नेपालमै सस्तो र आकर्षक घरका डिजाइनहरु

तपाई पनि घर बनाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कस्तो घर बनाउने ? कत्रो आकारको बनाउने ? कति तलाको घर बनाउने ? ढलानवाला बनाउने कि बक्स डिजाइनको आदि जस्ता विविध प्रकारका सवाल उठने गर्दछन ।
घर बनाउनु सामान्य कुरा होइन । घरसँग परिवारको सुरक्षा पनि जोडिएको हुन्छ । घर निर्माण गर्दा हामीले छनौट गरेको स्थान, उपलब्ध बजेट, निर्माण सामग्री उपलब्धता, प्राविधिक र घर निर्माण योजनाले महत्वपुर्ण भुमिका खेल्दछ ।
अब कुरा आउछ कसतो खालको घर बनाउने भन्ने । प्राय नेपालमा बन्ने घर भनेका आरसीसी र स्टिलबाट बन्ने घर हुन । कतै–कतै आरसिसि र स्टिल दुबैको प्रयोग गरेर पनि घर बनाउने गरेको पाइन्छ । हामी आरसिसि घर त भन्ने गर्दछौ तर के हो त आरसिसि घर ? आरसिसि घर भनेको रेनफोर्सड सिमेन्ट कंक्रिट घर हो । यसलाई ढलान घर पनि भन्ने गरिन्छ ।
लोड बियरिङ्ग र फ्रेम स्ट्रक्चरल गरी संरचनाको आधारमा घरलाई दुई प्रकारको मान्न सकिन्छ । फ्रेम स्ट्रक्चर घरलाई हामी पिलरवाला घर पनि भन्ने गर्दछौ । वातावण मैत्री, मर्मत सम्भार गर्न सजिलो, स्रोत साधनको उपलब्धता, सामग्रीको गुणस्तरको कारणले गर्दा ढलानवाला घर बढी प्रचलनमा रहेको छ ।
यहाँ हामी नेपालमा प्रचलनमा रहेका कम खर्च पर्ने आकर्षक घरको डिजाइनको बारेमा कुरा गर्ने छौ ।
क. स्लोप डिजाइन
ख. बक्स डिजाइन
ग. पुरानो मोडलको घर
घ. एस वाई प्यानल घर
ङ. स्टिल स्ट्रक्चर हाउस
छ. प्रिफयाब हाउस
तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।
क. स्लोप डिजाइन अर्थात् ढलान घर
स्लोप डिजाइन घरहरु देख्नमा निकै सुन्दर देखिने युरोपियन शैलीको घर हो । हामी अत्याधुनिक डिजाइनहरुमा ढलानवाला घर बनाउन सक्दछौ । आकर्षक देखिने मात्र नभई स्पेस म्यानेजमेन्टको हिसाबले पनि ढलानवाला घर बढी रुचाइने गर्दछ । भारी बर्षा हुने, हिमपात हुने ठाउमा यो घर बनाउन बढ उपयुक्त हुने गर्दछ ।
ढलान घरका बिशेषताहरु
- आकर्षक र मौलिकता,
- पहाडी र हिमाली क्षेत्रमा बनाइने,
- वातावरणमैत्री र बढी पानी पर्ने ठाउमा उपयुक्त,
- भेन्टीलेसनको उपयुक्त,
- कम ठाउमा पनि निर्माण गर्न सकिने,
- आर्थिक रुपले किफायती,
- निर्माण सामग्री कम लाग्ने,
- भारी बर्षा हुने, हिमपात हुने ठाउमा यो घर बनाउन बढी उपयुक्त हुने गर्दछ ।
ख. बक्स डिजाइन
ढलान घर पछि अत्याधिक रुचाइएको घर भनेको बक्स डिजाइन घर हो । यो घर नेपालको तराई क्षेत्र र काठमाडौ उपत्यका बढी प्रचलित रहेको छ । आर्थिक रुपले महंगो हुने भएतापनि आकर्षक डिजाइन, पर्याप्त ठाउ, इन्टेरियर डिजाइन, रिमोडलिङ्ग गर्न सजिलै हुने भएकाले यो बढी रुचाउने गर्दछ ।
बक्स डिजाइन घरका बिशेषताहरु
- यो घरले बढी स्थान ओगटने गर्दछ,
- घर डिजाइन र रिमोडलिङ्ग गनृ सजिलो हुने गर्दछ,
- निर्माण लागतको दृष्टिले महंगो हुने गर्दछ,
- प्राय यस्तो घर पिलरवाला र भार बहन गर्ने खालको हुने गर्दछ,
- यस्तो घरमा घाम र पानीको दुबैको असर प्रत्यक्ष पर्ने गर्दछ,
- यस्तो घरमा झयाल, ढोका बिग्रने सम्भावना प्रबल हुन्छ,
ग. पुरानो डिजाइनका घर
नाममा भनिए जस्तै पुरानो डिजाइनका घरहरु बिना मापदण्ड बनाइएका भुकम्प दृष्टिकोणले जोखिमयुक्त घरहरु हुन । यस्ता घरहरु पुर्ण रुपमै जोखिमयुक्त हुन्छन भनेर भन्न सकिदैन तर यस्ता घरहरुसँग हाम्रो मौलिक संस्कृति र कला प्रत्यक्ष रुपले जोडिएको हुन्छ ।
यस्ता घरहरु मौसम अनुकुल हुने गर्दछन भने मौलिकता आभास पनि दिलाउने गर्दछन । काठमाडौ उपत्यका, भक्तपुर, ललितपुरमा यस्ता घरहरु प्रशस्त मात्रामा देख्न पाइन्छ । अहिले यस्ता पुराना डिजाइनका घरहरु प्राय जीर्ण अवस्थामा रहेका छन ।
पुरानो डिजाइनका घरका बिशेषताहरु,
- पुर्ण रुपले मौलिक र ढुङ्गा, माटोको गाराको प्रयोग,
- वातावरणमैत्री,
- निर्माणको दृष्टिले कम खर्चिलो,
- मापदण्ड अनुरुप नभएका,
घ. एस वाई प्यानल घर
एस वाई प्यानेल घर आधुनिक डिजाक्ष्नका घर अन्तगाृत पर्ने गर्दछ । यस्ता घरलाई लाइटवेट घर पनि भन्ने गरिनछ । यस्ता घरहरु भुकम्प प्रतिरोधी हुने गर्दछन भने कम समयमै निर्माण गर्न सकिन्छ ।
एस वाई प्यानल घरका बिशेषताहरु,
- यस्ता घरहरु लाइ हुने गर्दछन,
- भुकम्प प्रतिरोधी हुनुका साथै सुरक्षाको दृष्टिकोणले निर्माण गरिन्छ,
- यस्ता घरमा पेन्टिङ गर्नु पर्दैन,
- निर्माणमा कम समय लाग्ने गर्दछ,
- यसमा प्यानलहरुको प्रयोग गरिन्छ,
- बाहिरको हल्ला भित्र आउदैन वा साउन्ड प्रुफ हुने गर्दछ,
ङ. स्टिल स्ट्रक्चर हाउस
स्टिल स्ट्रक्चर हाउस व्यवपारिक भवनहरुको लागि बढी उपयुक्त हुने गर्दछ । घर निर्माणमा बढी खर्च लाग्नुका साथै लचक हुने गर्दछ । यस्ता घरहरु निर्माण गर्नमा उच्च दक्ष जनशक्तिको आवश्यकता पर्ने गर्दछ । पेन्टिङ्ग र मर्मत सम्भारको दृष्टिकोणले पनि यो झन्झटिलो हुने गर्दछ ।
स्टिल स्ट्रक्चर हाउसका बिशेषताहरु
- कमर्सियल भवनको लागि बढी उपयोगी,
- निर्माणको दृष्टिकोणले खर्चिलो,
- नट र बोल्टको बढी प्रयोग,
- निर्माण उच्च दक्ष जनशक्तिको आवश्यक पर्ने,
- खिया लाग्ने, कलर उप्कने समस्या,
छ. प्रि–फ्याब हाउस
प्रि–फ्याब हाउस भनेको पहिले नै बनिसकेको बिल्डिङलाई पुनः एसेम्बल गरी बनाइने घर हो । यो पहिला नै जोडेर एक निश्चित आकारमा ढालिसकेको निमार्ण सामग्री भएकाले छिटो र छरितो घर तयार हुन्छ ।
सामान्यतया ४ देखि ५ हप्ताभित्र भवन पूूर्ण रुपमा बस्न योग्य हुन्छ । कामको प्रकृति अनुसार समय लाग्छ । करिब ३ महिनाभित्र २० कोठाको विद्यालय भवन प्रयोग गर्न सक्ने गरी तयार हुन्छ । सुरक्षित स्कुल र कलेजका लागि यो भवन निकै उपयुक्त हुन्छ । कम जग्गामै प्रि–फ्याब हाउस तयार गर्न सकिन्छ ।
तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।
प्रि–फ्याब हाउसका बिशेषताहरु
- स्कुल तथा कलेजका लागि उपयुक्त हुन्छ,
- यो भवन हेर्दा आकर्षक हुनुका साथै सजिलै एक ठाउँबाट अर्को ठाउँमा लान पनि सकिन्छ,
- विद्यालयले यो भवन आफू अनुकूल सजिलै अर्को ठाउँमा फिट गर्न सक्छन,
- भूकम्प प्रतिरोधी,
- परम्परागत भवन बनाउनुको तुलनामा यो ४० प्रतिशत सस्तो पर्न जान्छ,
- यसमा आगो, घाम र पानीले केही असर नपर्ने,
- विशेषता भनेको जग्गाको किफायती साउन्ड प्रुफ पनि हुन्छ ।