Blogs/Current Article

Skill Sewa संग मिलेर व्वसाय गर्ने अवसर

5 min read

“जे गछौँ, नेपालमै गछौँ” भन्ने मुल नाराका साथ Skill Sewa ले Local Business Partnership योजना ल्याएको छ । जहाँ युवाहरुले Skill Sewa अर्थात् तपाईको घरको डाक्टरसँग काम गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्न सक्ने छन । Skill Sewa ISO 9001:2015  गुणस्तर चिन्ह प्राप्त घर मर्मत,निर्माण, रिमोडङ्गि, रिनेभेसन आदि जस्ता ३० भन्दा बढी काम गर्ने कम्पनी हो ।


को दुरदृष्टि र गन्तव्य भनेको घरमा देखिने विभिन्न प्रकारका समस्याहरुको सिघ्र र गुणस्तरीय समाधान गर्नु हो । बजारलाई आवश्यक निमार्ण व्यवसायसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गरी सेवालाई विकास र विस्तार गर्ने मुल्य मान्यता  Skill Sewa को रहेको छ ।


मिस्त्री खोज्दै घर घर धाउनु पर्ने समस्याको अन्त्य गर्दै सेवा एप मार्फत सेवालाई सर्वसुलभ र सेवाग्राहस् मैत्री बनाएको छ । घरको मर्मत सम्भार गर्दा देखिने समस्याहरुको मुख्य कारण पत्ता लगाउने मात्र नभई समस्याको समाधान समेत गर्ने गर्दछ ।


Local Business Partnership योजना अन्तर्गत Skill Sewa ले आवश्यक तालिम, कानुनी सहायता, आर्थिक अभाव, विशेषज्ञ सेवा , प्राविधिक सहयोग ,Financial Risk Coverage, मोबाईल एप तथा वेभसाइट प्रदान गर्ने छ ।


हरेक दिन लाखौ युवाहरु विदेशी भूमिमा आफ्नो पसिना बगाईरहका छन । वैदेशिक रोजगारी कसैलाई रहर  छ त कसैलाई बाध्यता । देशमा केही गर्ने सोच हुदाहुदै पनि अवसरको अभावमा विदेशेनु झन पीडादायक हुने गर्दछ । आफनै बलबुतामा केही गरौ भने पनि आइडिया, कार्यान्यवन र फाइदा निकाल्नु फलामको चिउरा चपाउन सरी छ ।


कुनै पनि नँया ब्यबसाय सुरु गर्दा त्यो ब्यबसायको प्रकृति ,ग्राहकको सहि बुझाई, कामको प्रक्रिया बुझ्न एकदम गारो हुन्छ फलस्वरुप व्यवसाय जोखिमपुर्ण हुन सक्दछ ।


अहिलेको समयमा शिक्षा भन्दा महत्वपुर्ण सीपलाई मान्ने गरिन्छ । गुणस्तर र स्वरोजगारलाई आधार बनाएर सही ज्ञान, सीप र धारणा प्रदान स्किल सेवमुख्य लक्ष्य हो । स्किल सेवाले बिगत ४ बर्ष देखि सिकेको ज्ञान, सिप, Business Idea आधारित भएर प्राविधिक सहयोग प्रदान गर्दै तपाईहरुसँगै सँगै व्यवसाय गर्ने योजना बनाएको छ । यस योजना अन्तर्गत काम गर्नका लागि तपाईहरुले सुरुमा केही लगानी गर्नु पर्ने हुन्छ । तपाईले लगानी गरिसके पछि त्यस क्षेत्रमा सत प्रतिशत स्वामित्व Ownership तपाइहरुको हुनेछ भने कमाईको हकमा आयकोे आधाआधा बाँडफाँड गरिने कम्पनिले जनाएको छ ।


यस व्यवसायमा Local Business Partner हरुले आफनो क्षेत्रमा हाम्रा सेवा सुविधा विस्तार गर्न सक्नु हुनेछ । Skill Sewa ले प्रधान गर्ने   Home inspection , House remodelling/renovation , painting , plumbing , electricians service  , जस्ता अन्य ३० भन्दा धेरै सेवा प्रदान गरेर मनग्य आम्दानी गर्न सक्ने छन । यस योजनामा आबद्ध हुन चाहनेले Local Business Partner ले सेवा एप डट कम, जीमेल र फोनबाट प्रत्यक्ष सम्पर्क गरी फाराम भर्न सक्नु हुनेछ । तपाई योजनामा आबद्ध भई सकेपछि Field Work राम्रो ढङ्गले गराइने छ । साथसाथै skill, business development , marketing / sales मा समेत विशेष कक्षा ३० देखि ४० दिन सम्मको लागि निशुल्क रुपमा दिइने छ । नेपाल जस्तो विकासेन्मुख देशमा पर्याप्त अवसर एंव सम्भावनाहरु रहेका छन । त्यसमा पनि निर्माण व्यवसाय क्षेत्रमा भविष्य झन उज्जवल देखिन्छ । यो किन पनि भने नेपालमा घरको मर्मत सम्भार गर्ने क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको छ । साथसाथै घर निर्माण कार्यमा लागेको खर्चको १ प्रतिशत खर्च हरेक बर्ष घरको मर्मत कार्यमा खर्च हुने गर्दछ ।


सेवा एपका विशेषताहरु

  • तालिम प्राप्त प्रमाणित जनशक्ति सजिलै प्राप्त गर्न सकिने,

  • पुर्व निर्धारित बजेट र सेवाग्राहीले मोबाइलबाट सजिलैसँग सेवाको लागि अर्डर गर्न सक्ने,

  • समस्या समाधान मुलक सेवा र गुणस्तरको सुनिश्चितता ,

  • इन्जिनियरिङ्ग सुपरिवेक्षणको सम्पुर्ण जानकारी प्राप्त गर्न सकिने

  • निर्धारित समयमा सेवा प्राप्त गर्न सकिने,

  • सरसफाई र फोहर व्यवस्थापनको जानकारी साथैसाथै घर निर्माण सम्बन्धि विविध जानकारीमुलक भिडियो तथा लेख प्राप्त गर्न सकिने,

  • नेपालकै सबैभन्दा भरपर्दो र विश्वसनीय

  • Warrenty सेवा प्राप्त गर्न सकिने,

  • घरबेटी र डेरावाला बिच २ मिनेटमै रेन्टल सम्झौता गर्न सकिने

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)