Blogs/Current Article

काठमाडौमा घर बनाउन कति पैसा लाग्छ ?

5 min read
Kathmandu ma ghar banaun kati paisa lagchha
सबैको चाहना हुन्छ एउटा सुन्दर घर त बनाउ तर आफनो आयको कारण कतिको घर बनाउने सपना सपनामै सिमित हुने गर्दछ । जीन्दगी भरको कमाई घरमै खर्च गरेर नानी बाबु कसरी पढाउने भन्ने चिन्ताले पनि सताउछ ।हामीसँग बस्नको विभिन्न खालका विकल्प हुने गर्दछन । तर आफनो घर जति बस्नको लागि उपयुक्त ठाउ कतै पनि हुन सक्दैनन । 


काठमाडौमा घर बनाउन सामान्यतया हामीलाई महगाें लाग्ने गर्दछ । भौगोलिक अवस्थिति, यातायात ढुवानी, अर्थ व्यवस्था, मौद्रिक नीति, कर जस्ता विविध प्राविधिक तथा शैद्धान्तिक बिषयले यसलाई प्रभाव पार्ने गर्दछ । कतिपय अवस्थामा हामीलाई सामानको स्पष्ट चेकलिष्ट नहुदा पनि कठिनायी आइपर्ने गर्दछ । जसको कारण आवश्यकता भन्दा बढी वा कम सामान किनिने र प्रयोग बिहिन हुने अवस्था पनि हुने गर्दछ ।

एउटा साढे दुईतलाको घर बनाउनको लागि कति पैसा लाग्ने गर्दछ भनेर यहाँ हामीले सामान र त्यसको पर्न आउने मुल्यको बारेमा जानकारी दिन खोजेका छौ ।  


तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि  निशुल्क परामर्श चाहिएमा 9801886644 मा सम्पर्क गर्नु होला । 


यहाँ हामी काठमाडौंमा घर बनाउन कति पैसा लाग्छ भनेर जानकारी दिनेछौ ।


  1. गिट्टी ८ टिप्पर जतिको करिब २ लाखसम्म पर्ने गर्दछ । 
  2. बालुवा १३ टिप्परको करिब ३ लाख पर्न आउछ । 
  3. सिमेन्ट ११०० बोराको करिब ८ लाख २५ हजारसम्म पर्ने गर्दछ । 
  4. इट्टा ५० हजार पिसको ७ लाख ५० हजार सम्म पर्न आउछ । 
  5. छडको मुल्यको कुरा गर्दा १२ टनको ९ लाखसम्म पर्ने गर्दछ । 
  6. ज्याला सहित प्लम्बिङ गर्दा ३ लाखसम्म पर्ने गर्दछ । 
  7. काठको चोकौस र ढोकाहरुको कुरा गर्दा आवश्यक सम्पुर्ण ढोका २ लाख ५० हजारसम्म पर्न आउदछ । 
  8. आल्मुनियमका भmयाल ढोकाहरुको १ लाख ७५ हजारसम्म पर्न गर्दछ ।
  9. धारा, चुकुल, ताल्चा आदिको करिब १ लाख ७५ हजारसम्म पर्ने गर्दछ । 
  10. घरमा पेन्टिङ्ग गर्नको लागि कम्तीमा पनि २ लाख ७५ हजारसम्म पर्ने गर्दछ । जसमा हामीले ज्याला पनि समावेश गर्ने गर्दछौ । 
  11. किचन, बाथरुममा मार्बलिङ गर्दा करिब ३ वटा बाथरुम २ वटा किचनको २ लाखसम्म पर्न आउदछ ।
  12. विधुतीय सामग्री ज्याला सहितको सम्पुर्ण वायरिङ्गको १ लाख ७५ हजार पर्ने गर्दछ ।
  13. घरको नक्सा डिजाइनको ५० हजार पर्ने गर्दछ । नगरपालिका खर्च पनि ५० हजार पर्ने गर्दछ । 
  14. इनार निर्माण पनि करिब ३५ हजार खर्च लाग्ने गर्दछ । 
  15. अन्य छिछफुट खर्च २ लाखसम्म लाग्ने गर्दछ ।

 यसरी सामान्यतया काठमाडौ घर निर्माण गर्दा ६४ लाखसम्म खर्च लाग्ने गर्दछ ।    


तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि  निशुल्क परामर्श चाहिएमा 9801886644 मा सम्पर्क गर्नु होला ।      

                                      

सामग्रीको नाम

परिणाम

लागत

गिट्टी

८ टिप्पर

२ लाख

बालुवा

१३ टिप्पर

३ लाख 

सिमेन्ट

११०० बोरा

८ लाख २५ हजारसम्म 

इट्टा

५० हजार पिस

७ लाख ५० हजार

छड

१२ टन

९ लाख

काठको चोकौस र ढोकाहरु

आवश्यक सम्पुर्ण 

२ लाख ७५ हजार

आल्मुनियमका Windows and doors 

आवश्यक सम्पुर्ण 

१ लाख ७५ हजार

धारा, चुकुल, ताल्चा 

आवश्यक सम्पुर्ण

१ लाख ७५ हजार

पेन्टिङ्ग 

आवश्यक सम्पुर्ण

२ लाख ७५ हजार

विधुतीय सामग्री 

आवश्यक सम्पुर्ण ज्याला सहित

१ लाख ७५ हजार

नक्सा डिजाइन


५० हजार 

नगरपालिका खर्च 


५० हजार 

इनार निर्माण 


३५ हजार

जम्मा 


६३ लाख ८५ हजार 


तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि  निशुल्क परामर्श चाहिएमा 9801886644 मा सम्पर्क गर्नु होला । 

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)