Blogs/Current Article

घर निर्माण गर्ने, निर्माण सामग्रीको गुणस्तर परिक्षण नगर्ने ?

5 min read
Quality test of construction materials

हामीले प्रयोग गर्ने निर्माण सामग्री आफैमा गुणस्तरीय र भुकम्प प्रतिरोधात्मक हुन्छ भन्ने हुदैन । निर्माण सामग्री सही ढङ्गले मिलाएर प्रयोग गर्न सक्यौ भने घर सुरक्षित र भुकम्प प्रतिरोधी हुने गर्दछ । निर्माण सामग्रीको गलत अनुपात हाम्रो घरको लागि जोखिमपुर्ण हुने गर्दछ । 


हामी गुणस्तर बिनाको निर्माण सामग्रीको प्रयोगले कहिल्यै पनि सुरक्षित घर बनाउन सक्दैनौ । हामीले प्रयोग गर्ने निर्माण सामग्रीको गुणस्तर थाहा पाउन अति आवश्यक हुने गर्दछ । यहाँ हामी घर निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर कसरी चेक गर्ने भन्ने बारेमा चर्चा गर्ने छौ । 


तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।


निर्माण सामग्रीमा हुनुपर्ने गुणहरु यस प्रकार छन -

इँटा


  1. राम्ररी पाकेको र सतह चिल्लो भएको । 
  2. एकनासको रातो रंगको ।
  3. चिराहरु नपरेको । 
  4. एउटै आकार भएको ।  
  5. दुई ईट्टा ठोक्दा धातुको जस्तो आवाज आउने ।  
  6. एक दिन पानीमा भिजाउँदा ईट्टाको तौलको २५% भन्दा बढी नबढ्ने । 
  7. १ मिटरको उचाइबाट ठाडो पारी कडा सतहमा खसालदा नफुट्ने हुनुपर्छ । 


बालुवा 


  1. सफा, दानादार, खस्रो बालुवा हुनुपर्छ । 
  2. खोला, नदी तथा खानीको बालुवा प्रयोग गर्न सकिन्छ । 
  3. थोरै मात्र चिसोपना भएको । 
  4. अन्य वस्तु तथा चिल्लोपन र दुर्गन्ध नभएको बालुवा गुणस्तरीय बालुवा मान्न सकिन्छ ।  

केही बालुवा जाँच गर्ने सरल तरिका 

क.हातले बालुवा जाँच्ने तरीकाः 

  • सफा हातमा एक मुठ्ठी बालुवा लिने र दुवै हत्केलाले रगडने् र टकटकाउने । 
  • बालुवा नलागी हत्केला सफा रहे सामान्यतया त्यो बालुवा राम्रो मानिन्छ ।   


ख.काँचको गिलासमा बालुवा राखेर जाँच्ने तरीका


    1. काँचको गिलासमा बालुवा राखेर जाँच्ने तरीकाः 
    2. काँचको गिलासमा ६० मिलिमिटर (२.५ इन्च) सुक्खा बालुवा भर्ने ।  
    3. बालुवाभन्दा २५ मिलिमिटर (१ इन्च) माथिसम्म पानी भर्ने ।  
    4. एक चम्चा नून मिसाउने र एक मिनेटसम्म घोल्ने । 
    5. ३ घण्टासम्म गिलासलाई नहल्लाइ राख्ने ।  
    6. बालुवा माथि जमेको माटोजस्तो देखिने पाँगोको तह नाप्ने ।  
    7. पाँगो अर्थात सिल्टको तह ५ मिलिमिटर (२ लाइन) अर्थात ६ देखि १०५ भन्दा बढी हुनुहँुदैन । 
  • फलामे डण्डी 



  1. खिया नलागेको । बङ्गयाउँदा नभाँच्चिने ।       
  2. पूरै लम्बाइमा कतै चिरा नपरेको । 
  3. एकनासको मोटाइ वा व्यास भएको ।  
  4. लचकदार स्टील डण्डीहरुको प्रयोग गर्नुपर्दछ र दुई पटक बङ्ग्याउदा भाँचिने खालको डण्डी प्रयोग गर्नुहुँदैन ।  

काठ


  1. एकनासको सतह भएको,
  2. सिजनिङ्ग गरिएको काठ प्रयोग गर्ने,
  3. चुरो काठ प्रयोग गर्ने,
  4. गाँठो नभएको काठको प्रयोग,
  5. चिरा अथावा प्वाल नभएको काठ प्रयोग गर्ने, 

ढुङ्गा 



  1. सजिलैसँग टुक्रने, हल्का किसिमको ढुङ्गा प्रयोग गर्ने,
  2. चिरा नपरेको ढुङ्गाको प्रयोग गर्नुपर्छ, 
  3. पाटा मिलेको ढुङ्गाको प्रयोग गर्ने,
  4. लामो र चेप्टो खालको ढुङ्गाको प्रयोग गर्ने,
  5. खोलाको गोलाकार चिल्लो खालको ढुङ्गाको प्रयोग गर्ने, 

रोडा गिट्टि

  1. मसिनो, मध्यम, मोटो सबै किसिम मिसाएर बनेको रोडा प्रयोग गर्नुपर्छ । 
  2. कडा, सफा र सजिलै नखिइने । 
  3. अन्य वस्तु तथा चिल्लो पदार्थ नभएका । 
  4. छतको ढलानका लागि प्रयोग गरिने रोडाको साइज २० मिलिमिटर (६ लाइन) र सो भन्दा सानो मिसाएर बनाएका हुनुपर्छ । 

सिमेन्ट


  1. नेपाल गुणस्तर चिह्न प्राप्त भएको,
  2. उत्पादन गरेको ३ महिना बढ समय ननाघेको,
  3. बोरा भित्रको सिमेन्टमा हात हाल्दा तातो हुने,
  4. हावा नछिर्ने बोरामा बोराम प्याक गरिएको,
  5. बोरामा प्वाल नपरेको,
  6. सुख्खा र हावा नबिगार्ने ठाउमा भण्डारण गरिएको र ओसबाट जोगिउको, 
  7. डल्ला नपरेको, 

पानी सफा संग्लो हुनु पर्दछ । 


तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)