Blogs/Current Article

खन्न सुरु भयो सुनकोसी–मरिण डाइभर्सन सुरुङमार्ग मरिण/सिन्धुली

5 min read
others

खन्न सुरु भयो सुनकोसी–मरिण डाइभर्सन सुरुङमार्ग 

मरिण/सिन्धुली

टिबिएम मसिनको जडान सुरु भएपछि सुनकोसी मरिण डाइभर्सनको सुरुङ्ग खन्ने काम सुरु भएको छ । टिबिम भनेको टनेल बोरिङ मेसिन हो, सुनकोसी मरिण डाइभर्सनमा प्रयोग भएको टिबिएमको लम्बाई २५० मिटर रहेको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले टिबिएम मेसिन जडान गरेका हुन । 

सुनकोसी मरिण डाइभर्सनका प्रमुख मित्र बराल रहेका छन । मरिणबाट झण्डै १३ किमी सुरुङ्ग खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक पुगिने छ र यो योजना समापन गर्न दुई बर्ष समयावधि लाग्ने छ । 

सुनकोसी–मरिण डाइभर्सन सुरुङमार्गसगँ सम्बन्धित जानकारी 

सुरुङ्गमार्ग १३ किमी लामो हुनेछ र निर्माण कार्य समापन गर्न चाइना ओभरसिजलाई २ बर्ष समय लाग्ने छ । जसबाट  २८ दशमलब ६२ मेगावाट जलविद्युत उत्पादन गरिने छ र सिँचाइ सुविधा पनि पुग्ने छ । सुरुङ्ग खन्नको लागि टनेल बोरिङ मेसिनको प्रयोग गरिने छ । टनेल बोरिङ मेसिन मार्फत त ५–५ डायमिटरको पानी बग्ने सुरुङ बन्ने छ भने सुरुङ्गको चौडाइ ६–६ डायमिटर खनिने छ । 

१२ मिटर उचाईको बाध बाँधि बाँधेर ६७ क्युविक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङगको माध्यमबाट कमलामाइर्को  कुसुमटारस्थित मरिन खोलामा पानी खसालिन छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटमा समेत सुनकोसी–मरिण डाइभर्सनको काम आगामी वर्षबाट शुभारम्भ गर्नेगरी २ अर्ब ५ करोड रुपैयाँको विनियोजन गरिएको थियो । डिपिआर अनुसार झन्डै ७६ अर्ब रुपैया लागतको उक्त आयोजना समापन हुने अनुमान गएिको छ । सुनकोसीको पानी मरिनमा लिफ्ट गरि जलविद्युत उत्पादनका लागि नेपाली रुपैयाँ करिब ४६ अर्ब १९ करोड लाग्ने अनुमान छ भने बाँकी संरचना निर्माण गर्न ३० अर्ब खर्च हुने देखिन्छ ।

तराईका जिल्लाहरु बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य समेत रहेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई उचित मुआब्जा दिए राष्ट्रिय गौरवको आयोजना बन्नु स्थानीयको लागि ठुलो अवसर बन्न सक्छ । 




Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)