Blogs/Current Article

कौसीमा तरकारी खेती कसरी गर्ने ?

5 min read
kaushima tarkari kheti kasari garne
शहर बजार, अस्त व्यस्त गल्ली, महंगीको मार गाह्रो छ नि है शहरमा बस्न ? हो कहिले दाल हुन्छ तरकारी हुदैन, तरकारी हुन्छ तर बिषादी मिसिएको खानै मन नलाग्ने । यदि खाइ हाले पनि बिरामी भइने डर । 


त्यसैले हामी मध्ये कतिपय त तरकारी नै खादैनौ । तर हामी आफुलाई आवश्यक पर्ने तरकारी कौसीमा पनि उतपादन गर्न सक्छौ । यहाँ हामी कौसीमा कसरी तरकारी उब्जाउन सकिन्छ भन्नेबारे चर्चा गर्ने छो । 


कौसीमा तरकारी खेती गर्ने तरिका


  1. कौसिमा पानी नछिर्ने गरी बाक्लो प्रकारको कालो वा अन्य रङको प्लाष्टिक राम्रोसँग विच्छ्याउनुपर्छ ।
  2. त्यसमाथि करिव १ फिटसम्म बाक्लो हुने गरी राम्ररी पाकेको प्राङ्गारिक मल र माटो दुवै मिसाएर फिँजाउनुपर्छ ।
  3. उक्त तरिकाले तयार पारेको प्लटमा तरकारीको बिउ रोप्नुपर्छ अथवा हामी बेर्ना पनि सार्न सक्छौ । 
  4. वर्षायाम वा तुसारो पर्ने मौसम भएमा सेतो खालको प्लास्टिकको छाना बनाई वर्षा वा तुपारोबाट बचाउने व्यवस्था गर्नुपर्छ ।

कौसीमा तरकारी खेती गर्दा के फाइदा हुन्छ त ?


  1. आफ्नै घरको कौसी वा छतमा आफूलाई मन पर्ने ताजा तरकारी उत्पादन गर्न सकिन्छ ।
  2. समयको बचत तथा आर्थिक रुपमा लाभ हुन्छ ।
  3. फुर्सदको समयको सदुपयोग हुन्छ ।
  4. खेर जाने पानी र घरबाट निस्कने कुहिने फोहोरको सदुपयोग गर्न सकिन्छ ।
  5. कीट नाशक र रोगनाशक विषादी प्रयोग नगरेको विषादी रहित तरकारी उत्पादन गर्न सकिन्छ ।
  6. तरकारी बाली लगाउने, उत्पादन गर्ने, बेर्ना तयार गर्ने, उमाने विभिन्न तरिकाको प्रयोगात्मक अभ्यास हुन्छ ।




Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)