Blogs/Current Article

घर निर्माण गर्दा खर्च कम गर्ने उपाय

5 min read
Save money during Construction

तपाईँले घर बनाउँदै हुनुहुन्छ र quality मा कुनै पनि compromise नगरी त्यसमा खर्च कसरी कम गर्न सक्नुहुन्छ आज त्यसको बारेमा जान्नुहोस् ।


1. Cement

हाम्रो घर बनाउँदा धेरै नै खर्च हुने भनेको सिमेन्टमा हो। ओपिसी सिमेन्ट अलिकति महँगो हुन्छ तर PPC सिमेन्ट  सस्तो पर्छ। हामीलाई जहाँ strength छिटै चाहिन्छ र क्युरिङ गर्न कम समय हुन्छ त्यस्तोमा चाहिँ हामीले ओपिसी सिमेन्टको प्रयोग गर्न सक्छौँ। Column, बिम र slabमा  हामीले ओपिसी सिमेन्टकै प्रयोग गर्छौं। तर प्लास्टर गर्ने ठाउँ र ईँटा लगाउने ठाउँमा चाहिँ हामीले पिपिसी सिमेन्टको प्रयोग गर्न सक्छौँ। यसो गर्दा हामीलाई दुईटा फाइदा हुन्छ। एउटा खर्च कम हुन्छ र पिपिसी सिमेन्टको heat of hydration कम हुने हुनाले प्लास्टर गरिसकेपछि त्यहाँ crackको समस्या पनि कम देखिन्छ। त्यसैले प्लास्टरको काम र इटा जोड्ने काममा चाहिँ पिपिसी सिमेन्टको प्रयोग गर्नुभयो भने तपाईंको टोटल खर्चमा २०% सम्म कम आउन सक्छ।


2. इटा

त्यस्तै खर्च कम गर्न तपाईँले इटाको विकल्पमा AAC ब्लक पनि प्रयोग गर्न सक्नुहुन्छ। AAC ब्लकको प्रयोग गर्दा Labour cost कम आउँछ र खर्च पनि कम हुन्छ। त्यस्तै तपाईंले इटा पनि सिधै फ्याक्ट्रीबाट मगाउनु भयो भने खर्च कम गर्न सक्नुहुन्छ। त्यस्तै तपाईँले भित्री वाल लगाउँदा ४ इन्चको लगाउनुभयो भने कम इटाको खपत हुन्छ। भित्री वालले partition को मात्र काम गर्छ। यसले कुनै पनि खालको load लिँदैन त्यसैले तपाईँले कम इटाको प्रयोग गरी ४ इन्चको वाल लगाउन सक्नुहुन्छ।


3. Rectangular Building Plan


त्यसैगरी तपाईँले बिल्डिङको प्लान बनाउँदा rectangular shape मा बनाउनुभयो भने त्यसमा  पिल्लर कम लाग्छ। यसो गर्दा लेबर कस्ट पनि कम हुन आउँछ र तलै पिच्छे फेरि त्यो कोलुमहरु थप्नु नपर्दा लेबर cost पनि कम हुन आउँछ। फाउन्डेसनमा धेरै पिल्लर भयो भने माथिल्लो तलहरूमा पनि धेरै नै पिल्लर हुन्छ। जसले गर्दा खर्च बढ्छ। यसबाट बच्न तपाईंले सकेसम्म रेक्टेङ्गुलर सेपमा आफ्नो बिल्डिङको प्लान बनाउनुहोस्।


4. ग्राउन्ड फ्लोरमा कम रूम

त्यसैगरी तपाईँले आफ्नो घर बनाउँदा खर्च कम गर्न ग्राउन्ड फ्लोरमा सकेसम्म कम रूम बनाउनुहोस्। ग्राउन्ड फ्लोरमा सकेसम्म डाइनिङ हल जस्ता खुल्ला एरिया धेरै बनाउनुहोस्। किनकि धेरै रुम बनाउँदा plinth area पनि बढ्छ जसले गर्दा तपाईंको घर निर्माणको खर्च बढ्छ। तपाईँले सानोसानो कोठाहरू माथि थप्न सक्नुहुन्छ।


5. निर्माण सामग्रीको उचित मात्रामा उपलब्धता 

घर निर्माण गर्दा निर्माण सामग्री उचित मात्रामै उपलब्ध गराउनुहोस्। निर्माण सामग्रीको अभाव हुँदा लेबरहरू खाली बस्नुपर्ने हुनसक्छ र काम अगाडि बढ्दैन। यस्तो बेलामा काम पनि ढिला हुन्छ र ज्याला धेरै लाग्छ।


6. निर्माण अवधि कम

त्यस्तै तपाईँले घर निर्माणको समय सकेसम्म कम राख्नुपर्छ। समय बढ्दा निर्माण सामग्रीको मूल्य पनि बढी राख्न सक्छ र लेबरको खर्च पनि बढ्छ। 


7. Simple Design

तपाईँले कम खर्चमै घर बनाउँदै हुनुहुन्छ भने सकेसम्म सिम्पल डिजाइन बनाउनुहोस्। Fancy डिजाइन बनाउँदा तपाईँको निर्माण सामग्री र खर्च झन् धेरै बढ्छ।


8. Finishing र Flooring 

Finishing र flooring को टाइममा पनि तपाईँले आफ्नो घरमा लाग्ने खर्च बचाउन सक्नुहुन्छ। फ्लोरिङमा ग्रेनाइट र मार्बलको विकल्पमा आकर्षक डिजाइन भएको टाइल्स र कार्पेट फ्लोरिङ गर्न सक्नुहुन्छ। र त्यस्तै अन्य फिनिसिङका सामानहरु पनि अहिले कम खर्चको राखेर पछि फेरि त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ।

अन्त्यमा तपाईँले निर्माण सामग्रीको गुणस्तर र मूल्यको बारेमा जानकारी लिनुभयो भने पनि लाखौं रुपैयाँ बचत गर्न सक्नुहुन्छ। तपाईँलाई घर निर्माणमा प्रयोग हुने सामान्य निर्माण सामग्री को बारेमा थाहा छ भने खर्च कम गर्न सक्नुहुन्छ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)