सिमेन्टको संक्षिप्त इतिहास

सिमेन्ट उत्पादनको संक्षिप्त इतिहास
सिमेन्ट घर निर्माणमा प्रयोग हुने अत्यावश्यक निर्माण सामग्री हो । यहाँ हामी सिमेन्टको बारेमा संक्षिप्त चर्चा गर्ने छौ।
सिमेन्टको आविष्कार जोसेप एस्पिडिनले गरेका हुन । सबैभन्दा पहिले सन १८२५ मा बेलायतले सिमेन्टको उत्पादन सुरु गरेको थियो ।
त्यसपछि सन् १८५५ मा जर्मनी, बेल्जियम, सन् १८७२ मा अमेरिका, भारतले सन् १९०४ तिर गरेको थियो । नेपालमा भने सन् १९७६ मा हेटौडा सिमेन्ट कारखानाको स्थापना भएको थियो ।
दुई तिहाई चुनढुङ्गा (caCo3) र एक तिहाई बिशेष प्रकारको क्ले माटो (Al2,O3,SiO2) बाट सिमेन्ट बनाइने गरिन्छ ।
सिमेन्टको सेटिङ्ग क्षमता बढाउन २ देखि ३ प्रतिशत जिप्सम लवणको प्रयोग गरिएको हुन्छ ।
सामान्यतया सिमेन्ट २ प्रकारका हुन्छन
OPC – Ordinary Portland Cement,
PPC – Portland Pozzolana Cement,
सिमेन्टको गुणस्तर कसरी चेक गर्ने ?
घर निर्माण गर्दा तपाई इट्टा, ढुङ्गा, वालुवा, सिमेन्टको मात्र प्रयोग गनु हुदैन आफनो रगत र पसिनाको कमाई पनि प्रयोग गर्नुहुन्छ छ । यसरी घर निर्माण गर्दा कस्तो समान प्रयोग गर्दै छौ भन्ने कुराले महत्वपुर्ण भुमिका खेल्ने गर्दछ ।
विशेष गरी सिमेन्टको गुणस्तर जाँच गर्नु महत्त्वपूर्ण हुने गर्दछ । राम्रो सिमेन्टको प्रयोग भएन भने घर असुरिक्षत बन्ने गर्दछ ।
घरको जोखिम बहन गर्न क्षमता पनि सिमेन्टको गुणस्तरमा निर्भर गर्ने गर्दछ । लामो समयसम्म घरको आयु सुनिश्चित गर्न गुस्तरीय सिमेन्ट अपरिहार्य तत्व हो ।
सिमेन्टको गुणस्तर यसरी चेकजाँच गर्ने,
१) प्याकिङको मिति –
सिमेन्टको क्षमता समयसंग घट्दै जान्छ । सिमेन्ट उत्पादन भएको मितीले ९० दिन भित्र प्रयोग गर्नुपर्छ । अन्यथा यसको गुणस्तरमा ५० प्रतिशतले कमी आउने गर्दछ ।
२) सिमेन्टको रङ
राम्रो सिमेन्ट सधैं खैरो रङ्गको हुन्छ । खैरो रङ साथसाथै हल्का हरियो छाया भएको सिमेन्ट राम्रो हुन्छ ।
३) डल्लो अर्थात् गाँठो
सिमेन्टमा ओसिलो अवशोषणका कारण गाँठा अर्थात सेट भएर डल्लो बन्ने गर्छ । राम्रो सिमेन्टमा गाँठो अर्थात् डल्लाहरु हुँदैन ।
४) तापक्रम
यदि तपाईंले राम्रो सिमेन्टको बोरा भित्र आफ्नो हात हाल्नु भयो भने, तपाईंले शीतलता महसुस गर्नुहुन्छ । खराब सिमेन्टको बोरामा हात हाल्दा तपाईको हातमा तातो लाग्छ ।
५) तैरने
राम्रो गुणस्तरको सिमेन्ट डुब्नु अघि केही समय पानीमा तैरिन्छ ।
सधैं गुणस्तरीय सिमेन्टको प्रयोग सुनिश्चित गर्नु पर्दछ ।