Blogs/Current Article

घर निर्माण गर्दा खर्च कम गर्ने उपाय

5 min read
Reduce Construction Cost

कम खर्चमा गुणस्तरीय घर निर्माण गर्नु सबैको चाहना हो। अनावश्यक झन्झट र खर्च कसैको पनि चाहना हुँदैन।

सिमेन्ट

घर बनाउँदा सिमेन्टमा सबैभन्दा धेरै खर्च हुन्छ। ओपिसी सिमेन्ट अलिकति महँगो हुन्छ तर पीपीसी सिमेन्ट  सस्तो पर्छ। हामीलाई जहाँ सिमेन्टले छिटै काम गरोस जस्तो लाग्छ र क्युरिङ गर्न कम समय हुन्छ त्यहाँ हामीले ओपिसी सिमेन्ट प्रयोग गर्न सक्छौँ।

कोलम, बिम र स्ल्यावमा ओपिसी सिमेन्टकै प्रयोग गर्छौं। तर प्लास्टर गर्ने ठाउँ र ईँटा लगाउने ठाउँमा चाहिँ पिपिसी सिमेन्टको प्रयोग गर्न सक्छौँ।

यसो गर्दा हामीलाई दुईटा फाइदा हुन्छ। पहिलो प्लास्टर राम्रो बस्छ। दोश्रो खर्च कम लाग्छ।

प्लास्टरको काम र इँटा जोड्ने काममा पिपिसी सिमेन्टको प्रयोग गर्दा जम्मा खर्चमा २० प्रतिशतसम्म कम आउन सक्छ।

इँटा

घर बनाउँदा इँटाको खर्च कम गर्न एएसी ब्लक पनि प्रयोग गर्न सकिन्छ। ब्लकको प्रयोग गर्दा लेवर खर्च कम आउँछ र लगानी पनि कम लाग्छ। त्यस्तै इँटा पनि सिधै फ्याक्ट्रीबाट मगाउँदा खर्च कम हुन्छ। भित्री वाल ४ इन्चको मात्र लगाउँदा कम इँटा खपत हुन्छ।

बर्गाकार निर्माण योजना

त्यसैगरी घरको प्लान बनाउँदा बर्गाकार योजना बनाउनुभयो भने त्यसमा  पिल्लर कम लाग्छ। र ज्याला पनि कम हुन आउँछ। फाउन्डेसनमा धेरै पिल्लर भयो भने माथिल्लो तलाहरूमा पनि धेरै नै पिल्लर हुन्छ। जसले गर्दा खर्च बढ्छ। यसबाट बच्न सकेसम्म बर्गाकार डिजाइनमा घर निर्माण योजना बनाउनुहोस्।


पहिलो तल्लामा कम कोठा

घर बनाउँदा खर्च कम गर्न ग्राउन्ड फ्लोरमा सकेसम्म कम कोठा निकाल्नुहोस्। ग्राउन्ड फ्लोरमा सकेसम्म डाइनिङ हल जस्ता खुल्ला एरिया धेरै बनाउनुहोस्। किनकि धेरै रुम बनाउँदा plinth area पनि बढ्छ जसले गर्दा तपाईंको घर निर्माणको खर्च बढ्छ। तपाईँले सानोसानो कोठाहरू माथि थप्न सक्नुहुन्छ।


निर्माण सामग्रीको उपलब्धता

निर्माणस्थलमा निर्माण सामग्री उचित मात्रामा उपलब्ध हुनुपर्छ। निर्माण सामग्रीको अभाव हुँदा लेबरहरू खाली बस्नुपर्ने हुनसक्छ र काम अगाडि बढ्न सक्दैन। यस्तो बेलामा काम पनि ढिला हुन्छ र ज्याला धेरै लाग्छ। जसले गर्दा खर्च बढ्न जान्छ।

 

निर्माण अवधि कम

त्यस्तै घर निर्माणको समय सकेसम्म कम राख्नुपर्छ। समय बढ्दा निर्माण सामग्रीको मूल्य पनि बढ्दै जान सक्छ। लेबर ज्याला पनि बढ्छ। जसले समग्र खर्च बढाउँछ।

 

सामान्य डिजाइन

कम खर्चमै घर बनाउँदै हुनुहुन्छ भने सकेसम्म अवश्यकतालाइ ध्यानमा राखेर सिम्पल डिजाइन बनाउनुहोस्। अकर्षक डिजाइन बनाउँन निर्माण सामग्री र खर्च झन् धेरै बढ्छ।

 

फिनिसिङ र फ्लोरिङ

फिनिसिङ र फ्लोरिङको टाइममा पनि आफ्नो घरमा लाग्ने खर्च बचाउन सक्नुहुन्छ। फ्लोरिङमा ग्रेनाइट र मार्बलको विकल्पमा आकर्षक डिजाइन भएको टाइल्स र कार्पेट फ्लोरिङ गर्न सक्नुहुन्छ। त्यस्तै अन्य फिनिसिङका सामानहरु पनि अहिले कम खर्चको राखेर पछि फेरि त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ।

अन्त्यमा निर्माण सामग्रीको गुणस्तर र मूल्यको बारेमा राम्रो जानकारी लिनुभयो भने पनि लाखौं रुपैयाँ बचत गर्न सक्नुहुन्छ। घर निर्माणमा प्रयोग हुने सामग्रीहरूको मूल्यबारे नियमित जानकार रहनुभएको छ भने पनि सस्तिएको बेला खरिद गरी खर्च कम गर्न सक्नुहुन्छ ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)