Blogs/Current Article

घर निर्माण सम्झौता पत्रको नमुना – स्किल सेवा

5 min read
ghar nirman samjhauta patra ko namuna

घर निर्माण सम्झौता गर्नु पर्छ भनेर हामीले प्रायजसो सुनिरहेका हुन्छौ । तर हामीलाई घर निर्माण सम्झौता कसरी गर्ने ? यसमा के–के कुराहरु समावेश हुन्छन ? घर निर्माण सम्झौता किन आवश्यक हुन्छ ? हामी घर निर्माण सम्झौता कसरी गरिन्छ भन्ने बारेमा प्राय अज्ञात नै हुने गर्दछौ ।


यहाँ हामी घर निमाण सम्झौता कसरी गर्ने ? के – के कुरा समावेश गर्ने भनेर विस्तृत रुपमा चर्चा गर्ने छौ । जसले गर्दा घर निर्माण गर्न सजिलै हुने गर्दछ भने निर्माण व्यवसायी र घरधनी बिचको सम्बन्ध पनि सुमधुर बन्ने गर्दछ । साथै निर्माण व्यवसायीबाट हुने अनियमितताको सम्भावना पनि न्युन हुने गर्दछ । 


घरधनी र निर्माण व्यवसाय बिच हुने सम्झौता पत्रमा हुने मुख्य विषयवस्तु देहाय बमोजिम रहेका छन । 


निर्माण स्थलको ठेगाना 

घरको विवरणः 

तला संख्याः                

घरको भुईको क्षेत्रफलः 

घरको कुल क्षेत्रफलः 

प्रमाणित घर नक्सा कोड नंः  


सहमतः  


रु. ......र  प्रति वर्ग फिट प्लिन्थ लेभलसम्मको भवन निर्माणको लागि नक्सा अनुसार कामदार र औजारहरु उपलब्ध गराउने ।  

रु. .....र  प्रति वर्ग फिट प्लिन्थ लेभल माथीको कामको लागि नक्सा अनुसार कामदार र औजारहरु उपलब्ध गराउने ।  

घर निर्माणको लागि चाहिने निर्माण सामग्री घरधनीले उपलब्ध गराउने ।    


माथि उल्लेखित सहमति दरमा समावेश भएका/नभएका काम र औजारहरुः (छ वा छैन भनेर लेख्ने)  


साईट सफा गर्ने, 

ईट्टा ̷ ढुंगाको काम,

साईट सफा गर्ने,  

डण्डीको काम,

फर्माको काम,

काठको काम,

ढलान, सिमेन्ट, कंक्रिटको काम, 

झ्यालढोका हाल्ने काम, 

फ्लोरिंगको काम,

प्लास्टरको काम,

पानी हाल्ने काम,

पर्खाल निर्माण गर्ने काम,

छानाको रेलिंग र गारोको काम,

फोहर पानी जम्मा हुने ट्यांकीको काम,

निर्माणस्थल र वरपरको सरसफाईको काम, 

रंगरोगनको काम, 

बिजुलीको काम,

सेनिटरिंग (चर्पी) को काम,

भाईबे्रटरको काम, 

पहरेदारको तलब,


भुक्तानी तालिका कामको प्रगति अनुसार हुनुपर्छ । घर निर्माण कार्य सम्पन्न भईसकेपछि सम्पूर्ण भुक्तानी, घरको नाप तथा क्षेत्रफल (नक्सामा भए) अनुसार  हुन्छ ।   


तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।


सम्झौता मितिः  

काम शुरु गर्ने मिति 

काम सकिने मिति

घरधनीको नामः 

दस्तखतः  

ठेकेदारको नामः

 दस्तखतः  

ठेगाना 

नागरिकताको प्रमाणपत्र नंः 

ठेगाना 

नागरिकताको प्रमाणपत्र नंः 

मोबाईल नंः  

मोबाईल नंः  


घरधनी र ठेकेदार ̷ निर्माणव्यवसायी बीच हुने ठेक्कालाई सहजीकरण गर्न तयार पारिएको नमुना हो । ईन्जिनियरिंग अभ्यास अनुसार दर नाप पद्दती अनुसार सम्झौता फरक हुन्छ । 



तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)