक कम्प्लेक्स 

3.5

– सरकारी निजी अस्पताल नर्सिङ्गहोम 

3.0

अन्य आवासीय उप–क्षेत्र   


-आवासीय भवन 

3.5

– विद्यालय, कलेज, विश्वविद्यालय 

2.5

– सरकारी, अर्ध–सरकारी, निजी कार्यालय भवन 

2.5

– तारेहोटल

3.5

– व्यापारिक कम्प्लेक्स 

3.5

– सरकारी निजी अस्पताल नर्सिङ्गहोम 

3.0


७. यो मापदण्डले तोकेको भन्दा वढी निर्माण कार्य भएको भए सो संरचना काठमाडौं महानगरपालिकाले भत्काउन सक्नेछ । 


. भवनको निर्माण सम्पन्न प्रमाण–पत्रलाई अनिवार्य गरीएको छ । 


. निर्मित भवन, तल्ला थप गर्ने भवन तथा नयां निर्माण गरिने भवन तथा संरचना इत्यादिको नक्सा पास, निर्माण सम्पन्न तथा अभिलेखीकरण कारवाहीको लागि काठमाडौं महानगरपालिका नगर कार्यपालिकावाट कार्यविधि जारी गरी कार्यान्वयन हुन्छ । 


१०. यस मापदण्ड जारी हुन पूर्व बनीसकेको भवन यस मापदण्ड बमोजिम हुने गरी नक्सा पास वा निर्माण सम्पन्न प्रमाण–पत्रको लागि पेश भएमा FAR  बाहेकका अन्य व्यवस्था तत्कालीन मापदण्ड अनुसार हुन्छ । 


(तपाईको घरमा छत, बाथरुम, ग्राउन्ड फलोर, बिम र पनिङ्गमा पानी रसाउने, चुहिने समस्या छ भने आजै हामीलाई सम्पर्क गनुहोस । हामी दक्ष जनशक्तिको माध्यमबाट हाई–टेक डिभाइसको प्रयोग गरी वारेन्टी सहित सेवा प्रदान गर्दछौ ।)


 



Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)