किन घरमा पानी रसाउने–चुहिने समस्या देखिन्छन ?समाधान कसरी गर्ने ?
बर्षात सुरु भएसँगै घर चुहिने–रसाउने समस्या देखिने गर्दछन । यस्ता समस्याहरु सामान्य भए तापनि हामी असामान्य दुख पाउने गर्दछौ । बिशेषगरी ढल थुनिनु, शौचगृहमा जाम हुनु, लेउ जम्नु, पानी ट्याङ्कि फोहोर हुनु आदि सामान्य समस्या हुन ।
यस्ता खाले समस्याको हामी सजिलैसगँ मर्मत कार्य गर्न सक्दछौ । अर्कोतर्फ भित्ता रसाउने, छत चुहिने, पेन्ट उप्कने जस्ता समस्याले हामीलाई नसोचेको दुख दिने गर्दछ । यस्ता समस्याहरु भनेका घरलाई लाग्ने रोगहरु हुन । समयमै यस्ता समस्याको समाधान गरिएन भने यसले तपाईको घरमा ठुलो क्षति गर्ने गर्दछ ।
हाम्रो घरहरुमा देखिने अधिकांश समस्याहरु घर रसाउने, ओसिलो हुने, चुहिने हुन तर हामी मध्ये कतिपयलाई यस्ता समस्याको कारण थाहा हुन्छ भने कतिपयलाई थाहा नै हुदैन ।
के हो त सिपेज (What is Seepage) ?
भित्तामा दाग पर्ने, रङ्ग फुल्ने, पत्र–पत्र उप्कने समस्या सिपेज हो । यसलाई सिपेजको सुरुवाती अवस्था पनि मान्न सकिन्छ । यो समस्या निरन्तर हुदै गर्दा पानीका थोपाहरु झर्न थाल्छन ।
सिपेज भएको ठाउ भद्धा अर्थात् फोहोर देखिनुका साथै सफा गर्न झन्झटिलो हुने गर्दछ । साथ–साथै यसबाट निस्कने ढुसी र फोहोरका कारण कोठा प्रदुषित भई स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गर्दछ ।
सिपेज के कारण हुन्छ त (Causes of Seepage) ?
सिपेजको समाधान गर्नुपुर्व घरमा सिपेज हुनुको कारण थाहा पाउन जरुरी हुन्छ । सिपेज हुनुको प्रमख कारण थाहा पाउन सके मात्र हामी सिपेजको समस्याबाट समाधान पाउन सक्दछौ । नयाँ घर बनाउदा सजग भएर निर्माणकार्य गर्ने सक्दछौ ।
पाइप लाइनको चुहावटलाई सिपेजको प्रमुख कारक तत्व मानिन्छ । चाहे घरमा आउने पिउने पानीको पाइप होस चाहे घरबाट निस्कने फोहोरको ढल निकास होस हामी पाइपको प्रयोग गर्ने गर्दछौ । यस्तो पाइप लगाउदा साना–साना कुरामा समेत ध्यान दिनु पर्ने हुन्छ । अन्यथा, यसले हाम्रो घरमा ठुलो समस्या ल्याउने गर्दछ ।
घरमा सिपेज हुने अर्को कारक तत्व भनेको पाइपसँग जोडिने पानी ट्याङ्कीको चुहावट हो । प्राय हामीबाट अन्डरग्राउन्ड वाटर टयाङ्की बनाउने बेला गल्ती हुने गर्दछ फलस्वरुप भित्ता चर्कने, पानी रसाउने समस्या देखा पर्ने गर्दछ । जसको मुख्य असर घरको जग र भुइँतलामा पनि पर्ने गर्दछ ।
कहिलेकाही हामी पैसा जोगाउने चक्करमा कमसल एंव कम गुणस्तरीय पाइपको प्रयोग गर्ने गर्दछौ । जसको कारण पाइपको फिटिङ्ग राम्रोसँग हुन पाउदैन र सिपेजको समस्या देखापर्ने गर्दछ ।
भौगोलिक वनावट एंव अवस्थितिले पनि घरमा समस्या आउने गर्दछ । घर बनेको जगमुनि पानी भएको अवस्थामा पनि ओस लाग्ने, प्लास्टर र रङ्ग उप्कने समस्या देखिन्छ । प्राय गहिरो जग्गा, पोखरी भएको स्थान र तराईको डुबान हुने ठाउमा यस्ता खाले समस्या देखापर्ने गर्दछन ।
घरको छत निर्माणको क्रममा पनि हामीबाट त्रुटि हुने गर्दछन । जसको फलस्वरुप घर निर्माणकार्य सम्पन्न भएको ६ नबित्दै चुहिने समस्या देखापर्ने गर्दछ । छतको लेबलिङ्ग र फिनिसिङ्ग कार्य राम्रोसँग भएन भने छतमा पानी जम्ने गर्दछ । जसको कारण हामी सिपेजलाई निम्त्याउने गर्र्दछौ ।
ढलानपछि उपयुक्त मात्रामा पानी राखिएन भने छतमा चिरा पर्ने गर्दछ । कालान्तरमा तिनै चिराबाट पानी छिर्न गइ सिपेजको समस्या देखा पर्ने गर्दछ ।
आफुलाई पर्याप्त मात्रामा जानकारी नभइ अन्धाधुन्ध पाइपलाइन वा ढलान मर्मत गर्दा समस्या समाधान नभई यसले जटिल रुप लिने गर्दछ । अझ झनसँगै जोडिएका घरहरुमा त एउटा घरमा सिपेजको सामस्या आउदा अर्को घरमा पनि यो समस्या सर्ने गर्दछ ।
समयमै यस्ता समस्या समाधान नगरेको खण्डमा यसले दुर्घटना समेत निम्त्याउन सक्छ । यसरी सिपेजको कारण ढलान वा पिलरमा भएका फलामे छडमा खिया लाग्ने सम्भावना हुने गर्दछ । जस्ले गर्दा ढलान फुटने सम्भावना प्रबल हुन्छ ।
फलामको एउटा अनौठो बिशेषता के छ भनेपछि पानी परेपछि यसको मोटाई दुईगुणासम्म बढने गर्दछ । जसले गर्दा घरको छत वा भित्ता कस्सिन पुगी भित्ता वा छत फुटने गर्दछ । कहिलेकाही बिजुलीको तारहरुसँग मिल्न पुगी करेन्ट लाग्ने, लाइन सर्ट हु्ने सम्भावना पनि हुने गर्दछ ।
सिपेजकै कारण घरको झयाल ढोकामा प्रयोग भएका बहुमुल्य काठमा, फर्निचरमा ढुसी लाग्ने गर्दछ । जसले गर्दा घर कुरुप मात्र नभई बस्न योग्य पनि रहदैन । यी सबै समस्याको समाधान गर्नु एकदमै खर्चिलो मात्र नभई झन्झटिलो पनि हुने गर्दछ ।
सिपेज सम्बन्धि नि;शुल्क परामर्शको लागि यहाँ थिच्नुहोस अथवा 015970230 , 9801886644 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
सिपेज कुन–कुन स्थानमा देखिन्छ त ?
प्राय सिपेज घरको छत, भित्ता, सिढी र पिलरहरुमा देखिने गर्दछ । अधिकतम सहरी क्षेत्रमा घरहरु एकआपसमा जोडिएका हुन्छन । बर्षातको समयमा यहाँ रहेका साना–साना छिद्रबाट पानी भित्र पस्नाले सिपेजको समस्या झन बढने गर्दछ ।
विभिन्न प्राविधिक त्रुटि एंव मानवी गतिविधीले यस्ता खालका समस्या घरका अन्य भागमा पनि आउने गर्दछन ।
सिपेजको समाधान के त (Solution of Seepage)?
घरको प्लाष्टर गर्दा सम्पुर्ण भागमा राम्रोसँग गर्नुपर्ने हुन्छ । घरहरु एक–आपसमा जोडिएको अवस्थामा प्राविधिकको परामर्शमा उपयुक्त समाधान गर्ने गर्नु पर्दछ । प्रायजसो हामी चुहावट देखिएमा सिमेन्टको घोल हाल्ने गर्दछौ ।
यो घरको लागि गलत अभ्यास हो । यसमा सिमेन्टको घोल हाल्दा घामपानीले मसिनो चिरा पारिदिन्छ । यसले समस्या समाधान गर्नुको साटो झन समस्या बल्झाइदिन्छ । झन यस्ले मर्मत खर्च बढाउने काम गर्छ ।
पर्याप्त ज्ञानको अभावको कारण समस्याको वास्तविक स्रोत पत्ता नलागाइकन हचुवाको भरमा मर्मत सम्भार गर्ने गरिन्छ । यसो गर्दा सिपेजको समस्या घटनुको सट्टा झन बल्झिनेल गर्दछ । त्यसैले दक्ष जनशक्तिको परामर्श लिएर मात्र हामीले सिपेजको समाधान गर्नु पर्ने हुन्छ ।
यस्तो समस्या समाधानको लागि दुवै घरको एक फिट सम्मको चौडाई फुटाएर सतहलाई मज्जासँग सफा गनुृपर्दछ । त्यसपछि इँटासम्म पुग्ने गर राम्रो प्लाष्टर गर्न पर्ने हुनछ । त्यसपछि मात्र यसको दिगो समाधान हुने गर्दछ।
कहिले काँही टायल लगाउदा हुने सानो लापरवाहीले पनि हामी सिपेज निम्त्याउने गर्दछौ । हामीलाई के भ्रम हुन्छ टायल लगाउन खाली ठाँउ छोडियो भने पानी भित्र पस्छ । वास्तवमा हामी हामी खाली ठाउ नराखी कस्सिलो तरिकाले टायल लगाउने गर्दछौ ।