Blogs/Current Article

Nepali Startup and Culture

5 min read

In terms of culture नेपाल बिश्वको धनि देश मध्ये पर्छ भने आर्थिक हिसाबले नेपाल गरिब देशहरुको सुचीमा पर्छ | हामी सबैले यसको दोष राजनीति अस्थिरता  ( unstability)लाई दिन्छौ तर आफ्नो गल्ति भने औलाउदैनौँ | हामी नेपाली १०-५ सरकारी जागिर , पेन्सन, र बिदेशिनुलाई नै सफलता मान्छौ | हामी नेपाली कहिले अरु को अधिन मा  बस्न  नपरेको   भनेर गर्ब गछाैँ तर अहिलेको परिस्थिति हेर्ने हो भने हामी ७०% भन्दा बढी नेपाली अरुको अधिन मा काम गर्छौ चाहे त्यो यूरोपियन देश होस् या खाडी | हामी आफुले पनि रोजगारी सिर्जना गर्न सक्छौ , देश को अर्थतन्त्रमा remittance ले मात्र होईन अरु बाटो बाट पनि टेवा पुराउन सक्छौ भन्ने कुरा बाट अज्ञात छौ भने कसैले नयाँ काम सुरुवात गर्न खोज्दा समाज, परिवार, र साथीभाई ले नै अविस्वास को नजर ले हेर्ने गर्छन | नया कामको सुरुवात गर्नको  लागि आर्थिक सहायता माग्दा टाउको कनाउने समाज र परिवार बिदेशिन वा बिहे बर्तुनको लागि भने नहिच्किचाई सहयोगको हात बाढाउछन् | समाजमा देखाऊन गरिएको तडकभडक वा नयाँ काम गरेर देखाऊछु भन्ने जोसिला युवा को idea यी दुइमा कुरामा invest गर्दा राम्रो हुन्छ भन्ने ज्ञान को अभाबले पनि नेपालमा कत्ति idea हरु आफुमा नै सिमित हुन जान्छ| हामी नेपालीले बिहे गर्दा minimum ३० लाख खर्च गर्छौ | तर त्येस्कै आधा मात्र पैसा कतै राम्रो ठाउँ मा लगानी गरे वा आफ्नै idea मा खर्चेर start up सेट गर्न सक्थेउ जस बाट अरु लाई पनि रोजगार दिन सक्थेउ र देश को अर्थतन्त्र मा पनि राम्रो टेवा पुराउन सकिन्थ्यो | संस्कृति जोगाउने नीहुँमा हामी नेपाली खर्च गर्न अलिकति पनि डराउदैनौ  जसले गर्दा हाम्रो आम्दानी भन्दा पनि खर्च बढी हुने गर्छ | नेपाल मा ठुला कम्पनी हरु औला मा गनिन मिल्ने मात्र छन् |जसले गर्दा नेपाल मा हरेक सामान export भन्दा बढी import गरिन्छ | यस्तो हुनु को मुख्यकारण हामी केही नयाँ गर्न डराउछौ  पैसा डुब्छ कि भनेर तर हामीले समाज लाई देखाउन कै निम्ति कत्ति पैसा डुबाईरहेका  हुन्छौ | European देश तिर तडक भडक कम हुन्छ  र पैसा लाई सहि ठाउँ मा उपयोग गर्छन त्यसैले त उनीहरु बिश्वको धनि देश मध्ये पर्छन|

 हामी  केही नयाँ सुरु गर्न डराउछौँ जसले गर्दा हामी सधै पछाडी पर्दै आएको छौ | हामी ड़ूब्ने डरले पानि मा नै जादैनौँ | केही  return आउदैन भन्ने थाहा हुदा हुदै बिहेमा त्यत्रो खर्च गर्दा त भोज मा आउने कत्ति जना सन्तुस्ट हुदैनन्  भने यो त नयाँ काम को सुरुवात हो (स्टार्ट उप ) हो लडिन्छ  भनेर हिड्न त छोड्नु भएन नि र हिड्न खोज्ने लाई रोक्नु पनि भएन | Start up is like a life you grow by learning from your mistakes.

 

 

आशावाद सबै भन्दा ठूलो शक्ति हो | यदि बास्तबमै केही गर्न चाहनु हुन्छ भने कुनै पनि चिज को लागि कहिले पनि ढिलाई हुदैन | के थाहा  तपाई भोलिको Elon Musk  वा Jeff bezos पो हुनुहुन्छ कि ?

 

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)