Blogs/Current Article

वाटरप्रुफिंग

5 min read
waterproofing

वाटरप्रुफिंग 


वाटरप्रूफिङ भनेको कुनै वस्तु वा संरचनालाई वाटरप्रूफ वा पानी प्रतिरोधी बनाउने प्रक्रिया हो, यो एक विधि हो जसले पानीलाई तपाईंको घरमा प्रवेश गर्नबाट रोक्छ। वाटरप्रूफिंग धेरै महत्त्वपूर्ण छ किनकि यसले तपाईंको घरलाई सुख्खा राख्न मद्दत गर्दछ। 

निर्माण संरचनाहरू (जस्तै बेसमेन्टहरू, डेकहरू ढलानहरु, वा भिजेको क्षेत्रहरू), वाटरक्राफ्ट, क्यानभास,  लुगाहरू (रेनकोट वा वाडर), इलेक्ट्रोनिक उपकरणहरू र कागज प्याकेजिङ (जस्तै तरल पदार्थका लागि कार्टुनहरू) को सन्दर्भमा वाटरप्रूफिङ प्रयोग गरिन्छ।


पानी सिपेज तथा लिकेजको संकेतहरु


लिकेजले पानी बर्बाद गर्न सक्छ, तपाईंको घरलाई क्षति पुर्‍याउन सक्छ। तपाईंको घरलाई भविष्यमा हुने चुहावटबाट जोगाउने सबैभन्दा राम्रो तरिका भनेको चुहावट निम्त्याउने सामान्य अवस्थाहरू बुझ्न र खोज्नु हो। पानी चुहावटका यी सामान्य संकेतहरूको लागि ध्यान दिनुहोस्:

  • भित्ता र छतमा कालो दागहरू

  • बासी र अमिलो गन्ध

  • पेन्ट र प्लास्टरको उप्किनु

  • भिजुअल लीक

  • किराहरु लाग्नु   

  • वाटरमार्क र रंगहरु उड्नु 

 

निर्माणका लागि वाटरप्रुफिंग

 

भवन निर्माणमा, वाटरप्रूफिंग एक महत्तोपूर्ण पक्ष हो, जुन एक नियन्त्रित वातावरण हो। छाना, साइडिङ, फाउन्डेसन, यी सतहहरू मार्फत विभिन्न तरिकाद्वारा पानी प्रवेश गर्ने भएकाले यसलाई पानी प्रतिरोधी बनाउने या वाटरप्रूफ गर्नुपर्छ।  छतलाइ हामी पानी रोक्नको लागि बनाउछौ र ढल्किएको छत पानी बहाउनको लागि डिजाइन गरिन्छ, तर केही अवस्थाहरूमा,छतबाट पानी चुहिन्छ तर छत पानी प्रतिरोधी हुनुपर्छ। 

घरको वाल/ भित्ताहरु ओसिलो हुनबाट जोगाउन ड्याम्प-प्रूफ कोर्स (DPC)को साथ बनाइन्छ फाउण्डेसनमा रहेको कंक्रिटहरूलाइ लिकउइड कोटिङ्गद्वारा वाटरप्रुफिंग गर्नुपर्छ। 

जमिनको तहमा वा तल बनाइएका संरचनाहरूका लागि पनि वाटरप्रूफिङ आवश्यक हुन्छ। जमिनमा पानी जम्मा हुन सक्ने वा उच्च पानी तालिका भएको अवस्थामा वाटरप्रूफिङ विशेष गरी महत्त्वपूर्ण हुन्छन्। बेसमेन्टमा EPDM sheet या membrane sheet द्वारा ओसिलो-प्रूफ वा वाटरप्रूफ गर्नुपर्छ।    

वाटरप्रूफिङको अर्को विशेष क्षेत्र रूफटप, डेक र बालकनी हो। वाटरप्रूफिङ प्रणालीहरू धेरै परिष्कृत भएका छन्।  रूफटप, डेक र बालकनी भवन संरचनाहरूमा  वाटरप्रूफ फेल हुनको कारणले गर्दा बिल्डिंगमा पानी लिकेज या सिपेज देखिन्छ र व्यक्तिगत चोटपटक पनि लग्न सक्छ।   

जबकि वाटरप्रुफ शब्द धेरै उत्पादनहरु को लागी प्रयोग गरिन्छ, ती मध्ये प्रत्येक को छुट्टाछुट्टै क्षेत्रमा प्रयोग हुन्छ 

प्रत्येक छुट्टाछुट्टै तरिकाद्वारा निर्माण गरिएको हुन्छ यदि यसलाई प्रयोग गर्ने तरिका पालना गरिएन भने परिणामहरु गम्भीर हुन सक्छ।

 

लिकेजको कारणले घरमा हुने असरहरु


अस्वच्छ अवस्था:

घर भित्रको पानी र ओसिलोले गर्दा ब्याक्टेरिया र फंगल वृद्धि हुन्छ। यसले दम, एलर्जी, छालामा दाग, डिप्रेसन र यस्तै अन्य रोगहरू निम्त्याउन सक्छ।

झ्याल ढोका तथा फर्निचरमा असर 

चिसोले गर्दा काठका  झ्याल र ढोकाहरू सड्न सक्छ। तिनीहरू चिसोले गर्दा फुलिंछ जसले ढोका र झ्याल  खोल्दा अवरोध उत्पन्न हुन्छ।ओसिलो वातावरणमा निरन्तर सम्पर्कमा रहँदा काठका फर्निचरहरू क्षतिग्रस्त हुन्छन्।

प्लास्टरमा क्रैक : 

बढी चिसो शोषित गर्दा, प्लास्टर नरम हुन्छ र भित्ताहरुमा क्रैक आइ कुरूप रूप दिन्छ।

बिधुतिय उपकरणमा क्षति:

चिसोले गर्दा बिधुतिय उपकरणमा क्षति पुग्ने र सर्ट सर्किट हुन सक्छ। तपाईंले लिकेज /सिपेजको कारणले गर्दा हुने ओसिलोपनबाट बच्ने प्रयास गर्नुपर्छ, विशेष गरी जहाँ बिधुतिय आउटलेटहरू जस्तै: स्विचहरू छन् र घरको बिजुलीको तारसँग पानीको सम्पर्कमा नआओस् भनेर पनि ध्यान दिनुहोस्।

 

वाटरप्रूफिंगका फाइदाहरू:


  • यसले छतबाट पानी रसाउन / चुहिनबाट रोक्छ।

  • यसले रडहरुलाइ खिया लाग्नबाट रोक्छ।

  • कंक्रीट भुइँ मा क्रैक आउनबाट रोक्छ।  

  • यसले निर्माण या संरचनाको आयु बढाउछ।

  • यसलाई प्रयोग गर्न सजिलो छ।

  • बिल्डिंग भित्र ओसिलोपनलाइ  रोक्छ।

  • पानी सोस्न कम गर्न सकिन्छ।

  • यसले बिल्डिंगको मर्मत खर्चलाई कम गर्छ।

  • यसले तपाइको घर या प्रपर्टीको मूल्य बढाउछ।  

  • यसले सम्पत्ति र त्यहाँ उपस्थित व्यक्तिहरूको सुरक्षा गर्दछ।

 

टेरेस / डेकढलानमा वाटरप्रुफिंग गर्ने तरिकाहरु


  • भुइँ तयारी

भुइँलाई व्यवस्थित रूपमा खाली र सफा गर्नुहोस् 

  • प्राथमिक कोटिङ्ग

संरचनाको सतहलाई वाटरप्रुफिंग कोटिङ्ग गर्ने। 

  • सिटको काम

कोटिङ्ग गरिसके पछि स्कटिग लेबलसम्म त्यसमा EPDM मेम्ब्रेन सिट बिछ्याउछौ। 

  • पोंडिंग

सिट बिछ्याई सकेपछि त्यसमा २/३ दिनसम्म पानी जमाएर राख्नने।  

  • कोराको काम

पोंडिंग परिक्षण भैसकेपछि त्यसमा कोरामसिनो गर्छौ र त्यसपछि टायल या पनिंग गर्छौ।  

 

मनसुनमा हामी सबैले छतबाट पानी बग्ने वा टेरेसमा पानी जम्ने समस्याको सामना गर्छौं जसले गर्दा सिपेज या लिकेज हुने गर्दछ। घर निर्माण गर्नुअघि वाटरप्रूफिङ गर्दा यी समस्याहरूबाट बच्न सकिन्छ। यदि तपाईंले आफ्नो घरलाई वाटरप्रूफ गर्नुभयो भने, पछि यस्तो समस्याहरु आउदैन।  

 


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)