Blogs/Current Article

प्रदुषण, यसको प्रकार,कारण र असर

5 min read
प्रदुषण, यसको प्रकार,कारण र असर

पृथ्वीमा रहेका सम्पुर्ण सजीव तथा निर्जीव वस्तुहरुको सन्तुलित अन्तरसम्बन्ध, स्वरुप तथा अस्तित्व वातावरण हो । 

मानिसहरुका कारणले तथा प्राकृतिक कारणले गर्दा वातावरणमा हानीकारक तथा अनावश्यक वस्तुहरु वृद्धि भइ वातावरणको गुणस्तरमा ह्रास आउनुलाई वातावरण प्रदुषण भन्ने गरिन्छ । 


वातावरण हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछ ।  वातावरण प्रदुषण हुदा हामी विभिन्न प्रकारका रोग, व्याधि, प्रकोपको सिकार हुन पुग्दछौ । 

फोहोरमैलाबाट निस्कने निस्कने ठोस, तरल वा ग्याँस वस्तुको संयोजनबाट वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव पार्ने काम भनेको प्रदुषण हो ।



प्रदुषणको स्रोतहरु 


रासायनिक प्रदुषण ; विभिन्न प्रकारका कीटनाशक औषधी, झारपात मार्ने औषधी, सल्फर डाइअक्साइड, हाईड्रोजन सल्फेट लगायतका ग्याँसहरु, रासायनिक मल ,मानिसले प्रयोग गर्ने औषधीका अवशेष लगायतबाट हुने प्रदुषण आदि बाट रासायनिक प्रदुषण हुने गर्दछ । 




जैविक प्रदुषण ; घरबाट निस्कने फोहोर, जीवजन्तुको मलमुत्र, वन तथा कृषि पैदावारबाट हुने प्रदुषण जैविक हो । 




भौतिक स्रोत ; जल, स्थल, वायु, ध्वनी लगायतका प्रदुषण भौतिक हो । 



वातावरण प्रदुषणका प्रमुख कारणहरु 


वातावरण प्रदुषणमा कुनै एक पक्ष मात्र जिम्मेवार हुदैन । मुख्यतया वातावरण प्रदुषण मानवीय कारणले हुने गर्दछ । वातावरण प्रदुषणका मुलभुत कारणहरु,


  • प्लाष्टिकजन्य वस्तुको अत्याधिक प्रयोग हुनु, 

  • कृषि उत्पादनमा अत्याधिक रासायनिक मलको प्रयोग,

  • तीव्र जनसंख्या वृद्धि,

  • वन विनास तथा वन माथिको अतिक्रण,

  • फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्नु, 

  • उद्योग धन्दाबाट निस्कने फोहोर सिधै नदीमा मिसाउनु,

  • सार्वजनिक स्थलमा शौचालय ,फोहोर फाल्ने डस्टविनको उचित प्रबन्ध नहुनु, 

  • अव्यवस्थित शहरीकरण, औधौगिककरण,

  • अव्यवस्थित सवारी व्यवस्थापन,

  • निर्माणाधिन सडक समयमा निर्माण नहुनु,

  • आणविक हातहतियारको प्रयोग,


वायु प्रदुषण


वायु मण्डलमा बाहय तत्व तथा दसष्ति तत्व मिसिन गई हावाको अवस्था बिग्रिनुलाई वायु प्रदुषण भन्ने गरिन्छ । मानिसको स्वास्थ्य, खाना, सम्पत्ति तथा मनोरञ्चनलाई नकारात्मक प्रभाव पार्ने गरी मानवीय क्रियाकलापबाटबाट वातावरणमा उत्पन्न विकारहरु वायुमण्डमा थुप्रिनुलाई नै वायु प्रदुषण भनिने कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ । 


के कारणले हुन्छ त वायु प्रदुषण ?


  • सवारी साधनबाट निस्कने धुवाँ तथा धुलो,

  • उद्योगधन्दाबाट निस्कने धुलो,धुवाँ, फोहोरमैला खुला रुपले वायुमा छोडिनु,

  • ज्वालामुखी विस्फोट, आगलागी,बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट,

  • खाना पकाउन दाउरा, गुइठा, कृषिजन्य अवशेषको प्रयोग,

  • दुषित ग्याँस हावामा मिसिनु,


वायु प्रदुषणको असर


  • श्वासप्रश्वास सम्बन्धी रोगहरु देखा पर्नु,

  • छाला, आखाँ सम्बन्धि रोगहरु देखा पर्नु,

  • माटोको उर्वरा शक्ति घटनु,

  • ओजोन तह क्षय भएर जानु,


जल प्रदुषण 


पानीमा अनावश्यक तत्व मिसिन गई यसको भौतिक तथा रासायनिक गुणमा परिवर्तन आउनु जल प्रदुषण हो । अर्थात पानीको मुहानमा विभिन्न प्रकारका दुषित एवं हानीकारक कण मिसिनुलाई जलप्रदुषण भनिन्छ । 


जल प्रदुषणका कारण 


  • पानीको मुहान वरीपरी लुगा धुने, भाडा माझने, नुहाउने आदि,

  • उद्योगधन्दा ,कलकारखाना, शौचालबाट निस्कने फोहोरलाई नदी वा पानीको मुहानमा मिसाउनु,

  • रासायनिक तथा किटनाशक बिषादी जमिनमा प्रयोग हुदा जमिन मुनि पानीको पनि दुषित हुनु,

  • शिक्षा तथा चेतनाको अभाव हुनु,


जल प्रदुषणको असर 


  • जलीय पारिस्थितिक पद्धतिमा असर,

  • प्रदुषित पानीको प्रयोगले जमीनको उर्वराशक्ति घटाउदछ,

  • मानिसहरलाई प्रदुषणजन्य विभिन्न प्रकारका रोग लाग्ने गर्दछन,

  • प्राकृतिक सौन्दर्यमा कमी आउने,


ध्वनी प्रदुषण 


मानिसको इच्छा विपरित आवाज वा चर्को आवाज मिसिनुलाई ध्वनी प्रदुषण भन्ने गन्छि । बिशेषगरी शहर बजारमा ध्वनी प्रदुषण हुने गर्दछ । 


ध्वनी प्रदुषण कारणहरु 


  • ज्वालामुखी, बाढी पहिरो, मेघ गर्जन आदि प्राकृतिक कारण,

  • औद्यौगिक संरचनाहरुको सञ्चालन,

  • सवारी साधनबाट उत्सर्जन हुने ध्वनी,

  • नारा, जुलुस, माइकिङ्ग आदि,

  • पुराना सवारी साधनको प्रयोग,

  • रेडियो एवं टेलिभिजनको चर्काे स्वरमा प्रयोग हुनु,


ध्वनी प्रदुषण असर 


  • सामान्य कुराकानीमा अवरोध सिर्जना हुनु,

  • मानिसमा रिसाउने,झर्कने लगायतका समस्या,

  • कानको जाली फुटने सक्ने,

  • श्रवण तथा स्मरण शक्ति ह्रास आउने,

  • थ्कान बढी लाग्ने समस्या,

  • गर्भवती महिलाहरुमा गर्भपतन र अपागं हुन सक्ने,

  • उच्च रक्तचाप,हृदय रोग हुन सक्ने,

  • जंगली जीवजन्तुले आफनो आश्रय स्थल परिवर्तन गर्न सक्ने, 


खाद्य प्रदुषण 


खाद्य प्रदुषण भनेको खाद्य पदार्थमा रासायनिक र जैविक अखाद्य पदार्थ मिसिनु खाद्य प्रदुषण हो । खाद्य प्रदुषणले गर्दा हामी खाद्यन्नबाट पाउनु पौष्टिक तत्व प्राप्त गर्न सक्दैनौ साथसाथै हामी विभिन्न प्रकारका रोगहरुको सिकार बन्न पुग्दछौ । 


खाद्य प्रदुषणका कारण 


  • उत्पादनको क्रममा अत्याधिक मात्रमा रासायनिक पदार्थ मिसाृउनसु,

  • भण्डारण तथा प्याकिङ्गको समयमा खाद्यन्न पदार्थमा मिसावट,

  • खाद्य पदार्थ लामो समयसम्म बट्टामा प्याक गरेर राख्नु,

  • खाद्य पदार्थमा विभिन्न प्रकारका रासायनिक पदार्थ रङ्गको प्रयोग गरिनु,


खाद्य प्रदुषणको असर


  • मानसिक मानसिक र शारिरिक स्वास्थ्यमा असर गर्ने,

  • मानिसको पेटमा सम्बन्धी नयाँ रोगहरु देखा पर्नु

  • बालबालिकामा कुपोषण देखा पर्नु,

  • मानिसलाई मात्र नभई पशुहरुलाई पनि यसको असर पर्ने गर्दछ ,


माटो प्रदुषण 


मानवीय कारणबाट माटामा जैविक तथा अजैविक पदार्थ मिसिन गई हुने प्रदुषण माटो अर्थात् भु—प्रदुषण हो । 


माटो प्रदुषणका कारणहरु


  • घर उद्योग कलकारखानाबाट उत्पन्न हुने फोहोर जथाभावी बिसर्जन गर्नु ,

  • वयु प्रदुषणका कारण माटोको अम्लीयपना बढनु,

  • ऋाणविक भट्टिबाट निस्कने फोहोर जथाभावी विसर्जन गर्नु,

  • अस्पताल, नर्सिङ्ग होम आदिबाट निस्कने फोहोर जथाभावी विसर्जन गर्नु, 


माटो प्रदुषणका असर 


  • माटो प्रदुषणले जल प्रदुषणलाई बढावा दिन्छ,

  • प्रदुषित जमिनले वातावरणमा वायु प्रदुषण हसने गर्दछ,

  • जमिनको उर्वरा शक्ति घटने गर्दउछ ,

  • स्थलीय पारिस्थितिक पद्धतिलाई असर पर्छ 

  • वतावरणको सौन्दर्यलाई घटतउने गर्दछ । 








Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)