Blogs/Current Article

वाटरप्रुफिङ फेल हुनुको कारण

5 min read
waterproof-fail

कसरी फेल हुन्छ वाटरप्रुफिङ?  

घरमा वाटरप्रुफिङ त गरियो तर समस्या हल भएन। हामीमध्ये धेरैले सुनेका छौं होला, अझ कतिले त भोगेका पनि छौं होला। सिपेजको समस्या देखियो भने वाटरप्रुफिङ गर्नु आवश्यक हुन्छ। यसमा वाथरुम, छत, कोठाका भित्ताहरु आदी हुन सक्छन्। समयमै समाधान गरिएन भने सिपेजले पुरै घरलाई समस्या पार्न सक्छ।

सिपेज समस्याको एकमात्र समाधान वाटरप्रुफिङ हो। तर कहिलेकाँही समस्याको सही पहिचान नहुँदा वा दक्ष कर्मचारीद्वारा काम नगर्दा वाटरप्रुफिङ फेल हुनसक्छ। वाटरप्रुफिङ फेल हुनुका अन्य कारण के के हुन सक्छन्? यहाँ हामी यस विषयमा कुरा गरौं। 

१. स्रोत पत्ता नलगाई काम गर्दा

सिपेजको स्रोत सधैं दाग देखिएको वरिपरी हुन्छ भन्ने हुँदैन। सिमेन्टको भित्तामा पानी पसेपनि पानीको वहाव जुनसुकै दिशामा हुनसक्छ। र घरको अर्कै कुनै स्थानमा दाग धब्बा देखिने पेन्ट उप्किने हुनसक्छ। त्यसैले पहिले दक्ष प्राविधिकद्वारा समस्याको स्रोत पत्ता लगाउनुपर्छ।

वाथरुम, भान्सा, छत वा अन्य कुन स्थानबाट पानी लिकेज भएको हो पत्ता लगाएर सोही अनुसार काम अघि बढाउनु पर्छ। स्रोत पत्ता लगाउने क्रममा सानो गल्ति भएपनि वाटरप्रुफिङ फेल हुनसक्छ। जस्तै जमिनमुनीबाट पानी रसाएर भएको सिपेजमा डिपिसि लेभल मै गएर वाटरप्रुफिङ गर्नुपर्छ।

२. गलत वाटरप्रुफिङ सामग्रीको छनौट

गलत सामग्रीको छनौटले पनि वाटरप्रुफिङ फेल हुनसक्छ। बजारमा धेरै थरी वाटरप्रुफिङ केमिकल पाइन्छ। ति सबै कुनै न कुनै कामका लागि बनाइएका हुन्। तर कुन स्थानमा कस्तो केमिलक प्रयोग गर्ने पूर्व निर्धारित गर्नुपर्छ। सहि केमिकल सहि स्थानमा सहि तरिकाले प्रयोग गरिएन भने ढिलोचाँडो वाटरप्रुफिङ फेल हुने पक्का हुन्छ।

जस्तै २ वाटा घर जोडिएको स्थानमा भएको खालीठाउँ भर्न फेक्जिवल केमिकल प्रयोग गर्नुपर्छ। कुनै घरमा आएको कम्पनमा वाटरप्रुफिङ केमिकल पनि मुव हुन सकोस्। त्यहाँबाट फेरि कुनै कारण पानी भित्र पस्नु हुँदैन।

यस्तो सामग्री प्रयोग गर्नुपर्ने स्थानमा अरु कुनै केमिकल प्रयोग गर्दा वाटरप्रुफिङ फेल हुन्छ।

३. तयारीबिना काम सुरु गर्नु

वाटरप्रुफिङ गर्नु पहिले सो स्थान राम्ररी सफा गर्नु पर्छ। त्यहाँ कुनै पनि प्रकारको धुलो, माटो, पुरानो केमिकल हुनुहुँदैन। ढलानको सतह फुटाउनु पर्ने भए पनि त्यहाँको कंक्रिट फेरी प्रयोग गर्नु हुँदैन। धुलो फोहोर भएको स्थानमा वाटरप्रुफिङ केमिकलले राम्रो पकड लिन सक्दैन। जसकारण वाटरप्रुफिङ फेल हुन जान्छ।

कत्तिले काम सकाउने हतारोमा सफा नगरी काम गरिदिन्छन्। अझ कतिले आफैं जस्तो जानेको छ त्यस्तै काम गरिदिन्छन्। यस्तो गर्दा समस्या झन फैलँदै जान्छ। वाटरप्रुफिङ फेल हुन्छ।

४. दक्ष प्राविधिकको प्रयोग नगर्नु

नेपालमा अझै पनि घर मर्मतको लागि इञ्जिनियरको सुझावमा काम गर्ने चलन चलिसकेको छैन। समस्यालाई सामान्य ठानेर हो वा अन्य कुनै कारण मर्मत सम्हारको जिम्मा लोकल ठेकेदार वा चिनेजानेको कामदारलाई दिइन्छ।

घर बनाउँदा जति निरिक्षण चाहिन्छ, मर्मत गर्न पनि त्यति नै ख्याल गर्नुपर्ने हुन्छ। काम गर्ने तरिका भयो वा भएन, कस्तो काम भइरहेको छ, भन्ने कुरा घरधनीले ध्यान पुर्याउन जरुरी छ।

आफुलाई खास जानकारी नभएर प्राविधिकको सहयोग लिनुपर्ने हुन्छ। यसो गर्न सकिएन भने ठेकेदारले आफ्नो अन्दाजमा जानेको काम गरिदिन्छन्। जुन सहि नहुन पनि सक्छ। यस्तोमा हामीले गरेको वाटरप्रुफिङ फेल हुनपनि सक्छ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)